Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2023

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार खुला भएको अग्रिम टिकट बुकिङमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेसनमा फिल्मलाई पहिलो दिन ३७ शो दिएको छ ।

त्यसैगरि मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीन वटा स्टेसनमा १२ शो दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले ४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौँका अरू मल्टिप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ । फिल्मको बुकिङ राम्रो भयो भने शो अझै थप्न सक्ने छ ।

शुक्रवार ‘परदेशी २’सँगै फिल्म ‘कौसिद’ र ‘बान्सेजी’ पनि प्रदर्शनमा आउँदै छ । ‘कौसिद’ र ‘बान्सेजी’ले भने सामान्य शो पाएको छ ।‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत ‘परदेशी’ले गरेको थियो, भने सिक्वेलले अध्यायनका लागि विदेशिने युवा पुस्ताको मोहलाई कथा बनाएको हो ।

निर्माण समय देखिनै चर्चामा रहेको ‘परदेशी २’ हल व्यवसायीले पनि आस गरेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ राम्रो भएको खण्डमा मल्टीप्लेक्सहरु शोज संख्या समेत थप हुनेछ ।

प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । गायनमा स्थापित सपूतले यही फिल्म मार्फत अभिननेताको रुपमा देखिँदै छन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा  दीर्घ खड्काले सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved