दिपेश श्रेष्ठ। हाल इस्राएलमा सुन्नी मुस्लिम सैन्य संगठन हमासले इस्राएलमा आक्रमण गरेको कारण युध्द चर्कदै गएको छ र प्यालेस्टाइन अनि इस्राएल बिचको युध्द हुदै गर्दा सोही युध्दको कारण धेरै जना नेपाली दाजुभाइहरुले समेत ज्यान गुमाउनु परेको तितो यथार्थ तपाइ हामी माझ छर्लङ्ग छ।इस्राएल र प्यालेस्टाइन बिचको युध्द यो नै पहिलो पनि होइन,सन १९४८ पछि जब प्यालेस्टाइनिहरु यहुदीहरु देखि सन्तुष्टि हुन सकेनन तब सन १९६७ पछि पटक पटक प्यालेस्टाइन र इस्राएल बिच युध्द हुदै आएकोछ।कतिलाइ इस्राएलका यहुदीहरुले प्यालेस्टाइनको भुमी कब्जा गरेर बसेको कारण प्यालेस्टाइन र इस्राएल बिच हुदै आएकोछ भन्ने भ्रम पनि एकातिर छ,तर यथार्थमा प्यालेस्टाइन र यहुदी बिच युध्द हुनुको कारण के हो?को हुन प्यालेस्टाइनिहरु?को हुन यहुदिहरु?त्यसबारे छोटो चर्चा गर्न चहान्छु।
(क) को हुन प्यालेस्टाइनिहरु र यहुदीहरु? प्यालेस्टाइनीहरु र यहुदीहरु एउटै बाजे पुर्खा नोआ नाम गरेका दुई जना छोराहरु हाम र शेमका सन्तान हुन।हामका सन्तान पक्षबाट पलिस्तीहरु जन्मिए जसलाइ पछिल्लो समय पलिस्ती शब्दबाट प्यालेस्टाइन प्यालेस्टाइनी palestine भनियो।शेमको सन्तानबाट इस्राएलीहरु जन्मिए,उनै इस्राएलीहरुलाइ पछिल्लो समय यहुदीहरु भनियो।यहुदी भन्नू र इस्राएली भन्नू एउटै हो र पलिस्ती भन्नू र प्यालेस्टाइन भन्नू एउटै हो।पछिल्लो समय एउटै बाजे पुर्खाका सन्तान पलिस्तिहरु मुस्लिम बन्न पुगे किन भने पलिस्तीहरु पहिला अरबियन मुस्लिम थिएनन र यहुदीहरु आपनै यहुदी धर्ममा स्थिर रहे धर्म परिबर्तन गरेनन।

(ख) प्यालेस्टाइन भुमी र इस्राएल भुमिको यथार्थ के हो?
कतिलाइ यो भ्रम छ कि प्यालेस्टाइनी भुमिमा यहुदीहरु आएर बसेका हुन इस्राएल भन्ने देसको नाम निसाना नै थिएन भन्ने भ्रम अझै छ,तर यथार्थ त्यो होइन।यथार्थमा आज भन्दा ४००० बर्ष अगाडी देखि नै यहुदी पुर्खा अब्राहमले बसोबास गरेको देस हो इस्राएल भुमि थियो।आज भन्दा ४००० बर्ष अगाडी यहुदी पुर्खा अब्राहम बसोबास गर्न सुरु गर्ने क्रममा कनान भुमी नामले परिचित भुमी थियो भने पछिल्लो समय सोही कनान भुमीलाई यहुदी पुर्खा अब्राहमका नाति याकुबको नाम इस्राएल राखियो र उनै इस्राएल नामबाट देसको नाम इस्राएल रहन गएको हो र सोही भुमिमा बसोबास गर्ने ब्यक्तिहरुलाइ इस्राएली यहुदी नामले चिनिएको हो।जब यहुदी पुर्खा अब्राहमका सन्तान यहुदीहरु आपनो देस इस्राएलमा बसोबास गर्न थाले देखि नै आपनै वंश भित्रका ब्यक्ति यहुदीहरुको विरुद्धमा प्यालेस्टाइनीहरुले युद्ध गर्दै बिरोध गर्दै आए र पछिल्लो समय उनै पलिस्तिहरु अर्थात प्यालेस्टाइनीहरु मुस्लिम धर्ममा परिणत भए पस्चात मुस्लिम देसको उक्साहट र साथ सहयोगमा यहुदीहरु विरुद्ध प्यालेस्टाइनीहरुले आक्रमण गर्दै गएको पाइन्छ।
(ग) इस्राएल देस थिएन,प्यालेस्टाइनी भुमी थियो भन्ने भ्रम कसरी सुरु भयो?
इ.पु.७२२ देखि इ.पु.५८७ बिचको अवधि देखि नै इस्राएलीहरु वा यहुदीहरु बसेको देस असुर र बेबिलोनको कब्जामा पर्न सुरु भयो।जब इस्राएली वा यहुदीहरु असुर र बेबिलोनबाट स्वतन्त्र भए तब फेरि पनि ग्रीक साम्राज्य,रोमी साम्राज्य हुदै तुर्किस अटोमन साम्राज्य र बेलायत साम्राज्य गरि करिब १९०० बर्ष जति नै इस्राएली भुमी र इस्राएली यहुदीहरु अरु देसको साम्राज्य भित्र बस्नु पर्ने भयो र इस्राएल भुमिलाइ गुमनाम पार्ने काम भयो।जब इस्राएली यहुदीहरु अरु देसको साम्राज्यवादको पासोमा परे तब उनिहरु हेपिए,उनिहरु बसेको देस इस्राएल भुमिको चर्चा हुन छोडयो,उस्राएल भुमी अरु देसकै साम्राज्य भित्र गुमनाम रहेकै समयमा मुस्लिम प्यालेस्टाइनी समूहहरुले यहुदी भुमी कब्जा गरेर बस्दै गए,किन भने प्यालेस्टाइनीहरु पहिला देखि उग्र स्वभावको ब्यक्तिहरु भएको कारण इस्राएली भुमिलाइ अरु देसले आपनो साम्राज्य जमाएर बसे त पनि प्यालेस्टाइनीहरुलाइ भने त्यो भुमिबाट धपाउन सकेको थिएन,इस्राएलको भुमिलाइ अरु साम्राज्यले कब्जा जमाएकै समयमा त्यही साम्राज्यको वरिपरि बसेरै इस्राएली भुमी कब्जा गरेर बस्न सफल भए प्यालेस्टाइनीहरु।जब दोस्रो बिस्वयुध्दको समयमा जर्मनी नाजी तानाशाही नेता एडोल्फ हिटलरले ६० लाख यहुदीहरुको हत्या गरिदिए तब विभिन्न देसमा बाकी रहेका यहुदीहरुले आपनो भुमी फिर्ता गराइ मागेसगै संयुक्त राष्ट्रसंघको सक्रियतामा सन १९४८ मेइ १४ का दिन प्यालेस्टाइन र उस्राएली यहुदिहरु बिच शान्ति सम्झौता र इस्राएल भन्ने देसको फेरि पनि उदय भयो।
(घ) त्यसो भए किन हुन्छ प्यालेस्टाइन र बिच पटक पटक किन युध्द हुन्छ?
