Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा ७६ नेपाली विद्यार्थी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 11, 2023

इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।

नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले भने, ‘यो मरुभूमि नै हो ९रामत नेगेभ०, इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’

यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

‘हामीले हामी रहेको ठाउँमा रहेका इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौं,’ उनले इजरायलीको भनाइ उद्धृत गर्दै भने, ‘तिमीहरू अहिले अलुमिनियमको कोठामा छौं, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने हामी ३०÷४० जना जति यहाँको सुरक्षाका लागि बसेका छौं, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्नेछौं, ज्यान जाओस् हामी उनीहरूसँग लड्छौं ।’

सुरजले उनीहरूको भनाइ उद्धृत गर्दै भने, ‘अब आकाशको कुरा, तिमीहरू बसेको कोठाले हवाई आक्रमण रोक्दैन, यो अलुमिनियमको कोठा हो, त्यस्तो हुँदा सबै सँगै नबस्नुहोला, जति जना छौ बाहिर (ओपन स्पेस) मरुभूमिमा भाग्नुहोला, त्यस्तो हुँदा बाँच्ने सम्भावना रहन्छ, अब आफूमाथि तोप गोला पनि नपर्ने भनेको आफ्नो भाग्यको कुरा हो, भाग्यमा कहिलेसम्म लेखेको छ, त्यही हुने हो, सकेसम्म सँगै नबस्नु, बाहिर चारैतिर फिँजिएर मरभूमिमा भाग्नुहोला ।’

नेपाल सरकार र दूतावाससँगको कुराकानीबाट प्रस्ट के देखिन्छ भने यहाँ रहेका २ सयभन्दा बढी विद्यार्थीबाट केही २०–२५ जनालाई उद्धार गरेको जस्तो गर्ने, बाँकी रहेका विद्यार्थीलाई केही समयपछि लग्ने आश्वासनमा यहीँ छाड्न लागेको उनीहरूको बुझाइ रहेको छ । यो सामग्री  राजधानी दैनिकबाट साभार गरिएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved