Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2023
पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के?
यस बारे थोरै चर्चा गरौ।पहिचानको बहस गर्दै गर्दा छुट्टाउनु नहुने अर्को बिषय संघीयता पनि हो।मैले यो लेख्दै गर्दा कहि कतै गल्ती हुन सक्छ।कहि कतै मेरा अध्यन खोज फिक्का पर्न सक्छ तर तपाइँहरुले स्विकार्हुन्छ भन्ने लागेको छ। अब बहस गरौ पहिचा र संघीयताको आन्दोलन कहाँ कसरी र किन सुरु भयो? यसको उत्तर धेरैले दिन सक्छन माओवादीले जनयुद्ध सुरु गर्दाको बखतमा संघीयता र पहिचानको कुरा उठ्या थियो भनेर तर हामी सबैले एउटा पार्टी जसको जन्मको उद्देश्य नै संघीयता,पहिचान,धर्म निरिपेक्ष, गणतन्त्र, लोकतान्त्रिक अभ्यासको लागि भएको थियो भनेर ।
२०४६/४७ सालमा पस्चिमका मगर,गुरुङ र पुर्वका लिम्बुहरु,राई अर्थात भनौ आदिवासी जनजाति मिलेर खोलेको एउटा पार्टी थियो राष्ट्रिय जनमुक्ति पार्टी।यसले यसको सुरुवाती दिन बाटै जातीय छुवाछुत,पहिचान र संघीयताको लागि जोडटोडले कुरा उठान गर्यो।तर बिडम्बना कहाँ हुन पुग्यो भने न त यो पार्टीले सशक्त रुपले आन्दोलन नै गर्न सक्यो न त यसले कुनै त्यस प्रकारको प्रभाब नै पार्न साक्यो।कारण पनि थियो पस्चिमका मगर,गुरुङहरु आफ्नो पहिचानको लागि भन्दा पनि राजाको हली हुन नै रुचाइरहेका थिए भने पुर्बका राई लिम्बुहरु पनि आफू राजाको भारादार हु भन्दै गर्व गरिरहेका थिए।जहाँ यो आन्दोलनको आवाजहरु गुन्जिनु पर्ने थियो त्यहा सम्म गुन्जिनै सकेन।
फलतः स्वरुप माओवादीले माओवाद जस्ता वाद संग अब पहिचानको अस्तित्वको लागि भन्दै बन्दुकको नोकमा केही सचेत युवाहरुलाइ साथमा लिएर केहिलाइ डर देखाएर केहिलाइ धम्क्याएर जंगल पस्यो।उनिहरु दिनानुदिन कमजोर हुँदै जादा,यिनिहरुको दिमागमा गज्जबले छाप परेको कुरा के थियो भने पुर्वका लिम्बुलाई एतिहासिक्ताको आधारमा लिम्बुवान दिने राइहरुलाइ किरात,खम्बुवान दिने,तामाङ हरुलाइ ताम्सालिङ दिने,मगरहरुलाइ मगरात दिने गुरुङहरुलाइ तमबुवान दिने नेवारहरुलाइ नेवा दिने मधेसीहरुलाइ मधेस दिने जस्तो नाममा रातारात गाउँका युवाहरुलाई बन्दुक बोकाइ पहिचान र संघीयताको लागि भनेर जोडतोडले युद्द गरे।
तर आदिबासी जनजातिले निक्कै ठूलो धोखा पाए।माओवादीले संविधान सभाबाट अधिकार दिने भनेको थिए तर यिनले न त पहिचान दिन सके न त पुर्न संघीयता न त पुर्न धर्म निरिपेक्ष नै दिन सके।पहिचानको कादमा चप्पल पडकाउदै सहर पसेकाहरुले महल खडा गरे ठुल-ठुला गाडी किने स्वकिन भए अनि पहिचानलाइ आफ्नो पार्टीको समितिमा लगेर सिमित गर्दिए।त्यस बखत सम्म जनमुक्ति टुट्दै फुटदै जुट्दै,राजालाइ बिन्ती बिसाउदै महाधिवेशन सम्मेलन गर्दै ठिक थिए।जनमुक्ति फेरि एक पटक ६२/६३ सालको जन आन्दोलन पछि फुट्यो त्यस बेला निक्कै ठूलो संख्या पुर्वका आदिबासी,पश्चिमका थारु र मधेसका मधेसीहरुले अब यो पार्टीबाट संघीयता,पहिचानको लडाइ अगाडि बढ्दैन भन्ने नोकझोकका साथ पार्टी फुटाएर अर्को पार्टी सन्जुहाङ,कुमार लिङ्देन,खगेन्द्र माखिम,सुर्य माखिम लगायतहरुले संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च खडा गरे यो संगै मधेशमा पनि जनअधिकार फोरम लगायत ngo/ingo पार्टीहरु खडा भए।
तर यो मध्य त्यस बेलाको राज्यसत्ताले सबै भन्दा शक्तिशाली मानेको शक्ति चाहिँ मन्च नै थियो पुर्वमा एक टुक्रा पश्चिममा एक टुत्रा गरेर दुई टुक्राले पहिचानको लागि जोडटोडले आन्दोलन गर्दै थिए तर बिचमा भएका मगर,गुरुङ,नेवार,तामाङहरु त्यही माओवादीको समितीमा रमाइ रहेका थिए।पुर्वमा र पश्चिम्मा लिङ्गदेनको नेतृत्वमा लिम्बुवान र थारुवान जलिरहेको थियो।जनमुक्ति सुतिरहेको थियो।पहिचानको आन्दोलन यति भंयकर हुँदै थियो ६५ सम्म आइपुग्दा दुई शहिद(साहदत प्राप्त),त्यस्तै २ जिउदो शहिद(शरिरिक अपांग)प्राप्त भैसकेको थियो।फेरि एकपटक लिङ्गदेनको पार्टी पनि फुट्यो तर त्यसले उनको पार्टीलाई कुनै असर परेन।झन आक्रमक र झन निर्णयक हुँदै थियो।राज्यले सबै शक्ति प्रयोग गरेर भए पनि आन्दोलन कमजोर बनाउन प्रयासरत थियो ।राज्यसत्ता डरै रहेको थियो। त्यही बेला मदेशमा एउटा शक्ति अनि जनमुक्तिलाई अर्को शक्तिको रुपमा उत्पादन/प्रयोग गर्न सफल भयो राज्यसत्ता। (यो आरोप मात्र हो प्रमाणित भने हैन)
यी सब कुरा थिए पहिचानको आन्दोलनमा म लेखक स्वयं सहभागी नभएसम्म या म आफै नहोमिएसम्मको अब म आन्दोलनमा होमिएपस्चात मैले देखेको मैले भोगेको मैले बुझेको आन्दोलन।यहाँ उल्लेख गरिएको नामहरु पहिचानको आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका छन। लगभग ६६ सालको पुस मसान्त तिर म पनि लिङ्गदेनको भाषणहरुले प्रेरित भएर आन्दोलनमा होमिन पुगे मेरो एउटा पुरानो साइकल थियो त्यो लिएर म दमक चोकमा पुगे स्कुल थिएन कारण लिम्बुवानको बन्द। मेरो लुगा लगाउने शैली एक दमै बुढौली प्रकारको अर्थात एक दम संगले कपडाको पेन्ट र शर्ट टक्क आइरान लगाएर त्यही लागेर पुगेको थिए त्यो दिन चोकमा म।मेरो पहिलो दिन पहिलो आन्दोलन भेटभयो केन्द्रिय नेताहरु:- बिष्णु भट्टराई,त्यस बेला पार्टीको केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र नोना लिम्बू,सबु काली,दिल कुमार लाओती आदि।त्यस दिन खासै नबुझी जय लिम्बुवानको नारा,एकात्मक राज्यसत्ता मुर्दाबाद!पुलिस प्रशासनको गुन्डागर्दी बन्द गर जस्ता आक्रमक नाराहरु लगाइयो।फल स्वरुप पहिलो दिन सशस्त्र प्रहरीको पहिलो लाठी ढाडमा बजारियो।
आन्दोलन आक्रमक भयो झडप भयो केही समय पछि फेरि साम्य पनि भयो।(दिनको १२ बजे झडप भएको मलाइ याद छ।) पहिलो दिन नोकझोकको साथ आन्दोलन सफल भयो।दोश्रो दिन हुँदै त्यसरी नै कयौं झडप हुँदै आन्दोलनहरु गरिए।पहिचानको आन्दोलनमा धेरै लाठी खाइएछ।अहिले सम्झिदा।कयौं रातहरु पुलिस ठानामा बिते।कयौं दिनहरु अस्पतालमा बिते।त्यस्तै थियो आन्दोलनका दिनहरु बिस्तारै नेतृत्वलाइ खोइ कहाँ के कमि महसुस भयो बृहत् एकताको कुरा उठ्यो।हामी पनि निक्कै नै खुसी भयौ।भेडेटार एकता भयो।बिर्तामोडमा बृहत आमसभा भए।संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघिय लिम्बुवान राज्य परिषदबाट पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल भयो।आन्दोलनहरु चरणबद्द रुपमा घोषण भए पार्टी कार्यलय दमक-८ वडा सेतुमारी रोडमा राखियो।
 हामीले पढेको थियौ एकतामा बल हुन्छ तर हाम्रो एकतामा त्यस्तो भएन,नेताहरुमा निरासापन,कार्यकर्ताहरु बिलय हुन थाले।पार्टीले आन्दोलनको रणनीतिहरु परिवर्तन गर्यो। पार्टीको नाम लिदा डराउनेहरु खुलेर पार्टीको बिरोधमा उत्रिन लागे तर पनि हामी पनि हार मान्ने वाला थिएनौं।डटेरै सामाना गरिरहेका थियौ। फलस्वरूप दमकको -८ वडामा केही युवा संघका साथीहरुसंग झडप भयो त्यसक्रममा केही युवा संघका साथीहरुले पार्टी कार्यलयमै आक्रमण गरे।हामी लाठी र मुङ्ग्री संग थियौ उनिहरु प्रशासन र घरेलु हतियार सहित थिए। त्यो दिन हामी चरै तिर बाट घेरामा परेको थियौ फेरि पनि हार मन्ने कुरा थिएन।
प्रहरी र युवा संघका साथीहरु सहित हामी पनि घाइते भयौ।त्यस पछि पार्टीमा अलिक धेरै तितकता पन आयो।पार्टी पनि फुटको संघारमा पुगेको थियो।यो बेला सम्म आइपुग्दा पनि पहिचानको,संघीयताको आन्दोलन पुर्वले बचाइरहेको थियो बाकी त नामको मात्र पहिचानबादी पार्टी भएर बसेको जस्तो देखिन्थ्यो। त्यसपछि कति सालमा हो मलाइ लाग्छ ७०/७१ तिर होला फेरि संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च गठन गर्ने अब हामी फेरि पहिलेको जगमा उभिने भनेर महाधिवेशनको भब्री तयारी गर्यौ।दमकको चोकमा खुल्ला सत्र दमकको दाहाल प्रतिष्ठानमा बन्द सत्र गर्यौ। धुमधामले सम्पन्न भयो।बिधान,घोषणा पत्र पारित गर्यौ।अध्यक्षमा लिङ्गदेनलाइ नै फेरि अध्यक्ष बनायौं।त्यसरी नै फेरि पहिचानको आन्दोलनको नया कोर्स सुरु गर्यौं तर बिडम्बना त्यति बेला जातीय संस्थाहरुबाट सहयोग जुटेको थिएन।
आन्दोलनको कार्यक्रमहरु चलिरहे घाइते हुन पक्राउ पर्ने सिलसिला चलिरहयो। त्यसबेला पनि पार्टी छोड्ने र प्रबेश गर्नेहरुको लहर चलिरहयो।पार्टीमा उग्र असन्तुष्ट पनि बढिरहेको थियो।म लेखक आफै पनि पार्टीबाट असन्तुष्ट भै ७२/७३ तिर जनमुक्ति पार्टीमा जोडिए।त्यसपछी त आन्दोलन भन्दा पनि पार्टी राजनीतिमा सकृय भइयो।आन्दोलन पनि खासै हुन छोडिसकेको थियो।त्यसरी नै संबिधानले ७ प्रदेशको र स्थानीय सरकारको खाका तयार गरि निर्वाचन गराउने भयो।हामी असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्यौं।त्यस बेलाको सलोरम,संघीय समाजबादी पार्टी नेपाल जातिय संस्थाहरु मिलेर दमकको गणतन्त्र चोकमा संविधान नै जलायौ।एक तिर संबिधान जलाउने अर्को तिर संविधानको स्वागत गर्ने दुई पक्ष बिच झडपको स्थिति सृजना भयो। त्यो प्रशासन पनि आन्दोलनकारीहरुको विपक्षमा लागेर कोठा कोठा बाट महिलाहरुलाइ पुरुष प्रहरीहरुले झिक्दै घिसर्दै सम्म कुट्न भ्याए त्यसैको रिसमा दर्जन बढी प्रहरीको टाउको फोडिदिए आन्दोलनकारीहरुले पनि खेदाइ खेदाइ भेटेसम्म गोरु कुटाइ कुटे पुलिसहरुलाइ पनि।
लाग्थ्यो त्यो दिन साचो कालो नै थियो आकाशहरु टायरको धुलोले कालै थिए हावै फायरिङ देखि अश्रुग्यासले आँखा पोलेका थिए।आँखा मिच्दै भेटेको प्रहरीलाइ रामधुलाइ हानिरहेको थिए भने प्रहरीले पनि भेटेको आन्दोलनकारीहरुलाइ रामधुलाइ हानिरहेको थियो। त्यो हामीले गरेको जनआन्दोलन पछिको आन्दोलनहरु मध्यकै दर्दनाक आन्दोलन थियो भन्न पनि रुचाउछु त्यति धेरै घाइते,त्यति धेरै प्रहरीहरु कुटिएको त्यति धेरै मान्छेहरु एक साथ सडकमा।तर पुर्वमा मात्र थियो त्यस्तो अरु ठाउका पहिचान बादी भन्न रुचाउनेहरु दुलो भित्र लुकेर समाजिक संजलमा रोइकराइ गरिरहेको थियो। अहिले सम्झिन्छु सायद त्यो दिनको आन्दोलनमा पुर्व देखि पश्चिमसम्मको पहिचानबादीहरुले साथ समर्थन गरेको भए त्यो संबिधान पुर्न लेखन हुन्थ्यो होला।तर अरुहरुले रुचि देखाएनन। त्यसपछी मेरो मनमा धेरै नै निरासा उत्पन्न भयो।मैले आन्दोलनमा सहभागी नि हुन छोडिदिए पार्टीको काममा पार्टी राजनितीमा लागि परिरहेको थिए।
पहिचानको आन्दोलनमा बिर्सिन नहुने केही पात्रहरु:-
कुमार लिङ्गदेन,सन्जुहाङ पालुङवा,वीर नेम्बाङ,भवानी बराल,गोरे बहादुर खपाङ्गी,सहिद राज कुमार आङ्देम्बे र मनिल तामाङ,उत्तम रिजाल।
बर्तमन स्थिति पहिचानको आन्दोलनको:-
अहिले बर्तमनमा आएर पहिचानबादी पार्टी,शक्ति को हो भनेर छुट्टाउनु नै गाह्रो छ।जस्तै बर्मझियाको पेडा पसल कुन चाहिँ असली बाजेको पेडा पसल हो छुट्टाउनु गाह्रो पर्छ।त्यस्तै छ बजारम धेरै थरीका पहिचानबादी राजनैतिक दल छन जसपा, लोसपा, जनमुक्ति,मन्च, नाउपा तर यिनमा को चाहिँ अस्लि पहिचानबादी शक्ति हुन त?तपाइको बिचारमा के लाग्छ त्यो तल कमेन्टमा लेख्नु होला।मेरो बिचारमा यी सबै भागबन्डा खोजिरहेका छन आफ्नो स्वर्थमा लिप्त रहेका पार्टी छन।पहिचानको आन्दोलन अब बिसर्जनको बाटोमा छ।यी राजनैतिक दल एक भएर आए भने पहिचानबादी शक्ति मान्न सकिन्छ नभए यिनिहरुलाइ १/२/३ कुनै हालतमा पहिचानबादी शक्ति मान्न सकिन्न।
अब अहिले प्रदेश न. १ मा भइरहेको कोशी बिरुद्धको आन्दोलन भनेको जातिय संस्थाको आडमा गरिएको आन्दोलन यो आन्दोलन निचोडमा पुग्दैन किन भने नि मिलन बिन्दु वा आधार नै तयार छैन।जातीय संस्था पछाडि हटिदिने हो भने आन्दोलन अहिले जुन मुडमा चलेको छ त्यो मुडमा चल्दैन यो तुहिन्छ।किनकि लिङ्गदेनले पालुङवाको नेतृत्व मान्दैन,पालुङवाले लिङ्गदेनको नेतृत्व मान्दैन।अब अर्को कुरा जब सम्म आन्दोलन राजनीति करण हुदैन जति नै भयंकर भए पनि आन्दोलन निर्णयक हुदैन। भोलि गएर जिल्ला प्रशासनले जातिय संस्थाको दर्ता खारेज गरिदिन पनि सक्छ त्यसो भयो भने यो जातीय संस्थाहरुको औचित्य समाप्त हुन्छ।जसको असर आन्दोलनमा पर्छ। दर्ता नबभएको संस्थाले आन्दोलन वा कार्यक्रम गर्दा प्रशासनले प्रत्यक्ष हस्तक्षेप गर्न मिल्छ।त्यसैले जनमुक्ति,मन्च,नाउपा,जसपा,लोसपा साच्चै नै आन्दोलन गर्ने पहिचान स्थापित गर्ने हो भने एकता हुनुपर्छ।त्यो मोर्चाबन्दी र गठबन्धन गरेर पनि हुदैन।
 अब पहिचानको आन्दोलनको मोड वा रणनीति पहिचानको आन्दोलन अब निर्णयक बनाउने हो राजनैतिक दललाइ नेतृत्व दिनुपर्छ/लिनुपर्छ। त्यसको लागि पहिचानबादी हु भन्ने पार्टीहरु मात्र एकता हुनुपर्छ कसैले कुनै कुरामा घमण्ड गर्नु भएन/हुदैन।आन्दोलन अब उग्र हुनुपर्छ नेताहरुको घर घरमा हैन नेताहरुलाइ प्रदेश सभा भवन छिर्न नदिने,गाउँ गाउँ छिर्नै नदिने।अलिक उग्र हुन पर्छ अब।मुख्य मन्त्री, मन्त्रीहरुको गाडी खुल्ले आम टोडफोड हुनुपर्छ।
आन्दोलनको समाचार नबाउने पत्रपत्रिकाहरु सर्बजनिक रुपमै जलाउनुपर्छ।तर जनतालाइ केही दुख हुनु हुदैन यति हुदा पनि।प्रहरीलाइ,कर्मचारीहरुलाइ केही हुनुहुदैन।बास प्रदेश सभाका र प्रतिनिधि सभाका,राष्ट्रिय सभाका माननीयहरु मात्र टार्गेटमा राखेर काम गर्ने ।प्रदेश न.१ मा छुट्टै किसिमले आन्दोलनको चित्रण गर्ने यसको पूरा जिम्मा पहिचानबादी पार्टीले लिने तर पार्टी एउटै हुनुपर्छ।जातीय संस्थाको काधमा बन्दुक राखेर पड्काउने काम गर्नु हुदैन। एकता गर्न सकिँदैन भने आन्दोलन नगर्ने,आन्दोलनको मैदान छोड्नुपर्छ।बेकारमा कार्यकर्ता मार्ने,भिडाउने काम बन्द गर्नुपर्छ।नेता हुनलाइ जातीय संस्थाहरुको अध्यक्षले आन्दोलनको अग्र मोर्चामा छु भन्ने देखाउनु छोड्नुपर्छ।कि त माओवादी,एमाले,काङ्ग्रेसको पार्टी सदस्यता त्याग्नुपर्छ।यी पार्टीको सदस्यता भिरेरर कस्तो प्रकारको आन्दोलन गरिरहेको हो,जातिय संस्थाले? यता पनि ठिक्क उता पनि ठिक्क हुनुहुदैन।
अहिलेसम्म एमालेको नेताहरुला मात्र टार्गेटमा राखेर आन्दोलन गरियो अब माओवादी,काङ्ग्रेस, जसपा,नाउपा, लोसपा को सांसदहरुलाइ पनि टार्गेटमा राखेर आन्दोलन गरिनुपर्छ यी सब हाम्रो नजरमा एक सम्मान हुनुपर्छ। सांसद भवनमा चाहिँ कोशी भन्ने बाहिर निस्किएर म पहिचानको पक्षमा छु भन्ने दुई जिब्रेहरुलाइ पनि ठोक्नुपर्छ अनि मात्र प्रदेश न.१ मा भइरहेको पहिचानबादीहरुको आन्दोलले सार्थकता पाउछ।  पहिचानको आन्दोलन सफल होस शुभकामना!!

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved