इतिहास हेर्दा स्पष्ट थाहा हुन्छ ।। कि हात धुनु देखि चर्पी बस्नु सम्म इसाईले हिन्दुलाई सिकाएको प्रष्ट देखिन्छ ।। त्यति मात्रै होइन ।। इतिहास हेर्दा हिन्दुले मानिआएको अमानवीय कुरिती पुरौ हटाइएको देखिन्छ ।। नत्र यी इतिहासका प्रमाणित तथ्य हेरौं ।।
हुनुत अझै जीबीत रहुनजेल बाबुआमालाई बृद्धआश्रममा लगेर राख्ने अनि मृत्यु पछि असल दुध र चामलको खिर पकाएर पिण्डा दिने धर्म र संस्कृति छ ।। यसैमा पनि गर्व छ हिन्दु मित्रहरूलाई ।।

भारतमा इसाईले हटाइएको केही हिन्दुका कुसंस्कार ।।
१; धरना : याचक व्यक्ति विष वा शस्त्र हातमा लिई गृहस्थहरुको मूल ढोकामा गएर उनीहरुलाई भनिन्थ्यो, ‘कि हाम्रो अमुक माग पूरा गरदेऊ, नत्र हामी यहीँ जीवनत्याग गर्नेछौं ।’ बिचरा गृहस्थीहरु उनीहरुको अनुचित इच्छाहरु पूरा गरिदिन बाध्य हुन्थे ।। यस प्रथालाई ब्रिटिसले ई.सं. १८२० मा अन्त्य गरिदिएको थियो ।।
२; हरिबोल : यो प्रथा बंगालमा प्रचलित थियो ।। असाध्य वा मराणासन्न रोगीलाई गंगामा लगी उसलाई डुब्की दिँदै स्नान गराई उसलाई हरिबोल, बोल हरि भन्न लगाइन्थ्यो ।। यसरी डुबुल्की लगाउँदा–लगाउँदै मरेमा त्यस व्यक्तिलाई बढो भाग्यवान मानिन्थ्यो र त्यसरी नमपरेको खण्डमा त्यहीँ ठाउँमा छट्पटाउँदै मर्नको लागि छाडिन्थ्यो, घर फिर्ता लगिँदैनथ्यो ।। यस प्रथालाई ब्रिटिसले ई.सं. १८३१ मा कानुनद्वारा बन्देज लगाएको थियो ।।
३; नरमेघ : यस पैशाचिक प्रथा ऋग्वेदीय शुनःशेष सुत्रको आधारमा कुनै अनाथ वा गरीब व्यक्तिको बलि चढाइन्थ्यो ।। यस्तो निष्ठुरी प्रथाको ब्रिटिस सरकारले ई.सं. १८४५ मा बन्द गरिदिएको थियो ।।
४; कन्यावध : उडिसा र राजपुतानामा कुलीन क्षेत्रीय कन्याको जन्म हुनासाथ मारिदिने चलन थियो ।। किनकि जिउँदो राखेमा तल्ला जातको समेत ससुरा या साला हुने वा बनिने सम्भावित भय यसको कारण थियो ।। यसखाले जघन्य अपराधी प्रथालाई ब्रिटिस सरकारले ई.सं. १८७० मा कानुनद्वारा बन्द गरिदिएको थियो ।।
५; तुषानल : कोही–कोही आफ्नो कुनै पापको प्रायश्चितस्वरुप आफूलाई भुस या घाँसको आगोमा जलार्इ भष्म गर्ने चलन थियो ।। यस प्रर्थाको पनि सरकारी कानुन बनाई अन्त्य गरियो ।।
६; सतीदाह : विधवा स्त्रीलाई उसको पतिको लाशसँगै चितामा जलाइन्थ्यो, यस्तो अमानुषिक प्रथाको अन्त्य ब्रिटिस सरकारले ई.सं. १८४२ मा गर्यो ।। यस प्रकारका प्रथा भारतमा सर्वत्र प्रचलित थियो ।।
“Purna Karki र किरात संसारको सहयोगमा प्रकाशित हेर्नू होला ।।”
भारतमा सती प्रथाकाे कसरी अन्त भयो ।
विलिएम क्यारी (William Carey 17 August 1761 – 9 June 1834) गुगलमा गएर हेर्नुहोला ।। यिनी एक बेलायतका मेसिनरी इसाई हुन ।। जसको योगदानले हिन्दुका धेरै कुसंस्कारलाई बन्द गरि दिएका थिए ।। जो हिन्दुहरु आफ्नो धर्म र संस्कृति भनेर गर्व गर्थे ।।
यी इसाई मेसिनरी सन १७९३ मा भारत आएका थिए ।। सन १७९९ मा आफ्नै आँखाले जिउँदो नारी आफ्नो श्रीमानको चित्तहमा क्रूर अमानवीय प्रकारले जलाइदिएको देखे ।। त्यसपछि उनले निरन्तर सती प्रर्थाको बिरोध गरि रहे ।।
त्यसपछि उनको केही लागेन अन्ततः कानुन बनाएर नै सती प्रती हटाउने कार्यमा जुटे ।।
(William Carey: The Suttee [sati] Ended. In 1799 Carey witnessed the first burning of an India widow at the funeral of her husband. He was deeply moved and implored the English Government to prohibit such horrors. For some reason the practice was undisturbed until 1828, when Lord William Bentinck was made Governor General. One of his first acts was to have this cruel custom absolutely stopped”).
अनि सन १८४२ मा भारतमा कानुनबाट सती प्रर्थाको अन्त गरेको थियो ।। भनिन्छ इतिहास अनुसार सबैभन्दा त्यो दिन अतिबादी हिन्दुहरु बिरोध नै गरेका थिए रे र दुःखित भएको थिए रे आफ्नो धर्म संस्कृति इसाई मास्यो भनेर ।।
कसरी गरीन्थो सथी प्रथा ?
जब कुनै श्रीमतीको श्रीमानको मृत्यु हुन्थ्यो ।। अनि बाहुन पुरहित बोलाइथ्यो ।। श्रीमानको मृत्युको शोकमा पत्नी रुदै चिजावट गरेकी हुन्थी ।। अनि बाहुनले गाँज र भाङ मिसाएर एक कचौरा ती शोक डुबेको पत्नीलाई खाना लगाउथे ।।
त्यसपछि ती पत्नी गाँज र भाँगको नासले कहिले हाँस्ने र कहिले रुने गर्थी ।। पत्तीको लाससँगसँगै शंख पुकीन्थियो ।। उक्त पत्नी अर्ध पागल जस्तो भएकी हुन्थी ।। अनि मृत्यु पत्तीको लाससँग जिउँदो पत्नीलाई बाँदिन्थो र आगो लगाइन्थो ।।
यदि त्यो पत्नी केही गरि भाग्नु प्रयास गरे ।। ३/४ पुरुष हिर्काउनु बसेका हुन्थे ।। यस्तो परिस्थितिमा उक्त पत्नी घोर चिच्याउनुको साथै बिलौना गर्थी तर त्यहाँ कुनै मानवीयताको गुन्जायस हुदैन थियो ।। यहीँ परम्परा इसाईले हटाइएको कारण धेरै हिन्दु दुखी थिए ।।
धर्मग्रन्थमा सथी प्रथा:
व्यासस्मृति ग्रन्थमा भनिएको छ कि ब्राह्मणी विधवाका लागि आफ्न मृत पतिको चितामा प्रवेश गरी स्वयम्लाई अग्निमा भस्म गर्नु नै बेस हुन्छ, अन्यथा उसले शिरलाई मुण्डन गरी प्रायश्चित गर्दै आफ्नो देहलाई पवित्र पारिराख्नु आवश्यक हुन्छ ।।
अर्कोतिर, बृहस्पतिस्मृति ग्रन्थमा उल्लेख पाइन्छ कि विधवाले आफ्न मृत पतिको चितामा स्वयम्लाई समर्पित गर्नु नै उचित हुन्छ, किनकि यो नै उसको लागि उत्तम कार्य हुनेछ तथा उसको यस कार्यको प्रशंसा ब्रह्मलोकमा पनि हुनेछ ।। ईसाको एघारौं शताब्दीका प्रसिद्ध लेखक र इतिहासकार कल्हणले आफ्नो ग्रन्थ राजतरङ्गिणीमा सती प्रथा विषयक अनेक उदाहरण प्रस्तुत गरेका छन् ।।
यस्तै, संस्कृत साहित्यको प्रख्यात नाटक मृच्छकटिकम्, अङ्क १० मा आफ्नो पतिको मृत्युमा विधवाले अग्निमा प्रवेश गरेकी वर्णन गरिएको छ ।। श्रीमद्भागवत महापुराण ग्रन्थमा उल्लेख गरिएको छ कि पति धृतराष्ट्रको देहावसानपछि गान्धारी सती गएकी थिइन् ।। यसरी नै प्रख्यात कवि सोमदेव भट्ट रचित कथासरित्सागर ग्रन्थमा पनि सती प्रथाबारे वर्णनहरू पाइन्छन् ।।
यस प्रथाको सम्बन्धमा अथर्ववेद, तैत्तिरीय आरण्यक तथा तैत्तिरीय संहिता एवं रामायण र महाभारत जस्ता ग्रन्थहरूमा पनि वर्णन भेटिन्छन् ।। महाराज पाण्डुको देहान्तमा उनकी रानी माद्री सती गएकी थिइन् ।। कृष्णका पिता वासुदेवको निधनमा उनकी चारजना पत्नीहरू सती गएका थिए ।। स्वयम् कृष्णको निधनमा उनकी आठजना पटरानीहरू सती गएका थिए भने उनका दाजु बलरामको देहान्तमा उनकी पत्नी रेवती सती गएकी थिइन् ।।
सती प्रथाकाे अर्थ:
नेपाली बृहत् शब्दकोशमा ‘सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् ।। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ । सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने अमानवीय प्रथा हो ।।
नेपालमा सती प्रथा:
भारतमा सती प्रर्थाको अन्त पछि नेपालमा पनि नैतिक, संस्कृतिक र राजनीति दबाब पर्यो ।। नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको झण्डै शताव्दी पुगेको थियो ।। सती–प्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकिन छैन ।। त्यो क्रूर प्रथा नेपालमा हिन्दु प्रवेशसँगै नै प्रचलित भयो भनेर बिश्वास गरिन्छ ।। त्यसपछि सती–प्रथा हिन्दु समाजमा नैतिक कानुन जस्तै हुँदै आयो ।।
आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो ।। कुनै समय थियो ।। महिलाहरुको महिनावारी नहुँदै विवाह गरिन्थ्यो ।। कन्या कुमारीले आफूभन्दा झण्डै ५०/ ६० वर्ष जेठो मानिसलाई पतीदेव मान्नु पर्दथ्यो ।। त्यसैले उनिहरु ३०/३५ वर्षकै उमेरमा विधवा बन्नु पर्दथ्यो ।। लाम लाम र खाम खामको कलकलाउदो उमेरमा उनिहरु सतीप्रथालाई स्विकारर्दै बलिरहेहो आगोमा जिउँदै जल्नु पर्दथ्यो ।।
बि सं १९१० मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए ।। तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।। जंगबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए ।। पछि नैतिक र राजनीति दबाब पछि बि सं १९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गरेका थिए ।।
अब आफै भन्नुहोस् ।। यदि भारतमा इसाईले यो कुसंस्कार नहटाएको भए आज पनि गर्व गर्दै हिन्दुहरु आफ्नो धर्म र संस्कृतिको नाउँमा आफ्नो आमा दिदीबहिनी र छोरीचेली जीउदै पोलिरहेका हुन्थे !! हिन्दु मित्रहरू नरिसाई माथि दिइएको स्रोतहरु खोजेर पढ्नु होला ।। प्रेसर हाइ नगराउनु होला ।।
सहयोगी
लेखक तथा सामाजिक अभियानता चन्द्रेश्वर दास।
स्रोत संकलन र लेखक दिपेश श्रेष्ठ ।।
अन्य स्रोत:
webeside, wakipidia, pdf, google, facebook @ books, online बाट पनि खोजी र अध्ययन गर्नु मात्रै सहयोग लिइएको हो ।। त्यसैले सन्दर्भ स्रोत नराखिएको हो ।।










