काठमाडौँ । पत्रकार बनाएर कोरियामा मानव तस्करी सम्बन्धमा अध्ययन र छानबिनका लागि नेपाल पत्रकार महासंघले समिति गठन गरेको छ । महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेको संयोजकत्वमा अध्ययन गरी सुझाव दिन समिति गठन भएको हो ।
गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रकम लिई कोरियामा मानव तस्करी गर्न लागेको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि महासंघका अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको हो । असोज १५ गते रातोपाटीमा ‘पत्रकार बनाएर मानव तस्करी’ शीर्षकमा समाचार प्रकाशन भएको थियो जहाँ नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको लेटर हेडको समेत दुरुपयोग भएको पाइएको थियो ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले असोज १९ गते जारी गरेको पत्रमा लेखनाथ न्यौपानेको संयोजकत्वमा शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेका छन् । उक्त विषयमा आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

याे सामग्री राताेपाटी डट कम बाट साभार गरिएको हाे।










