डिकेन्द्र बस्नेत,झापा। पत्रकार मञ्च दमक झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मञ्च दमकले एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता जनाउने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलन मार्फत सहभागी हुने टिमहरुमा पोल ए अन्तर्गत सताक्षी प्रेस क्लब Vs पाथीभरा एफ.एम, NSFJ झापा Vs आयोजक त्यस्तै पोल बि अन्तर्गत पूर्वाञ्चल न्युज Vs हरप्रहर न्युज, प्रेस चौतारी Vs प्रेस चौतारी रहने टाइसिट सार्वजनिक गरेको छ । मञ्चका अध्यक्ष कमन देवानले भने –‘विभिन्न सहयोगी दाताहरुसँगको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालेका छौं ।’
प्रतियोगिताका विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तर, टाइटल स्पोन्सरका लागि विभिन्न चरणमा व्यवसायिक घरानाहरुसँग टाइअपको प्रयास भइरहेकोले पुरस्कार राशी बढ्न सक्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।
दमक ५ को बिष्ट फुटसल कोर्टमा आयोजना हुने प्रतियोगिता दीपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि आयोजना गर्न लागिएको मञ्चकी उपाध्यक्ष गीता ढुङ्गाना बताइन् ।










