Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रथम खम्बू मन्त्री नारदमुनि थुलुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 6, 2023

नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार बिहान भोजपुर जिल्ला छिनामखुको नौले गाउँमा भएको थियो । उनी रिगासिंहका पनाति, जीवेश्वरका नाति तथा भीमराज र गौरत्नका ज्येष्ठ सुपुत्र हुन् । उनको न्वारानको नाम तलकराज भए पनि पछि उनका बडाबा र काकाहरुले नारदमुनिको उपनाम दिएका थिए । यही बोलाउने नामबाट नै उनी प्रसिद्ध हुन सफल भए । उनको प्रसिद्धि खम्बूवान प्रदेश र लिम्बूवान प्रदेशका खम्बू र लिम्बूमा मात्र सीमित नरही नेपालभरि नै पैmलिएको छ ।उनी बाल्य अवस्थामा तीक्ष्ण बुद्धिका थिए । उनले सुनेकै भरमा रामायणको श्लोक कण्ठस्थ गरेका थिए ।

ती श्लोकहरु उनी घरका सदस्यहरुलाई राति सुनाउँथे । उनी घरका सदस्यहरुका हाउभाउको नक्कल र अभिनय गरेर हँसाउने गर्दथे ।१६ वर्षको उमेरमा उनी भारतीय सेनामा भर्ती भए । उनी अन्य साधारण सिपाहीभन्दा फरक प्रकृतिका थिए । हठी र स्वाभिमानी भएकै कारण उनले पल्टनमा निकै सास्ती र सजाय भोग्नु प¥यो । उनले विभिन्न तालिमहरु लिए । लिए जति तालिममा उनी प्रथम भए । तसर्थ, उनलाई लेसनायक हुने अवसर मिलेको थियो तर उनका काकाले उनी सानै भएको र अन्य जवानहरु सिनियर भएको बताएकाले उनको प्रमोसन रोकियो । यसबाट मनमा चोट परेका कारण उनले अवकास लिए । त्यसपछि उनले स्वदेशमै जागिर खाने प्रण गरे । भनेजस्तो जागिर नपाएपछि उनी भारतीय सेनाको दार्जिलिङ डिपोमा दोस्रोपटक भर्ती भए ।

उनी १÷६ गोरखा राइफलमा भर्ती भए । उनी जमदारसम्म भएका थिए । त्यस बेला दोस्रो विश्वयुद्ध भइरहेको थियो तर उनले युद्धमा सामेल हुनु परेन किनभने उनी इन्टेलिजेन्स र एजुकेसन विभागमा थिए ।दोस्रो विश्वयुद्धकै सिलसिलामा गोरखा सैनिकहरुलाई युद्धसम्बन्धी तालिम दिने क्रममा उनी इटली र ग्रीससम्म पुगेका थिए ।युद्धको समाप्तिसँगै उनले ग्रीस रेडियो स्टेशनबाट विश्वमा शान्तिको आवश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनलाई आप्mनो नेतृत्व विकास गर्ने तथा अन्य महत्वपूर्ण कुराहरु सिक्ने अवसर सैनिक जीवनमै मिलेको थियो । सैनिकजस्तो कठोर जीवनमा पनि उनी राजनीतिक गतिविधिबाट टाढा रहन सकेनन् । तुफानी दौडाहामा लागेका भारतीय नेता सुवासचन्द्र बोससँग उनको भेट भएको थियो । यस्तै अन्य नेताहरुका विचार ग्रहण गरेर सैनिक जीवनमा पनि उनी राजनीतिक गतिविधिमा नजिक रहेका थिए । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भूपू सैनिक मित्रहरुसँग सम्पर्क राखेर अवस्था हेरी हातहतियार र रकमको सङ्कलन उनले पल्टनदेखि नै गर्न थालेका थिए ।

गोरखालीहरुको निःस्वार्थ भावना, वीरता आदिबाट प्रभावित भएका कारण अङ्ग्रेज सरकारले नेपालको विकासको निमित्त दिएको ‘कन्ट्री डेभलपमेन्ट फन्ड’ को पौने ४ करोड रुपैयाँ गोप्य रुपले लुकाएको विरुद्धमा लाग्नु नै उनको राजनीतिक क्रान्तिको लक्षण थियो । उक्त रकमबारे कसैलाई जानकारी नदिइएका कारण उनले पल्टनमार्पmत् रिपोर्ट गरी खोजे । यस विषयले नेपालमा पनि खुल्दुली मच्चायो । वास्तविकता पत्ता लागेपछि उक्त रकम कसरी खर्च गर्ने भन्ने सम्बन्धमा सेन्ट्रल कोअर्डिनेशन बोर्डको स्थापनामा भयो जसमा नारदमुनि थुलुङ, भारतीय राजदूत सी.बी.एम. सिन्हा, केशरशमशेर, विजयशमशेर, सुरेन्द्रबहादुर शाह, नरेन्द्रमणि दीक्षित र सरकारी एक प्रतिनिधि सदस्य परेका थिए । छलफलको क्रममा विकासका लागि पूर्व र पश्चिम रोपवेको स्थापना गर्ने र रोपवेको आम्दानी शिक्षामा खर्च गर्ने भनिएको थियो । तर पछि उक्त रकम प्राथमिक विद्यालय स्थापना गर्ने भनेर खर्च हुन थाल्यो । उनको विवाह खोटाङ जिल्लाको खार्मी गाविसकी कृष्णकला राईसँग भएको थियो । उनका तीन छोरा र तीन छोरीहरु भए । सन् १९४३ मा दोस्रो सैनिक जीवनबाट अवकास प्राप्त गरेर भोजपुर पुग्दा त्यहाँका केटाकेटीहरु खोपी, युवाहरु जुवातास खेल्ने र भारतीय सिद्धकालीमा नामक जोगीसँग गाँजा, भाङ, धतुरो खानेजस्ता कुलतमा फँसेका देखेर उनी साह्रै चिन्तित भएका थिए ।