इस्राएल र प्यालेस्टाइन बीचको विवाद बुझ्नका लागी १०० वर्ष पछाडी फर्किनुपर्छ।यहुदीहरूले आपनो इस्राएल भुमिलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन अनि मुस्लिम प्यालेस्टाइनीहरु र अरब मुस्लिम समुदायले पनि आपनो भुमिको रुपमा लिन्छन।मध्यपुर्बिय देसको बीचमा रहेको सानो मुलुक इस्राएल एक सक्तिसाली देसको रुपमा परिचित छ भने प्यालेस्टाइन कमजोर क्षेत्र हो त पनि यसले मुस्लिम देसहरुको साथ लिएर समय समयमा इस्राएललाइ आक्रमण गर्दै आएको छ।पछिल्लो समय इस्राएल देस नेपालीहरूको लागी रोजगार गन्तव्य मुलुक बनेको छ भने प्यालेस्टाइनको बारेमा चाही अझै धरैलाई त्यति जानकारी छैन।कतिपयलाई लाग्छ,प्यालेस्टाइन पनि एउटा देश हो,तर यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई देसको मान्यता दिएको छैन। राष्ट्रसंघमा प्यालेस्टाइनलाइ सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको रुपमा मान्यता दिएकोछ।प्यालेस्टाइन देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो।अब चर्चा गरौ प्यालेस्टाइन र इस्राएल बिच किन पटक पटक बिबाद हुन्छ र युध्द हुन्छ त?यसबारे छोटो चर्चा गरौ।
पहिलो कारण:-यथार्थ यो हो कि,इस्राएल र प्यालेस्टाइनबीचको विवादको बारेमा बुझ्नका लागी १०० बर्ष पछाडी फर्किनुपर्छ।हालको इस्राएल र प्यालेस्टाइन भएको क्षेत्र प्रथम विश्वयुद्ध अघि ओटोमन साम्राज्यद्वारा नियन्त्रित भूभाग थियो।भूमध्यसागर र जोर्डन नदी बीचमा रहेको प्यालेस्टाइन क्षेत्रलाइ मुस्लिम र यहुदीहरुले पवित्र भूमिको रुपमा मान्छन्।इस्राएल ओटोमन साम्राज्यद्वारा नियन्त्रित भएकै समयमा इस्राएलको अधिकतम क्षेत्र अरब र अन्य मुस्लिम समुदायद्वारा कब्जा गरिएको थियो।पछिल्लो समय प्रथम विश्वयुद्धपछि मध्यपूर्वमा ओटोमन साम्राज्यको विघटन भयो र बेलायतले प्यालेस्टाइनको प्रशासनलाई नियन्त्रण गर्न लिग अफ नेसन्सबाट स्वीकृति प्राप्त गर्यो र प्यालेस्टाइनीहरुले कब्जा जमाएर बसेको यहुदी भुमी इस्राएल क्षेत्रलाई बेलायतले सन् १९१८ देखि १९४८ सम्म आफ्नो नियन्त्रणमा राखेको थियो।जब बेलायतले प्यालेस्टाइनीहरुले कब्जा जमाएर बसेको यहुदी भुमी इस्राएललाइ आपनो अधिनमा लियो तब त्यसपछि दोस्रो विश्वयुद्धका समयमा हिटलरको नाजी शासनद्वारा युरोपभरि झण्डै ६० लाख यहुदी मारिए र बाँकी रहेका यहुदीहरुले आफ्नो पौराणिक देसको माग गरेसगै बेलायती शासकहरूले प्यालेस्टाइनमा यहुदीहरूका लागि छुट्टै भूमि बनाउने कुरा गरे।पौराणिक यहुदी भुमी इस्राएलमा प्यालेस्टाइनीहरु यहुदी र अरब समुदायका मानिसहरू बसोबास गर्दै थिए भने आपनो पौराणिक देसको खोजी गर्दै र सुरक्षाको खोजी गर्दै यहुदीहरू विभिन्न देसबाट प्यालेस्टाइनी मुस्लिमहरु बस्न थालेको आपनो पौराणिक भुमि इस्राएलमा आइपुगे।यहुदीहरु विभिन्न देसबाट आपनो पौराणिक भुमी इस्राएलमा आइपुगे तब यहुदीहरुको पौराणिक भुमी कब्जा जमाएर बसेको मुस्लिम प्यालेस्टाइनी र यहुदीहरु बीच द्वन्द बढ्न थाल्यो।जब यहुदी र यहुदी भुमी कब्जा जमाएर बस्ने मुस्लिम प्यालेस्टाइनीहरु बिच द्वन्द बढन थालेको परिस्थिति सिर्जना भएपछि सन १९४७ मा संयुक्त राष्ट्रसंघले यहुदी भुमी पौराणिक इस्राएललाइ दुई भागमा विभाजन गर्ने निर्णय गरि अनुमोदन गरे पस्चात एक भाग यहुदीहरूको लागी र अर्को भाग प्यालेस्टाइन मुस्लिम समुदायहरूको लागी भन्दै यसरी दुई भागमा बिभाजन गरिदियो अनि यरुशलेमलाई चाही अन्तर्राष्ट्रिय शहर घोषणा गरिदियो।यसरी पौराणिक यहुदी भुमिलाइ राष्ट्रसंघले दुई भागमा बिभाजन गरिदिए पस्चात यो कदमलाइ यहुदीहरुले स्वीकार गरे भने मुस्लिम प्यालेस्टाइनी पक्षले यो निर्णयलाई मान्न तयार भएन।राष्ट्रसंघले गरेको निर्णय प्रति मुस्लिम प्यालेस्टाइनी समुहले असहमति जनाएकै अवस्थामा तत्कालीन बेलायती शासकहरू समस्या समाधान गर्न असफल भएपछि त्यत्तिकै छाडेर गए पस्चात राष्ट्रसंघको सक्रियतामा १९४८ मे १४ मा यहुदीहरुले आपनो पौराणिक भुमी इस्राएली भुमी सहित इस्राएल देसको फेरि उदय भएको घोषणा भएसगै स्थानीय क्षेत्र तनाब विवादमा परिणत भयो। जब स्थानीय क्षेत्र बिवाद र तनाबमा परिणत भयो तब भोलिपल्टै इजिप्ट, जोर्डन, सिरिया र इराकले यस क्षेत्रमा आक्रमण गरे र यो प्यालेस्टाइनी मुस्लिम सहितको मुस्लिम अरब राष्ट्रको पहिलो युद्ध थियो र यसलाई कतिले यहुदीहरूको स्वतन्त्रता संग्राम पनि भन्ने गरेका।स्मरण रहोस कि सन १९४८ मेइ १४ का दिन इस्राएलीहरुको पौराणिक भुमी इस्राएलको भुमी सहितको इस्राएल देसको पुन:उदय भयो तब असन्तुष्ट अवस्थामा रहेका मुस्लिम प्यालेस्टाइनीहरुमा डर बढ्न थाल्यो र उनीहरू यहुदी ससस्त्र सेनाहरूको दमनमा परे र साढे सात लाख प्यालेस्टिनीहरू त्यो समयमा छिमेकी देशहरूमा शरण लिन पुगे।यो युद्धको अन्त्यपछि, संयुक्त राष्ट्रसंघले अरब राष्ट्रका लागि आधा भूमि आरक्षित गर्यो। प्यालेस्टाइन क्षेत्र इस्राएल,वेस्ट बैंक र गाजा क्षेत्र गरी तीन भागमा विभाजन गरे पस्चात प्यालेस्टाइनी मुस्लिम समुदाय गाजा र वेस्ट बैंकमा बस्न थाले,यी दुई भूमि एकअर्कासँग जोडिएका छैनन,बीचमा इस्राएलको भूमिले छुट्याएको छ,इस्राएलका पौराणिक भुमी यी दुई क्षेत्र ४५ किलोमिटरको दूरीमा छन।वेस्ट बैंकको क्षेत्रफल ५ हजार ९७० वर्ग किलोमिटर छ र गाजा पट्टीको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ।
दोस्रो कारण:-पछिल्लो समय फेरि पनि सन १९६७ मा इस्राएल र प्यालेस्टाइनी मुस्लिमहरु सहित अरब मुलुकमा अवस्थित मुस्लिम र यहुदी बीच ६ दिन सम्म युद्ध भयो र यो युद्धमा यहुदीहरुको बिजय भयो र यहुदीहरुले गाजा पट्टी, इजिप्टको सिनाई प्रायद्वीप, जोर्डनबाट पूर्वी यरुशलेम सहित वेस्ट बैंक र सिरियाबाट गोलान हाइट्स आफ्नो नियन्त्रणमा ल्यायो,त्यो समयमा पनि फेरि ५० हजार भन्दा धेरै प्यालेस्टाइनी मुस्लिमहरु विस्थापित भए पस्चात प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)ले लेबनानमा आश्रय लिएर फेरि इस्राएल माथि आक्रमण गरयो र त्यो युद्धपछि लेबनानमा संयुक्त राष्ट्रसंघीय सैन्य मिसन स्थापना भयो त्यो अहिले सम्म यथावत छ।तत्कालीन इस्राएलको लागी लेबनानको मुस्लिम विद्रोही सैन्य संगठन नै अहिले हिजबुल्लाह समूह नामको राजनीतिक मुस्लिम पार्टीको रुपमा यथावत छ र यो समुहले पनि दक्षिणी लेबनानबाट बेलाबेला इस्राएलाइ आक्रमण गरिरहन्छ।
तेस्रो कारण:-मुस्लिम पिएलओ सैन्य संगठनको समुदायले लेबनानबाट इस्राएललाइ आक्रमण गरयो तब त्यो समय पछि यहुदीहरुले आपनो पौराणिक भुमिमा अवस्थित यरुशलेमलाइ आपनो भुमि भएको कारण दाबी गर्दै त्यसपछि इजरायलले जेरुसेलम आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ भने भने मुस्लिम प्यालेस्टाइनीहरुले पनि पूर्वी यरुशलेमलाई आफ्नो राजधानी बनाउन चाहन्छ,त्यसै कारण पनि मुस्लिम प्यालेस्टाइनीहरु र इस्राएली यहुदी बिच बेला बेलामा युध्द हुन्छ।हाल वेस्ट बैंक र पूर्वी यरुसेलमका यी बस्तीहरूमा आधा लाख भन्दा बढी यहुदीहरू बस्दै आएका छन ती बस्ती वा क्षेत्रहरुलाइ यहुदीहरुले आपनो पौराणिक भुमिको रुपमा दाबी गर्दै नै आएका छन हो पनि।
चौथो कारण:-इस्राएल मुस्लिम प्यालेस्टाइनीहरु बिच बेला बेलामा युध्द हुनुको कारण यो पनि छ कि,इस्राएल र मुस्लिम प्यालेस्टाइन बिच युद्ध हुनु भन्दा अगाडीको ब्यबस्था अनुसार प्यालेस्टाइनी मुस्लिमहरुले आफ्नो सीमा निर्धारण गर्नुपर्ने माग राख्दै आएका छन तर इस्राएलले त्यो प्रस्तावलाई अस्वीकार गर्दै आएको छ।
पाचौ कारण:-प्यालेस्टाइनी मुस्लिम समूह र इस्राएली यहुदी बिच बेला बेलामा युद्ध हुनुको अर्को कारण यो पनि छ कि,हाल प्यालेस्टाइनी शरणार्थीहरूको संख्या एक करोड भन्दा बढी रहेको भएको र ती प्यालेस्टाइनी शरणार्थीहरुलाई आफ्नो भूमिमा फर्कन पाउने अधिकार भएको भएको दाबी गर्दै आएका छन,मुस्लिम प्यालेस्टाइनी समुहले जुन भुमिको कुरा गरिरहेका छन त्यो भुमी सबै यहुदी इस्राएलीहरु बसोबास गर्दै आएको भुमीको कुरा गर्दैछन भने यथार्थमा त्यो भुमी यहुदी इस्राएलीहरुकै भुमी हो।










