सुबास थापा,आबुधाबी। बिश्व साइकल यात्री शुभप्रसाद शर्मा यु.ए.ई मा आईपुगेका छन् । वातावरण जोगाउन वृक्षारोपण गरौं भन्ने अवधारणा सहित आफू बिश्व भ्रमणमा नीस्किएको शुभप्रसादले बताए। उमेरले ५६ टेकेका शुभप्रसाद १६औ रास्ट्रको भ्रमणका क्रममा यु.ए.ई आईपूगेका हुन् ।
यु.ए.ई मा डीसेम्बर २ देखी १० तारीख् सम्म भईरहेको (कोप २८) बिश्व जलवायु परिवर्तनको कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। शुभप्रसाद सो भ्रमण दलमा नभएता पनी सो कार्यक्रमको एजेण्डा आफ्नो एजेण्डा संग मेल खाने भएकोले नेपालको झण्डा बोकेर कार्यक्रम स्थलको बाहिर बसेर भएपनी ऐक्यबद्धता जनाउने बताए । बिश्व भ्रमणको लागी नेपाल सरकार परराष्ट्र मंत्रालयले शुभप्रसाद लाई अनुमती पत्र दिएको र यो यात्रामा आफ्नो कुनै स्वार्थ नभएको तर बिश्व सामु नेपाललाई चीनाउने र वातावरण संरक्षणमा वृक्षारोपणको महत्वपूर्ण भूमिकाको बिषयमा बुझाउन सानो प्रयास गरेको बताए।

यो कार्यको लागी आफूलाई सहयोग गरेको भन्दै नेपाल सरकार प्रती आफू धन्यबादी रहेको ऊनले बताए । अझै सरकारले आफूलाई निगरानी गरेर सम्बन्धित् देशको राजदूताबाससंग संपर्क गराएर सो देशको नियम कानून अनुसार आफूलाई साइकल यात्रामा सहायता पूर्याए आभारी हुने बताए ।
ऊनी आफू पूगेका हरेक देशहरूमा मीलेसम्म दुई-चार वटा भएपनी बिरूवा रोपेको र यदी दूतावासले पहल गरिदिए आफू पुगेका हरेक देशहरूमा वृक्षारोपणको कार्यक्रम गरी रुख बिरुवाले वातावरण संरक्षणमा खेल्ने महत्वपूर्ण भूमिकाको बिषयमा सानो सन्देश छर्न सहज हुने उनले बताए । जस्तो सुकै कठिन परिस्थिति आईपरे पनी आफू आफ्नो यात्रालाई नरोकी साइकल यात्राको माध्यमबाट बिश्व यात्रा गरिछाड्ने बताएका छन्










