Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिलो सहिद लखन थापा मगरलाई फासी दिने जङ्ग बहादुर राणाको हत्या कि मृत्यु?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 23, 2023

पहिलो सहिद लखन थापा मगरलाई फासी दिने जङ्ग बहादुर राणाको हत्या कि मृत्यु?

बिक्रम सम्बत १९०३ साल देखि शासन सुरु गरेर करिब ३१ बर्ष सम्म शासन सत्तामा टिकिरहने र प्रधानमन्त्रीको हैसियतमा नेपालबाट पहिलो पटक बेलायत भ्रमण गर्ने अनि राणाकालिन पहिलो प्रधानमन्त्री जङ्ग बहादुर राणा तत्कालीन समयमा बाघ सासक नै थिए।बाघ वा सिहको विरुद्धमा खडा हुनु भनेको आफै माथी समस्या निम्त्याउनु जस्तै थियो र हो पनि।तत्कालीन समयमा जङ्ग बहादुर जस्तो चलाख धुर्त र क्रूर सासकको विरुद्ध उभिने ब्यक्ती त सहासी र आटिलो ब्यक्ती नै हुनु पर्थ्यो।कारण पहिलो राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा शासन सत्तामा आइपुग्नु पनि फिल्मी सैलिबाट शासन सत्तामा आइपुगेका थिए।

तत्कालीन सासक राजा राजेन्द्र साहको छोरा युबराज सुरेन्द्रको अंगरक्षकको हैसियतमा जागिररत जङ्ग बहादुर राणाले राजा राजेन्द्र साहको श्रीमती राज्यलक्ष्मी र गगनसिह खवास बिचको अनैतिक सम्बन्ध बारे राजेन्द्र साहबाट सुने पछि राजेन्द्र साहको आदेसमा जङ्ग बहादुर राणाले गगनसिह खवासको हत्या गरिदिएका थिए।जङ्ग बहादुर राणा द्वारा गगनसिह खवासको हत्या भए लगत्तै कोत पर्ब,भण्डारखाल पर्व र अलौ पर्बको समयमा पनि राजा रानीको चाप्लुसी गर्नेहरुलाइ जङ्ग बहादुरले अत्यधिक रुपमा फेरि पनि हत्या गरि दिए।

जङ्ग बहादुर राणा द्वारा रानीको निकटतम ब्यक्ती गगन खवासको हत्या भएसगै सुरु भएको कोत पर्व,अलौ पर्व र भण्डारखाल पर्बमा जङ्ग बहादुर राणा द्वारा फेरि दोस्रो चोटि अत्यधिक ब्यक्तिहरुको हत्या भए लगतै राजा राजेन्द्र साहलाइ जङ्ग बहादुर राणाले नजरबन्दमा राख्न सफल भए।जब जङ्ग बहादुर राणाले राजेन्द्र साहलाइ नजरबन्द राखे तब त्यस पछि राजा राजेन्द्र साहका बालक युबराज सुरेन्द्रलाइ बालक राजा घोषणा गरि खोपिमा सिमित राख्दै आफू श्री ३ महाराज बन्न सफल भएका थिए।

धुर्त चलाख क्रुर सासक जङ्ग बहादुर राणाबाट सुरु भएको जहानिया निरंकुस शासन ढल्न पनि १०४ बर्ष लामो समय कुर्नु परेको थियो।झन धुर्त र क्रुर सासक जङ्ग बहादुर राणाको सासनकालमै जङ्ग बहादुर राणाको बिरुध्द लाग्नु भनेको आपनो खुट्टामा आफैले बन्चरो हान्नु जस्तो परिस्थिति हुदा हुदै पनि बिक्रम सम्बत १८९१ सालमा गोर्खा जिल्ला अवस्थित बुङकोट गाउमा जन्मनु भएका आर्मी क्याप्टेन लखन थापा मगरले सैनिक देखि जनबिद्रोह सम्म गराइ जङ्ग बहादुर राणाको शासन पतन गराउने सहास नै गरेका थिए।जब आर्मी क्याप्टेन लखन थापा मगरले सैनिकहरु देखि जनबिद्रोह सम्म गराइ जङ्ग बहादुर राणाको शासन पतन गराउने षड्यन्त्र गरेको बारेमा सुराकी मार्फत जङ्ग बहादुर राणाले थाहा पाए तब जङ्ग बहादुर राणाको आदेसमा लखन थापा पक्राउ परे र लखन थापालाइ जङ्ग बहादुर राणाको आदेसमा बिक्रम सम्बत १९३३ साल फागुन २ गतेका दिन बर्तमान गोर्खा जिल्लाको मनकामना मन्दिर अगाडीको रुखमा झुण्ड्याइ फासी दिइयो र लखन थापा मगरलाइ फासी दिने दिनै जङ्ग बहादुर राणाको पनि सिकार खेल्न जादा सेतो लिडे बाघको आक्रमणमा परि मृत्यु भयो।जङ्ग बहादुरा राणाको आदेसमा लखन थापा मगरलाइ फासी दिने दिन नै जङ्ग बहादुर राणाको पनि सिकार खेल्न जादा सेतो लिडे बाघको आक्रमणमा परि घाइते भए पस्चात मृत्यु हुनुको पनि अझै रहस्यकै गर्भमा छ।

जुन दिन आर्मी क्याप्टेन लखन थापाले सैनिक बिद्रोह देखि जन बिद्रोह सम्म गराइ जङ्ग बहादुर राणाको शासन पतन गराउने षड्यन्त्र बारे सुराकी मार्फत जङ्ग बहादुर राणाले थाहा पाए र जङ्ग बहादुर राणाको आदेसमा क्याप्टेन लखन थापा मगर पक्राउ परेसगै जङ्ग बहादुर राणाको आदेसमा क्याप्टेन लखन थापालाइ फासीको सजाय हुने बारे घोषणा भएसै जङ्ग बहादुर राणा विरुद्ध लखन थापाले आफू फासी जानू भन्दा अगाडी दुई वटा भबिस्यबाणी बोलेकाछ्न।

जङ्ग बहादुर राणा विरुद्ध क्याप्टेन लखन थापाले बोलेका दुई वटा भबिस्यबाणी यसप्रकार छन👇️👇️
(१)मैले मनकामना देबिको सक्तिले जङ्गेलाइ मार्दैछु।
(२)म फासी जाने दिन जङ्गे पनि म सगै सति जानेछ।

क्याप्टेन लखन थापा मगरलाइ फासी दिनु भन्दा अगाडी यी र यस्ता दुई वटा भबिस्यबाणी बोलेसगै लखन थापाको फासी भयो।जुन दिन लखन थापाको फासी भयो उही दिन नै जङ्ग बहादुर राणा चाही ठूलो दलबलका साथ सिकार खेल्नका लागी सर्लाही जिल्लामा अवस्थित पत्थर घट्टा तिर लागे र सोही सिकार खेल्न जाने ठाउ पत्थर घट्टामै लिडे सेतो बाघको आक्रमणमा परि घाइते भए पस्चात जङ्ग बहादुर राणाको मृत्यु भयो।अब बिचार गर्नुहोस कि तराइमा सेतो लिडे बाघ हुन्छ कि हुदैन?त्यो सेतो र लिडे बाघ कस्तो बाघ होला?लखन थापाको फासी हुने दिन नै जङ्ग बहादु राणा सेतो लिडे बाघको आक्रमणमा पर्नुको अर्थ के होला?लखन थापा फासी जानू भन्दा अगाडी जङ्ग बहादुर राणा विरुद्ध लखन थापाले बोलेको दुई वटा भबिस्यबाणीको अर्थ के होला?

स्मरण रहोस कि जङ्ग बहादुर राणाको सासनको बिरोध गरेकै कारण जङ्ग बहादुर राणाको आदेसमा हत्या गरिएका लखन थापा मगर पहिलो सहिद हुन।हाल जुध्द शमशेर राणाको आदेसमा हत्या गरिएका क्रमश चार सहिद सुक्रराज सास्त्री,धर्मभक्त माथेमा,दसरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठको मात्र बढी चर्चा हुने गरेको दुखद परिस्थिति नभएको पनि होइन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved