डिकेन्द्र बस्नेत, झापा । जेएम स्टुडियोको प्रस्तुतिमा ‘ त्यो बेथलेहेमको गांवैमा ’ बोलको गित आज सार्वजनिक भएको छ ।
नवगायक जोशुआ थामी, डेभिड तामाङ, थिनले जमत्सो तथा नवगायिका रेविका राईको संयुक्त आवाजमा रहेको ग्लोरीया त्यो बेथलेहेमको गांवैमा गित बोलको गित सार्वजनिक भएको हो ।

उक्त गित दमक उत्तरी इसाई समाजका कोयर ग्रुपका जवानहरुले गाएका हुन।
म्युजिक भिडियोको निर्देशन तथा छायांकन किरण लिम्बूले गरेका छन । ग्लोरीया शब्द ल्याटिन शब्द हो, जसको अर्थ येशु जन्मेको महिमाको दिनलाई जनाउँछ । सो गितबाट त्यो बेतलेहेमको गाँउमा भएको पहिलो महिमाको बारे प्रस्तुत गरिएको छ।
ख्रिस्टमसको सेरोफेरोमा बनिएको गितमा शब्द, सगिंत तथा रचना गायक जोसुवा थामीको रहेको छ । यस गितमा किबोर्ड थिनले जमत्सो तथा काजोन डेभिड तामाङले सुन्दर तरिकाले प्रस्तुत गरेका छन ।
उक्त गित जोशुआ थामी नामक युटुयुव च्यानल मार्फत आज सार्वजनिक गरिएको छ।










