पृथ्वीनारायण शाह अबको बहस इसाईले दलित र जनजातिले धर्म र संस्कृति कसरी मासे त ??
वि.सं.१७७९-१८३१) पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए ।। पृथ्वीनारायण शाह यो धर्तीमा ५२ बर्ष बाँचेका थिए ।। पृथ्वीनारायण शाह कै कारण यहाँका सम्पूर्ण दलित र जनजातिको भाषा संस्कृति तहसनहस भएको थियो ।।
अनि कसरी इसाईले जनजातिको भाषा र संस्कृति मासे त?? यो कस्तो तर्क हो ?? यस्तो पनि आरोप हुन्छ त ??

नत्र अब सत्यतथ्य हेरौं !!
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे ।। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए ।।
तनहुँमाथिको आक्रमण
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो ।।
किर्तिपुरमाथि पहिलो आक्रमण
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए ।। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे ।। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए ।। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।
मकवानपुर विजय
वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे ।। अनन्त दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे ।।
गोरखा माथि आक्रमण
वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे ।।
किर्तिपुरमाथि दोश्रो आक्रमण
वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो ।। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए ।।
किर्तिपुरमाथि तेस्रो आक्रमण
किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए ।। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन ।। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे ।।
सल्यानसंगको सम्बन्ध
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे ।। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए ।।
चौबीसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो ।।
१६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे।।
पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो ।।
अर्को झुठ र भ्रम इसाईलाई लागेको ??
अब अर्को आरोप इसाई माथि पृथ्वीनारायण शाहलाई अंग्रेजले हतियार दिएर यहाँका जनजातिको राज्य मास्नु लगाए ?? यो कसरी होला त ?? बाहुन र बाहुनको अन्धाभक्तलाई यो सोच्ने बुद्धि किन आएन ?? पृथ्वीनारायण शाह अंग्रेज बिरोधि थिए ?? अनि नेपाल अंग्रेजको हातबाट कब्जा हुनुबाट बचेको थियो ।।
अर्को कुरा पृथ्वीनारायण शाहले नै १६ सय शताब्दीमा आएको इसाईहरुलाई उनले नै देश निष्कासन गरेका थिए ।। जसको कारण नेपालमा करिबकरिब २०० बर्षसम्म कहिलै इसाई नेपालमा प्रवेश गर्नु सकेन ।। यो कुरा बुझ अतिबादी अन्धाभक्त हो ।। अनि यो समयमा दलित र जनजातिको संस्कृति कोसले मासेको रहेछ ?? यो २०० बर्षसम्म इसाई नेपालमा थिएन !! अनि कसरी इसाईले आदिवासी जनजाति को संस्कृति मास्यो त ?? अन्धाभक्त हो ।।
बि. सं. २०२२ इसाईले नुवाकोटमा पसी मातृभाषा बाइबल अनुबाद गरि जनजातिलाई सक्ने पश्चिमी इसाई देशहरूको रणनीति
नेपाली इसाई माथि लगाएको भ्रम र झुठ हेरौं ।।
१; नेपाली भाषामा बाइबल अनुबाद गर्ने पहिलो व्यतीको नाम भारतमा आएका सन १७९२ मेसिनरी विलियम केरीले गरेको तथ्य छ ।।
२;दोस्रो व्यतीको नाम हो पादरी गंगा प्रस्राद प्रधान जसले सन १९१४ मा नेपाली भाषामा बाइबल अनुबाद गर्को तथ्य छ !! त्यो पनि भारतको दार्जिलिङमा हो ।।
३; अनि कसरी २०२२ मा जनजातिलाई बाइबल अनुबाद गरेर इसाईले जनजाति सक्ने काम गर्यो ??
४; जबकि राजा महेन्द्रले २०२० मात्रै सबै जनजाति र दलित लाई स्कुल जाने निर्णय गरे ।।
५; नुवाकोट जस्तो तामाङ गाउँमा ।। त्यो पनि पन्चायत कालमा यो कसरी सम्भाव हुन्छ??
६; नेपालका कुनै पनि शाहबंशिय राजा इसाई थिएनन ।। थिए त केबल इसाई बिरोधि नै थिए ।।
७; २०६३ सालमा मात्रै नेपाल धर्म निरेपक्ष भयो ।। अनि कसरी नेपालको जनजातिको संस्कृति मासे ??
अब बाइबलबाट बाहुनले दलित र जनजातिलाई बिगार्यो भन्ने बहस ;
१; नेपाल केही इसाई बाहुन राम्रा पनि छन् र नराम्रो पनि छन् ।। जस्तै; एकनाथ ढकाल जसले नेपालमा हिन्दु बाहुनलाई नै होली वाइन खुवाए !!
२; एकनाथ ढकाल न साँचो इसाई थिए न साँचो हिन्दु थिए ।। उनी पैसाको लागि त्यो नाटक गरेका थिए ।। उनलेे दशैमा टीका लगाएर फोटो सर्बजनिक गरेका थिए ।।
३; जनजातिले आफ्नो संस्कृति छोडेर क्रीस्चियन भए ?? भन्ने जुन आरोप छ त्यो झुठो छ ।। किन ??
४; किनकि २०६८ सालको जनगणनामा ८१.३% हिन्दु देखिन्छ !! यो कस्तो अचम्म ?? जबकी ३८% जनजाति देखिन्छ !! अनि इसाई १.४% देखिन्छ ।।
अनि कसरी इसाईले जनजातिको धर्म र संस्कृति मासे??
६; २४० बर्षको राजतन्त्रको शासन काल हो ।। यो समयमा आज आफ्नो धर्म र संस्कृति खोजी गर्ने जनजाति कहाँ थिए ?? अनि २०६३ मा धर्म निरेपक्ष भएर पाएको इसाईले कहाँ जनजातिको धर्म संस्कृति मास्यो ??
७; जबकि २०३० सालमा सिँह दरबारमा आगो लगाएर दलित र जनजाति सम्पूर्ण भाषा लिपी र साहित्य नष्ट गरिएको थियो !! के यो इसाईले गरेको थियो त??
के इसाई बनेर दलित र जनजाति बिग्रे त??
१; सन २००० तिर भारतमा भएको हिन्दुहरुको गोप्य मिटिङमा डाक्टर गोपाल गुरुङको किताब “अस्तित्वको खोज”मा दलित र जनजातिलाई सक्दो लागू पदार्थ दुर्वसीनीमा फसाउ भनिएको छ ।।
२; दलित र जनजातिको महिलाहरुलाई बेस्यबृद्धी गर्नु लगाउ भनिएको छ ।।
३; यो माथिको २ कुराले स्पष्ट थाहा हुन्छ कि दलित र जनजातिले हिन्दुको गोप्य रणनीति इसाई भएर असफल पारे !! कसरी ??
४; दलित र जनजाति साँचो इसाईमा परिवर्तन भए पछि ।।
# जाँडरक्सी खाँदै खादैनन ।। जसबाट बाहुनको रक्सी पसल खतरामा पर्यो !!
# तासजुया खेल्दै खेल्दैनन् ।। जसको कारण दलित र जनजातिले समयको उपभोग गर्नु सुरु गरे अनि प्रगति र उन्नति भयो ।। यो दलित र जनजातिको प्रगतिले अतिबादीहरुलाई सधैं ज्वरो आएर, प्रेसर भएर कोही त मरे कोही रोगी भएको सत्य हो ।।
जहाँ जस्तै बाइबल पुग्छ त्यहाँ त्यहाँ रुढीबादीको विरुद्ध क्रान्ति हुन्छ ?? जस्तै;
# भारतमा मेसिनरी विलियम क्यारी आउनु भन्दा अगाडि दिदीबहिनीहरु जबर्जस्त आफ्नो श्रीमानको लासमा जिउँदै सती जानू पर्थियो ।। अनि विलियम क्यारीले यसको घोर बिरोध गरे पछि कानुन नै ल्याएर अन्त गरे ।।
आज दिदीबहिनी अगाडि बढेको पट्कै मन परेको छैन ।। अतिबादीलाई ।।
६; बालबालिका बिबाह र बालबालिका बलि दिने प्रथाको अन्त विलियम क्यारीले नै गरेका थिए ।।
# आज दलित र जनजातिको छोराछोरी शिक्षित भएको पट्कै मन परेको छैन ।। अन्धाभक्त अतिबादीलाई ??
७; आज पनि बाइबल पढेयो भने पागल भैइन्छ भनेर भ्रम सृजना गर्नेहरू यूरोप र अमेरिका मानिसहरू बाइबल पढेर पागल भए कि शिक्षित भए त भनेर शोधे के भन्नेहोलान ??
