Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इस्राएलको बारेमा बाइबलको भविष्यवाणी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2023

दिपक साउद । वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे क्षेत्रमा महत्त्व राखेको छ । पवित्र भूमिको भौगोलिक रचना यसिया, युरोप र अफ्रिकाको केन्द्रबिन्दुमा छ । वास्तवमा यो संसारकै केन्द्रस्थल हो । भूमध्यसागर र सुइज नहरबाट विश्वको वाणिज्य बग्ने भएकोले आर्थिक दृष्टिकोणबाट मध्यपूर्व निकै महत्त्वपूर्ण छ र यस क्षेत्रलाई नियन्त्रण गर्ने राष्ट्रहरू आर्थिक रणनीतिक स्थानमा छन् । आर्थिक उन्नति र विकासको क्षेत्रमा धेरै शताब्दीसम्म यस क्षेत्रले गरिबीको पीडा भोगेको भए तापनि आधुनिक घटनाहरूले यस क्षेत्रमा परिवर्तनका रेखाहरू ल्याएको जस्तो देखिन्छ । यो परिवर्तन आर्थिक क्षेत्रमा मध्यपूर्व महत्त्वपूर्ण हुने छ भन्ने सूचक पनि हो । इस्राएलको आफ्नै आर्थिक विकास र यसको वरिपरिका क्षेत्रमा भएको अत्यधिक तेलको भण्डारले यसको पुष्टि गर्दछ ।

धेरै पहिलेदेखि नै सैनिक दृष्टिकोणबाट पनि मध्यपूर्वलाई महत्त्वपूर्ण स्थलको रूपमा हेरिएको छ । पहिलो र दोस्रो विश्वयुद्धका उद्देश्यहरूमध्ये एउटा थियो, भूमध्यसागर र मध्यपूर्वमाथिको नियन्त्रण । विश्व कामकाजमा प्रमुख भूमिका खेल्न चाहने कुनै पनि राष्ट्रले यस क्षेत्रमा प्रभाव पारेको हुनुपर्छ भन्ने कुरा स्पष्ट छ ।

धार्मिक परिप्रेक्ष्यबाट पनि मध्यपूर्व महत्त्वपूर्ण छ किनकि यो ख्रिस्टियमतको उद्गमस्थान मात्र होइन, तर यहूदी धर्म र मुस्लिम विश्वासको पनि उद्भवस्थान हो । अनुगामी धर्म, संस्कृति र मानवीय विचारमाथि आफ्नो प्रभावमा अन्य कुनै भूभाग यसभन्दा महत्त्वपूर्ण भएको छैन ।

बाइबलीय परिप्रेक्ष्यबाट हेर्दा मध्यपूर्व निकै महत्त्वपूर्ण क्षेत्र हो किनकि यसमा त्यो भूमि अवस्थित छ जुन इस्राएल जातिलाई प्रतिज्ञा गरिएको थियो । परमप्रभुले अब्रामलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु” (उत्पत्ति १२:७) । पछि उत्पत्ति १३:१४ र १५ मा यस प्रतिज्ञालाई दोहोर्‍याइएको छ र उत्पत्ति १५:१८-२१ मा यसको ठिक सिमाना तोकिएको छ । उत्पत्ति १७:८ मा परमेश्वरले यस भूमि अब्रामका भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिने प्रतिज्ञा गर्नुभएको छ ।

तर यस देशलाई अधिकार नगरिकनै अब्राहाम मरे । इसहाक र याकूबले पनि यसलाई अधिकार गर्न पाएनन् । प्रतिज्ञाको देशलाई अनिकालले ढाकेपछि योसेफको निमन्त्रणाको फाइदा उठाई याकूब आफ्नो परिवार लिएर मिश्रतर्फ प्रस्थान गरे । इस्राएलीहरू मिश्रको दासत्वमा परी त्यहाँबाट धनसम्पत्ति लिएर निस्किआउने छन् भनी परमेश्वरले चार सय वर्षअगि बताइसक्नुभएको थियो (उत्पत्ति १५:१३-१४) । मिश्रतर्फको यात्रा र मिश्रबाट प्रतिज्ञाको देशतर्फको यात्रा दुबै नै हुबहु पूरा भए भनी प्रस्थानको पुस्तक र पुरानो करारका अनुगामी पुस्तकहरूमा अभिलिखित छन् ।

तर इस्राएल प्रतिज्ञाको देशमा आइपुगे पनि यसले सबै भूमि कब्जा गर्न सकेन । सोलोमनको समयमा धेरै भूमि कब्जा गरिएको भए तापनि अब्राहामलाई प्रतिज्ञा गरेमुताबिक इस्राएलीहरूले त्यस भूमिलाई कहिल्यै अधिकार गर्न पाएनन् । बरु, सोलोमनपछि संयुक्त राज्य इस्राएल र यहूदा गरी दुई भागमा विभाजन भयो । पछि ७२२ ख्रिस्टपूर्वमा अश्शूरीहरूद्वारा उत्तरी राज्य निर्वासनमा लगियो भने ६०५ ख्रिस्टपूर्वबाट दक्षिणी राज्य यहूदा पनि बेबिलोनीहरूको कब्जामा पर्न थाल्यो । इस्राएलीहरूको पापको कारणले तिनीहरू निर्वासनमा लगिएका हुन् भन्ने भनाइ पूर्ववर्ती अगमवक्ताहरूका मुख्य विषयवस्तु नै थियो ।

यरूशलेम र यसमा निर्माण भएको सुन्दर मन्दिरको विनाशपछि देखा परेको इस्राएलको संस्कृति र सभ्यताको ध्वंसावशेषको बिचमा सत्तरी वर्षपछि इस्राएल आफ्नै भूमिमा फर्केर आउने छ भनी यर्मियाले भविष्यवाणी गरे (यर्मिया २९:१०) । यर्मियाको भविष्यवाणीमुताबिक सत्तरी वर्ष बितेपछि यरुबाबेलको नेतृत्वमा ५०,००० यहूदीहरू इस्राएलको प्राचीन भूमिमा फर्के र पछिबाट मन्दिर पुनर्निर्माण गरियो अनि वर्षौपछि नहेम्याहको नेतृत्वमा पर्खालको पनि पुनर्निर्माण गरियो ।

अब्राहामका सन्तानहरू बेबिलोन र अश्शूरमा मात्रै तितरबितर हुनेथिए भनी भविष्यवाणी गरिएन, तर मोशाले बताएअनुसार इस्राएलीहरूको पापको परिणामस्वरूप तिनीहरू संसारको चारै कुनामा छरपष्ट हुनेथिए (व्यवस्था २८:६३-६४) । यस भविष्यवाणीमा भएको सार्थक पक्ष भनेको तिनीहरू “विभिन्न जातिका बिचमा” छरपष्ट हुनेथिए भनी बताइनु हो । इस्राएलले मसीहलाई इन्कार गरेपछि ख्रिस्टाब्द ७० मा पुनर्निर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए । पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झन्डै १,९०० वर्षसम्म निरन्तरता पायो । बिसौँ शताब्दीको मध्यभन्दा अगाडि तिनीहरूको कुनै उल्लेखनीय पुनः जमघट भएको थिएन ।

अब्राहामका सन्तानहरू विभिन्न जातिका बिचमा छरपष्ट भएको भए तापनि परमेश्वरको वचन आश्चर्यमय ढङ्गमा पूरा भएको छ किनकि इस्राएल जाति सुरक्षित छ । सूर्य र चन्द्रमा रहुन्जेल इस्राएल जाति रहनेछ भनी यर्मियाले भविष्यवाणी गरेका थिए (यर्मिया ३१:३५-३६) । इस्राएल यसरी बचाइएको छ कि त्यसको सट्टामा अर्को जाति भइदिएको भए त्यो उहिले नै इतिहासमा बिलाउने थियो । तिनीहरूका पृथक् धर्म, संस्कृति र पैतृक सम्पत्तिको कारणले आफ्नो प्राचीन भूमिमा फर्कन तिनीहरूलाई अगुवाइ गर्‍यो । बिसौँ शताब्दीको आरम्भमा इस्राएलीहरूको प्राचीन भूमिमा एउटै पनि यहूदी गाउँ थिएन र आफ्ना पिता पुर्खाहरूको देशमा छरपष्ट भएका करिब २५,००० यहूदीहरू थिए भनी अनुमान गरिएको छ ।

मध्यपूर्वमा इस्राएलको नयाँ राज्यको अवधारणालाई ख्रिस्टाब्द १८९७ मा थियोडो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved