डिकेन्द्र बस्नेत, झापा । गायक प्रज्वल रमतेलको आवाजमा ‘ बडा दिन आयो फर्केर ’ बोलको गित आज सार्वजनिक भएको छ ।
निर्माता जोन दर्जिले निकालेको म्युजिक भिडियोमा अन्धकार हटाइ उज्यालो दिन येशु ख्रिस्ट स्वर्गको सुख त्यागी मानिसको चोला लिएर आउनुभएको गितबाट प्रस्तुत गरिएको छ।

ख्रिस्टमसको सेरोफेरोमा बनिएको गितमा शब्द तथा संगीत दानियल क्षेत्रीको रहेको छ । भिडियोको छायांकन तथा सम्पादन विनोद याख्खाले गरेका हुन भने संगीत एरेन्ज आमोस तामाङले गरेका हुन । सो भिडियोमा कोरियोग्राफी शामूएल लामाले गरेका छन ।
यस गितमा गितार सञ्जीव बराइली, मादल भुवन गन्धर्व, बाँसुरी रत्न बिके तथा सारंगी हेमन्त कान्चाले बजाएर थप सजिएको छ।उक्त गित जोन दर्जि नामक युटुयुव च्यानलमा सार्वजनिक गरिएको छ।