शिक्षाप्रतिको अत्यन्तै जागरुक भावना उनमा अझ बढेर गयो जसको परिणामस्वरुप स्थानीय व्यक्तिहरुका विचार, सुझाव र मद्दतबाट २००४ साल वैशाख ४ गते उनले ‘उदय’ नामकरण गरेर विद्यालयको स्थापना गरेका थिए । अहिले त्यही विद्यालय ‘विद्योदय माध्यमिक विद्यालय’ को नामले प्रसिद्ध छ ।आर्थिक सङ्कलनको निमित्त भारतमा पालमपुर, काश्मीर, मुम्बई, सिक्किम, खरसाङ, टिष्टा, देहरादून आदि स्थानमा गएर शिक्षाप्रेमीहरुसँग सहयोग मागेर पाठ्यसामग्री र खेलकुदका सामानहरु ल्याएका थिए । भोजपुर फर्किएपछि उनले आप्mनै अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरी विद्यालयको प्रगतिका निमित्त आर्थिक एवम् भौतिक सङ्कलनतर्पm लागे । उनले काठमाडौँबाट जयेन्द्र थपलिया र धराबाट खगेन्द्र पारखीलाई शिक्षकका रुपमा लगेका थिए ।

त्यस विद्यालयमा उनले पनि अध्यापन गर्दथे । यसरी नेपाली इतिहासमा नारदमुनि थुलुङबाट शैक्षिक चेतनाको क्रान्तिको थालनी भएको सिद्ध हुन्छ । २००७ सालमा थुलुङ, रामप्रसाद राई र ज्ञानबहादुर लिम्बूले सङ्गठित गरेर राणाको विरुद्धमा क्रान्ति नगरेका भए २००७ सालमा राणा शासन पतन हुने थिएन । २००७ सालको क्रान्ति सफल पार्नुमा भूतपूर्व सैनिकहरुकै हात थियो । २०१२ सालपछि उनले एक प्रकारको सक्रिय राजनीतिलाई तिलाञ्जली नै दिएका थिए भन्दा पनि फरक पर्दैन । बीपी कोइराला र मातृका कोइरालाबीचको कलहमा उनले मध्यस्थता गरेका थिए । तर पछि उनी मातृकाको पक्षमा भए ।

२००७ सालको क्रान्ति सफल भएपछि नारदमुनि थुलुङ अन्तरिम मन्त्रिमण्डलमा प्रथमपटक स्वायत्त शासन मन्त्री र दोस्रोपटक मालपोत, वन र रक्षामन्त्रीसम्म भए । २०१५ सालको आम चुनावमा उनले नेपाली काङ्ग्रेसको टिकट नपाउँदा ओखलढुङ्गाबाट स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए । २०१५ सालको चुनावमा नारदमुनि थुलुङलाई काङ्ग्रेसले टिक्न दिएन । उनको पराजय भयो । त्यसपछि उनी राजनीतिमा शिथिल भए । नेपाली काङ्ग्रेस फुटेर राष्ट्रिय प्रजा परिषद् बनाउन सहमत हुने उनी वि.सं. २००७ सालको घटनामा मौन रहे । काङ्ग्रेस र अन्य पार्टीको हविगत उनलाई स्पष्ट थाहा थियो । यस्तो स्थितिमा राजा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवबाट चालिएको २०१७ सालको कदममा उनीसँग पनि सहमति खोजिएको थियो तर त्यस बेला उनी चुप रहे ।

वि.सं. २०१२ देखि वि.सं. २०१७ सालसम्म उनी विशेष गरेर समाजसेवातिर उन्मुख भएको देखिन्छ । त्यस समयमा उनले उदयपुरको बसाह क्षेत्रमा झोडा फडाएर बस्ती बसाएका थिए । उनले २०१३ सालमा बसाहामा स्कुल खोलेका थिए । त्यो अहिले उच्च माध्यमिक विद्यालयको रुपमा विकसित भएको छ । त्यस विद्यालयको नाम ‘नारद आदर्श माध्यमिक विद्यालय’ रहेको छ । उनको धेरै समय बसाहामा नै बित्न थाले ।वि.सं. २०१२ सालमा राजा महेन्द्रले नारदमुनि थुलुङलाई सल्लाकारको रुपमा नियुक्त गरेर तत्कालीन अवस्थामा देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा राजाले सल्लाह मागेअनुसार उनले पनि आप्mनो राय व्यक्त गरेका थिए ।

उनले सैनिक जीवनको अन्त्यसँगैआप्mना विचार र भावनालाई विभिन्न विधाअन्तर्गत प्रकाशन गर्न थाले । सन् १९४८ मा ‘युगवाणी पत्रिका’ मा भ्रमण थुलुङ र नारदमुनि थुलुङ आदि उपनामबाट ‘गधाको कहाँ सिङ हुन्छ ?’, ‘नेपालको जय’ आदि शीर्षकमा लेखहरु प्रकाशित भएका थिए । ‘गोरखा पत्रिका’ मा ‘नेवार जाति र किपट प्रथा’ को बारेमा उनको लेख प्रकाशित भएको थियो । यतिमात्र होइन, उनले मोहनशमशेर र बीपी कोइरालाको संयुक्त सरकारलाई व्यङ्ग्य गर्दै ‘आडम्बरी मुकुण्डो’ आदि व्यङ्ग्यमूलक लेखहरु पनि प्रकाशित गरेका थिए । वि.सं. २०१०–११ सालतिर नारदमुनि थुलुङको ‘कविता सङ्ग्रह’ विश्व प्रधानद्वारा साफी गरिएको थियो । दुर्भाग्यवश हराएको त्यो पाण्डुलिपि फेला पर्न सकेको छैन ।देशभरिका पाटीपौवालाई स्कुलको रुपमा परिवर्तन गर्नुपर्दछ भन्ने विचारका साथ थुलुङले ‘जीर्णोद्धार’ पुस्तक लेखेका थिए । यसरी विभिन्न रुपमा आफ्ना विचार राख्ने भएकाले उनले ‘किराँत नालीबेली’ जस्ता बहुमूल्य पुस्तक पनि लेखेका थिए ।

थुलुङको नेतृत्वमा २००७ साल मङ्सिर २४ गते जहाँनियाँ राणा शासनको पञ्जाबाट छुट्याई भोजपुर जिल्लालाई मुक्तिक्षेत्र घोषणा गरियो तर महामानव बीपी कोइरालाले मङ्सिर २४ गतेको भोजपुर कब्जाको मितिलाई विराटनगरको भन्नुपर्छ भनेका थिए । शायद उनले आपूmलाई बलियो बनाउन यसो भनेका होलान् तर देशभक्त थुलुङले भोजपुर कब्जामा संलग्न भएका योद्धाहरु र वीर जवानहरुको आँखामा छारो हाल्न दिएनन् र सो कार्य गर्न हुँदैन भनी अडान लिए । लगभग त्यसै सालदेखि नै महामानव बीपी. कोइरालाले उनलाई किनारा लगाउन थालेका हुन् । २०१५ सालको चुनावमा पनि उनलाई काङ्ग्रेसले टिक्न दिएनन् । वास्तवमा काङ्ग्रेसले उनलाई सोह्रै आना अर्घेलो गर्यो । २०३६ सालको जनमत सङ्ग्रहमा भने उनी खुलेरै बहुदल पक्षमा देखिए ।उनका अन्तिम दिनहरुमा पूर्वाञ्चल किराँत विश्वविद्यालयको परिकल्पनासम्म साकार हुने स्थितिको रुपरेखा तयार हुन नसकेकोमा उनलाई धेरै पश्चात्ताप लागेको थियो ।

‘जो गर्नु छ, अगाडि नै गर्नुपर्ने रहेछ’ भन्दै आप्mनो इच्छालाई थाँती राखेर उनी यस भौतिक जगत्लाई छाडी २०४७ साल माघ २२ गते सोमबार मध्यदिनको १२ः३० बजे ८२ वर्षको उमेरमा दिवङ्गत भए ।प्रजातन्त्रका लागि मरिमेट्ने सेनानी थुलुङबाट स्वतन्त्रता, सेवा र सहयोग पाएका व्यक्तिहरु र प्रजातन्त्रप्रेमी नेपाली जनताले उनको सन्देशलाई व्यावहारिक रुपमा उतारेका छन् होला । नेपालको इतिहासका महान् नेता, समाजसुधारक, शिक्षाको ज्योति पैmलाउने, प्रजातन्त्रका सेनानी, प्रथम खम्बू मन्त्रीको दुःखद् निधनको बेला उनका सुपुत्रहरुले किराँत खम्बू संस्कारबाट आप्mनै कोठेबारीमा अन्तिम सद्गत गरे । उनलाई हार्दिक सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved