“त्यस्ताहरुको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, आवाज उठा र न्यायसँग फैसला गर ।। गरिब र दीन हिनको अधिकारको रक्षा गर ।।”

पवित्र धर्मशास्त्र बाइबलमा राजा लमूएलले आजभन्दा ३ हजार बर्ष अगाडि यो कुरा बताएको इतिहासमा पाइन्छ ।। तर यहीँ सत्य कुरा आज हाम्रो समाजबाट विलीन हुदैछ ।।
भाइ नवराज बिक र उनीसँग ५ जना लाई अमानवीय तरिकाले कुटीकुटी हत्या गरि भेरी नदिमा २०७७ जेट १० बेलुका गते फालिएको थियो ।।
यो समाचार जेट ११ गते बिहान् मैले पनि थाहा पाए ।। समाचार पूरै पाठ गरि सक्दा एउटैमात्र सन्देश थियो कि प्रेमको कारण जातीय आधारमा हत्या भएको थियो ।।
मलाई यो समाचारले पूर्ण स्तब्ध बनायो ।। अलिक शंका लागेको कारण अन्य समाचारको स्रोतहरु खोज्न थाले ।। घटना भएको पक्का भयो ।।
मेरो आफ्नै घरको भाईको हत्या भए जस्तो लाग्यो ।। मलाई शोक पनि लाग्यो र मेरो शरीरको रगतहरु भकभग उमिलियो ।। केहि दलित अधिकारकर्मी र पत्रकारहरुसँग फोनमा कुराकानी गरे ।।
मलाई मेरो आफ्नो परिवारको मृत्युको खबर भन्दा पनि यो खबरले धेरै नै दुःखि बनायो ।। २१ बर्षको जवान भाईलाई अमानवीय तरिकाले ढुङ्गाले, लठ्ठीले, खुकुरी र हाँसिया प्रयोग गरेर रगत सरी पारी हत्या गरिएको रहेछ ।।
काे थिए नवराज बि क ?
जान्न्नजरकोट — भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज मुनिलाल बिक र उर्मिला बिकका एक्लो छोरा हुन् ।। त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे ।। उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए ।। लकडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए ।। मुनिलाल र उर्मिला दैनिक मजदुरी गर्छन् । उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए ।
।
कसरभयाे घटना?
(भीमबहादुर सिंह, कृष्ण ज्ञवालीको संयुक्त रिपोर्ट )
२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।
खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।
जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक/डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।
नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ…लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।
गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।
घाइते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६०/७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साए । ‘हामीलाई ढुंगामुढा, हँसिया र चिर्पटले हान्दै भेरीको किनारसम्म पुर्याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’
तम्तयार बसेजस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आशंका छ । पीडित परिवारले घटनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरोप लगाएको छ । पीडित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् ।
आक्रमण भएको ठाउँबाट भेरी नदी तलै छ । सोतीका गाउँलेको हूलले भाग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइतेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घटनास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कुटपिट तथा लखेट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भागे र घर आउन सफल भए ।
स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हामफालेर भेरीमा पुग्ने अवस्था घटनास्थलमा देखिँदैन । ‘मान्छे त के, त्यहाँ एउटा गाडी नै फाले पनि भेरीमा नपुग्ने खालको ठाउँ छ,’ विश्वकर्माले कान्तिपुरसँग भने, ‘त्यसले घटना झनै रहस्यमय बनेको छ ।’
कुटपिटबाट घाइते भएका १२ जना भेरी नदीको सानो भंगालो तरेर बीचको बगरमा घेराबन्दीमा परे । तीमध्ये ५ जना भेरीको ठूलो भंगालोमा हामफालेर वारिपट्टि आइपुगे । सात जना दुवैतिर भंगालोबीचको बगरमै अड्किए । भेरीमा हामफाल्न नआटेका ७ जनालाई सोतीका गाउँलेले बगरमै आएर कुटपिट गरिरहे । लाठी र दाउराले आफूलाई कुटेको बताउने ती पीडितका अनुसार कुटाइपछि बेहोस भएका उनी ब्युँझँदा प्रहरी नियन्त्रणमा चौरजहारी अस्पतालमा थिए । आक्रमण गर्ने अर्को समूह एक किलोमिटरमाथिको झोलुङ्गे पुल तरेर कालेगाउँपट्टि गएर बसिसकेको रहेछ । भेरी तरेका पाँच जनालाई पनि २०/२५ जनाको समूहले कुटपिट गर्दै फर्काएर पारिपट्टि घटनास्थल लिएर गए ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्तीले स्थलगत अध्ययन टोलीलाई बताएअनुसार ‘सोतीगाउँका व्यक्तिहरूले नवराज विश्वकर्मालगायतलाई लखेटेर, भेरी नदीको दुवैतिरबाट घेरा हालेर कुटपिट गरी मारेर नदीमा फालेका हुन् । प्रहरी घटनास्थलमा नपुगेको भए बाँकी १२ जनाको पनि ज्यान जान सक्थ्यो ।’
अर्का प्रत्यक्षदर्शी इन्द्रजंग शाहका अनुसार कुटपिटबाट ज्यान गुमाएका पाँच र बेपत्ता एक जना भेरी नदी किनारमा आएकै थिएनन् । गाउँलेको आक्रमणमा परेका नवराज लगायतहरू कुन ठाउँमा थिए ? कसरी नदीमा परे भन्ने खुलेको छैन । पीडित पक्षले सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप लगाएका छन् । भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले नवराजलगायत मृतकहरूलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन् ।
मूकदर्शक प्रहरी:
घटनास्थल भनिएको कालेगाउँ पारिपट्टिको गैरीदेउला चौरजहारीदेखि भेरी किनारैकिनार माथिपट्टि पर्छ । घटनास्थलको सबैभन्दा नजिकको प्रहरी घटनास्थल पुगेको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मसिंह विष्टले अनुगमन टोलीलाई बताएअनुसार अघिल्लो रात नै प्रहरी टोली सोतीगाउँमा पुगेको रहेछ । सडकको विवाद मिलाउन खोलागाउँमा गएको प्रहरी टोलीलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेका रहेछन् ।
लगत्तै प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुग्यो । त्यहींबाट प्रहरीले नवराजको साथमा गएका महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएको देखिन्छ । ‘घटनास्थल पुग्दा वडाध्यक्ष मल्लसहित करिब ५० जना बारीको डिलमा उभिएका रहेछन्,’ प्रहरी निरीक्षक विष्टको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुम स्रोतले कान्तिपुरसँग भन्यो, ‘ढुंगा र लाठीले पिट्दै गएको देखेपछि प्रहरीले उनीहरूलाई रोकेझैं गरेको हो ।’
घटनाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि दुई जना प्रहरी घटनास्थल नजिकको झोलुङ्गे पुलमा पुगे । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घाइते सरोज खड्काले भने, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई अन्धाधुन्ध कुटेका थिए ।’
प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भीडलाई नियन्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घटनामा पुलिसले ‘सिट्टी’ सम्म बजाएको थियो, स्थिति साम्य पार्न आफूले सक्ने जति काम नगरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । पीडित पक्ष र दलित अधिकारकर्मी लगायतले घटनास्थलमा पुगेर पनि युवालाई बचाउन वास्ता नगर्ने प्रहरीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । उपचार नपाउँदा घाइते खड्कालगायतको टाउको, हात, पाखुरा, पिठ्युँ लगायतमा लागेको चोट निको भएको छैन ।
घाइतेहरूका अनुसार गाउँलेले भेरी नदीमा हामफालेका ५ जनालाई पनि नदीमै पुगेर ढुंगा, चिरपटलगायतले हानेका थिए । सोतीका स्थानीयले भेरी नदीको दुई भंगालोबीचको बगरमा रहेका ७ जना र कालेगाउँबाट नियन्त्रणमा लिएका ५ जना गरी १२ जनालाई लकडाउन उल्लंघन गरी गाउँमा केटीलाई जबर्जस्ती ल्याउन खोजेको भन्दै चौरजहारीबाट आएको प्रहरी टोलीको जिम्मा लगाएका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले नवराजलगायतको खोजी गरेन । उल्टै घाइते युवालाई नियन्त्रणमा लिएर इप्रका चौरजहारीको हिरासतमा राख्यो । तर प्रहरीले उनीहरूको उपचार गरिएको दाबी गरेको छ ।
घटनास्थलमा रहेका प्रहरीमाथि केन्द्रीय टोलीले सोधपुछ गरेको छ । सोधपुछका क्रममा प्रहरीले लखेटिएका केही युवा भेरीमा हाम्फालेको बताएका थिए । तर पीडित पक्षले भेरी तर्न खोजेकाहरू मात्रै हाम्फालेको र उनीहरू जोगिएको प्रतिक्रिया दिएका छन् । हाम्फालेकाहरू नै मरेको हुन सक्ने आशय पुष्टि हुने गरी प्रहरीले विवरण बनाउन थालेको पीडितको आरोप छ ।
त्यत्रो ठूलो झडप देखेको प्रहरीले माथि गाउँदेखि नै नवराजहरूको समूह लखेटिएको र कुटाइ खाएको थाहा पाएन । कसैलाई पक्राउ नगरी भेरीको भंगालोमा अलि बढी कुटाइ खाएकाहरूलाई मात्रै लिएर प्रहरीको गाडी चौरजहारीतिर गयो । मारपिटको घटना मिलेमतोमा गुपचुप राख्न खोजिएको पीडितको आरोप छ । तर प्रहरीले अरू विवरण थाहा नभएको दाबी गर्दै भेरी किनारमा नवराजको शव भेटिएपछि मात्रै अरूलाई पक्रेको प्रतिक्रिया दिएको छ । अधिकारकर्मीहरूका अनुसार भागदौड देखेका गैरीदेउलाका अधिकांश स्थानीय बासिन्दा घटनाबारे बोल्न मान्दैनन् ।
स्थलगत प्रतिवेदन के भन्छ ?
घटनाको केही दिनपछि १० जना दलित अगुवा एवं अधिकारकर्मीहरूको टोली घटनास्थल पुग्यो । उनीहरूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार केटीपक्षको समूहले सबैतिरबाट घेरा हालेर सांघातिक आक्रमण भएको हो । आक्रमणमा संलग्नहरूले नवराजको समूहलाई घरेलु हतियारले प्रहार गरेको र शव नदीमा फालेको पुष्टि हुने घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मी धर्मलाल रोकायाले कान्तिपुरलाई बताए ।
‘घटनाको स्थलगत अध्ययन गर्ने हो भने भेरीमा हाम्फाल्ने अवस्थै हुँदैन, हाम्फालेकै भए पनि बुट्यानका कारण मानिस बीचैमा अड्किन्छ,’ प्रतिवेदनबारे रोकायाले भने, ‘भाग्दा हाम्फालेर मरे भन्ने कुरा कुनै हालतमा पनि पुष्टि हुँदैन ।’
रोकायालगायत १० जना अधिकारकर्मीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पनि यस्तै दाबी छ । प्रतिवेदनमा छ, ‘घरेलु हतियार हँसिया, खुकुरी, लाठी लगायतका ढुंगाले एक्कासि आक्रमण गर्दै लखेट्दै लखेट्दै भेरी नदीको बगरमा दुवैतिरबाट घेरा हालेर नवराज विश्वकर्मा र उनका अरू पाँच जना साथीहरूको हत्या गरी भेरीमा शव फालिदिए ।’
छानबिन प्रतिवेदनलाई पुष्टि गर्ने केही स्थलगत तथ्यहरू पनि छन् । घटनास्थल आसपास भेरी नदीमा खोंच छैन । जंघार परेको समथरमा करिब ६/७ फिट गहिरो छ । हामफाल्ने खालको ढिस्को वा पहरो छैन । किनारमा गएर पौडी खेलेर तर्ने खालको फराकिलो बहाव छ । घटनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २/३ किलोमिटर तल अर्को पुल छ । मृतक र बेपत्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर मर्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।
फोन सम्पर्क भएको अनुमानित समयको आकलन गर्दा घटनाको एक/दुई घण्टाभित्रै साँझ साढे ६ बजे जाजरकोटतिर भेरी किनारमा उनको शव भेटियो । त्यो दिन हराएका पाँचमध्ये चारको शव १५ गतेसम्म भेरी किनारामै भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । प्रारम्भिक बयानमै नवराजको साथमा गएका ती साथीहरूले केटीको घरबाट केही वरपट्टि आउनेबित्तिकै ढुंगामुढा भएको बताएका छन् । घटनास्थल पुगेको प्रहरीले काठमाडौंबाट गएको टोलीलाई बताएअनुसार नवराजका साथै अरू घाइतेहरू निःशस्त्र थिए । यतिसम्म कि, उनीहरूको साथमा पैसा थिएन । प्रहरी निरीक्षक धर्मसिंह विष्टले ‘जातीय भेदभाव र जातीय छुवाछूतकै कारण कुटेर हत्या भएको’ भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन् ।
दुवैको प्रेमबारे मल्ल परिवारभित्र र नजिकका नातेदारहरूमाझ पनि कुरा चलिरहेको विभिन्न छानबिनले पुष्टि गर्छ । नवराजका बाबुलाई ती युवतीका ठूलाबाबु इन्द्रबहादुर मल्लले मल्लको सम्धी बन्ने इच्छा छ भनी सोधेका थिए । जाजरकोट खलंगामा व्यापार गरी बस्ने उनैले नवराजकी दिदीलाई घटना भएको दिन ‘नवराज घर पुग्यो कि पुगेन ?’ भनेर सोधका थिए । दिदीले किन सोधेको भनी जिज्ञासा राखेपछि जवाफमा इन्द्रबहादुरले ‘नवराजले केटाहरूको हूल लिएर कता हिँडेको थाहा पाएको’ भन्ने जवाफ दिएको पीडित परिवारको भनाइ छ । दिदीले साढे ५ बजेतिर नवराजसँग फोन सम्पर्क गरेकी थिइन्, त्यो नै उनीहरूबीचको अन्तिम गफ बन्यो ।
घटनाको एक सातापछि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहितको टोली घटनाको एक सातापछि शनिबार घटनास्थल पुगेको छ । टोलीले घटनाका मृतकका परिवारका साथै स्थानीयवासीसँग भेटघाट गरेको छ । गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पनि शनिबारै घटनास्थल पुगी स्थलगत अध्ययन गरेको छ ।
(कान्तिपुर दैनिकमा प्रकाशित : जेष्ठ १८, २०७७)

इतिहासमा पनि प्रेमको कारण हत्या भएको छ ??
प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो ।। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।।
उनको बुझाइ थियो- अनुशासनको दायरा भित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।।
मनोबैज्ञानिक प्रेमको तथ्य:
साइकोलोजिस्ट रोबर्ट स्टेनबर्गले प्रेमको एउटा त्रिकोणात्मक सिद्धान्त प्रतिपादन गरेका छन् जसमा प्रेमका तीनवटा पक्षलाई उद्घाटन गरेका छन् ।
१;आत्मीयता,
२;दायित्व र
३; लगाव ।
आत्मीयता त्यस्तो अवस्था हो जसमा दुई व्यक्तिले आ–आफ्नो व्यक्तिगत जीवनका सम्पूर्ण भेदहरू साटासाट गर्ने गर्छन् । दायित्व सम्बन्धलाई स्थायित्व दिने आधार हो । त्यसैगरी लगाव चाहिँ आकर्षण र यौन चाहनाको प्रतिफल हो ।। यी भित्री तथ्य प्रेम जोडीमा पाइन्छ ।। तर यो कुरा ती अपराधीहरुले बुझेनन् ।।
अन्त जाँदाजाँदै…
‘युद्ध र शान्ति’ विश्वका महान साहित्यकार लियो टाल्सटाय औपन्यसिक प्रसिद्ध कृति हो, जसले विश्वका धेरै मानिसहरुलाई झक्झक्यायो ।। यो उपन्यास विश्वकै एक चर्चाको शिखरमा पुग्न सफल भएको कृति हो ।। पुस्तक बृहद छ ।। हुनसक्छ; यो विश्वको औपन्यासिक कृति मध्येको सबभन्दा ठूलो हुनुपर्छ ।। उपन्यासमा देखीएका पात्रको संख्याहरु अत्यन्तै धेरै रहेको छन ।।
लगभग ५०० भन्दा बढी पात्र भेटिन्छन् भने नाम उल्लेख नभएका र अन्य खालका पात्रहरुको त ठेगान लगाउन र परिचय लिनु निकै कठिनाई हुन्छ ।। पात्रहरुको चरित्र र तिनका कामको हिसाब लगाउन गाह्रै पर्दछ ।। अनेक किसिमका चरित्रका पात्रहरु उपन्यासमा सामेल गरिएको छन् ।। ‘युद्ध र शान्ति’ उपन्यास त उपन्यास नै हो तर यसलाई युद्धको एक खालको महान दस्तावेज नै भन्न सकिन्छ ।।
नवराज विक (प्रेम र युद्ध) (Love & War)
पश्चिम रुकुम भएको घटना “Love and war” “प्रेम र युद्ध” ले सम्पूर्ण नेपालीलाई झस्काएको छ ।। यो एउटा जघन्य अपराध जघन्य घटना भएको छ ।।
प्रेमको पक्षमा नबराज विक र उनका १८ जना सहभागी छन् ।। यो युद्ध गर्ने केटीको बुबा, आमा र सिङ्गो गाउँ सहभागी भएको थियो ।। जसमा नवराज बिक सहित ६ जनाले वीरगती प्राप्त गरे ।। ती महान प्रेमका निम्ति बगाइएको रगत र बलिदानलाई हृदय भित्रै देखि सलाम ।।
यो घटना लुकाउनु र पीडितलाई दोषी देखाउनु सिङ्गो ब्राह्मणबादी मानसिकता भएका र हिन्दु अतिबादी पात्रहरू खेलेरै लागेको देखियो ।।
न्यायको पक्षमा थोरै दलित, थोरै जनजाति र केही अपवादका अन्य जाति लागेका देखियो ।।
केहि न्याय प्रेमी यसो भन्छन्
“यस बीभत्स हत्याकाण्डलाई इतिहासको त्यस्तो नयाँ विन्दुमा रूपान्तरण गर्न नयाँ पुस्ताले साहस गर्नुपर्ने जिम्मेवारी आएको छ, जहाँबाट सुरु हुने नयाँ राजनीतिक आन्दोलन र सांस्कृतिक जागरणबाट जात व्यवस्थाको सम्पूर्ण पर्यावरणको सत्यानाश होस् ।”
“रुकुम नरसंहार:
गैरदलितको मौनता आफैमा हिंसा हो!”
आहुती
“जिउँदो मान्छे बोल्छन्, विभेद विरुद्ध आवाज उठाउँछन्! नबोल्ने त केवल लास हुन्छन्।”
महाबिर बिश्वकर्म
“ब्राम्हणधर्ममा शुद्रहत्या चराचुरुगीं हत्या गरेको बराबर हो।
गाईको महत्व शुद्र भंदा कति गुणा माथि होला आफै विचार गर्नुहोस ।”
चन्द्रेश्वर दास
“आजै मात्र रुकुममा अन्तरजातीय विहे केसमा एकजना विश्वकर्मा युवा मारिए, साथीहरू बेपत्ता! हाम्रा लागि लोकतन्त्र हैन मनुको शासन छ…!”
डाक्टर मित्र परिवार
रात पछि दिन आउँछ,
दिन पछि रात आउँछ ।। कुनैपनी कुराको सुरुवात हुन्छ भने त्यसको अन्त पनि हुन्छ ।। यो प्राकृतिक नियम हो ।। याद गर ।। समय धेरै नै बलवान् छ ।। पालो सबैको आउछ ।। अतिबादको, सत्ताको र जतातियताको घमण्ड गर्ने हो ।। तिम्रो पतन धेरै नजिक छ ।। त्यो दिन तिमीहरूले निर्दोष माथि गरेको अन्याय, अत्याचार, दमन, शोषण र हत्याको एक- एक हिसाब चुक्ता गर्नुपर्ने छ ।। ढिलो चाँडो मात्रै हो ।।यो प्रकृतिक नियम हो ।।
यो लेखको सन्देश
एउटा ठूलो खरले छाएको वस्तीमात्र आगो लागेर खरानी हुँदै थियो ।। सबैजना त्यहाँ मुखीया, नाइके, बुद्धिजीवी र शक्तिशाली मानिसहरू भागभाग गर्दै र कोही रमिता हेरी रहेका थिए ।। तर
एउटा सानो बालक धारामा जाँदै हातको अजुलीमा पानी ल्याउदै त्यो आगो बलि रहेको ठाउँमा निरन्तर हाली रहेको थियो ।।
अनि त्यो देखेर उक्त समुदायको मुखिया, नाइके, बुद्धिजीवी र शक्तिशाली मानिस आएर भनेछन् ।। “ए फुच्चे ए फुच्चे तेरो यो उपायले आगो निभ्दैन ।। बेकार नभएको काम नगर ।।”
अनि त्यो फुच्चे बालकले ती मुखिया, नाइके, बुद्धिजीवी र शक्तिशाली व्यत्तिहरुलाई भनेछ ।। यो आगो निभ्छ वा निभ्दैन यो मेरो सरोकारको बिषय होइन ।। तर
मैले गरेको यो प्रयास इतिहासमा लेखिने बिषय हो ।। किनकि म यो समुदायलाई आपत्त विपत्त पर्दा भाग्ने र रमिता हेर्ने मुखिया, नाइके, बुद्धिजीवी र शक्तिशाली व्यत्तिमा होइन ।। तर
यो समाजलाई समस्या परेको बेला साथ दिने र सहयोग गर्ने व्यत्तिको इतिहास लेख्ने मान्छे हुँ ।।
आज सम्पूर्ण दलित, जनजाति र नेपालीलाई रुकुममा भएको घटनाले यहीँ भनी रहेको छ ।। तपाईं महान नेताकार्यकर्ता, मजदुर, लेखक, पत्रकार, वकिल, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, व्यापारी जो जे भए पनि यो समय हामी भागी रहेको वा रमिते बनी रहेको छौँ ?? कि सत्य र न्यायको पक्षमा बोलेका छौँ ।। यो इतिहासमा लेखिने छ ।। त्यसैले आउनुहोस् ।। अन्यायको विरुद्ध आवाज उठाउ ।।
जातीय आधारमा गरेको यो मानव कलंक र नरसंहारको
बीभत्स हत्याकाण्ड इतिहासले सधैंभरी राक्षेसी कर्म हो लेखिनेछ र रहनेछ ।।
स्मरण रहाेस घटना पुरानाे र लेख पहिल्यै लेखिएको भयपनि अहिले प्रकाशित गरिएको हाे।