संस्कार र संस्कृति के हो के होइन
धेरैले मलाई प्रश्न गरे कि हाम्रो संस्कार र संस्कृति के हो ?? बिश्वब्यापी अनुसन्धान अनुसार संस्कार र संस्कृतिको परिभाषा यो रहेछ !!
मानव सभ्यताको पहिलो बहस बनेको छ कि हाम्रो संस्कार के हो ?? अनि मानिसहरूले धेरै ठूला- ठूला कुरा गरेर संस्कार र संस्कृतिबारे गर्व गरेको देखे ।। जुन आज नेपाली समाजमा सनातन र हिन्दु धर्मको कुरा लिएर संस्कारको कुरा गरिन्छ !! त्यो सम्पूर्णरूपमा गलत छ ।। कसरी ??
१; के धर्मग्रन्थ र दर्शनको महान कुरा गर्नेले छुवाछूत र भेदभावको सिद्धान्त निर्माण गरेर संस्कार र संस्कृतिको कुरा गर्नु मिल्छ ??
२; वर्ण व्यवस्थाको निर्माण गरि एउटालाई ठूलो र अर्कोलाई सानो एउटा पबित्र र अर्को अछुत गर्नेले संस्कार र संस्कृतिको ज्ञान दिनु मिल्छ ??
३; जहाँ मानिसलाई पशु बनाएको छ !! अछुत बनाएको छ !! न आफ्नो घरको नारी सम्मान छ ?? न आफ्नो छिमेकी सम्मान छ ?? त्यो संस्कार कसरी मानवीय संस्कृति भयो ??
४; मन्दिर जाने, बिहानै उठेर पुजा पाठ प्रार्थना गर्ने मात्रै मानवीय संस्कृति हो ?? जबकि त्यस घरबाट अभावमा रहेको गरिबीको लागी कहिलै सहयोगको कृपा गरिन्न ?? यो कसरी संस्कार हुनु सक्छ ??
५; आफ्नो अशक्त वृद्ध आमाबाबुलाई वृद्ध आश्रममा राख्ने अनि माता तिर्थ औंषी, बाबुको मुख हेर्ने दिनको नाटक देखाउनु मिल्छ ??
६; महिनाभरी र वर्षभरी भ्रष्टाचार गर्ने ।। अनि चाड पर्बको नाउँ दिएर मासु, जाँडरक्सी खाने, तास जुवा खेल्ने, राम्रो राम्रो गहना र कपडा लगाउने यहीँ हो संस्कार ??
७; निमुखा, गरिब, कमजोरीलाई शोषण, दमन र अत्याचार गर्ने अनि विभिन्न धर्म कर्म गर्ने मानवताको ठूलो ठूलो भाषाण दिने यहीँ हो संस्कार ??
८; यस्ता यस्तै संस्कार र संस्कृति नेपाली जनता जोगाउनु पर्ने ?? यो आजको गम्भीर प्रश्न हो ??
मानवीय धर्म, संस्कार र संस्कृति के हो ??
# निमुखा र गरिबलाई सहयोग गर्नु ।। निश्वर्था सबैलाई प्रेम गर्नु ।।
# अन्याय र अत्याचारमा परेकालाई न्याय दिनु ।।
# समस्यामा परेकालाई आफ्नो क्षमताले भिएसम्म सहयोग गर्नु ।।
# ठूलो सानो सबैलाई आदर, प्रेम, दया गर्नु ।।
# नारी र पुरुषमा सम्मान व्यवहार गर्नु ।।
# जो कोसैलाई धर्म, लिङ्ग, जात र रङ्गको आधारमा भेदभाव नगर्नु ।।
# प्रकृतिको रक्षा गर्नु ।।
# जल, जमिन, जडिबुटी समान उपभोग गर्नु ।।
# बालबालिका, वृद्धबृद्ध, असक्त, अपंगता, कमजोरी भएकालाई आत्मा सम्मान गर्नु र जतिसक्दो दया माया र सेवा गर्नु ।।
यिन हुन हाम्रो संस्कार र संस्कृति त्यो भन्दा बढी केही होइन ?? नत्र भौतिक बस्तु ठट्टाएर, बजाएर संस्कार र संस्कृति बाँच्दैन ।।
आदरणीय न्याय प्रेमी दाजुभाइ तथा दिदीबहिनी सत्यको पछाडि लागौं ।। मानवीय प्रेम र सेवा नै मानवताको पहिलो धर्म, संस्कार र संस्कृति हो भनेर बुझौं ।।










