Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बर्तमान नेपाली झण्डाको वास्तविक मर्म र इतिहास :

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2023
दिपेश श्रेष्ठ।  हाल प्रचलित नेपालको राष्ट्रिय झण्डालाइ लिएर धेरै तर्कबितर्क गर्ने काम भएको देखिन्छ।कतिले नेपालको झण्डाको इतिहास ६००० बर्ष पुरानो भन्दै झुटो गफ दिदैछन भने कतिले हाल प्रचलित नेपाली झण्डा बिस्वको पुरानो झण्डा भन्दै झुटो गफ पनि दिन भ्याइसकेको देखिन्छ।कतिले हाल नेपालको प्रचलित झण्डा हिन्दु आर्य जातीहरुको मात्र झण्डा हो र सबै नेपाली जनता भाषा र धर्मको प्रतिनिधित्व गरेर निर्माण भएको झण्डा होइन भन्दै बिरोध हुने काम पनि भएकैछ।कतिले लिच्छविकाल र मल्लकालको समयमा मन्दिर मन्दिरमा राखिएको ध्वजाको आधारलाई हेरेर बर्तमान प्रचलित झण्डा निकै पुरानो हुन सक्छ भन्न भ्याएको देखिन्छ।हाल प्रचलित नेपालको झण्डा बारे जसले जे भने पनि हाल प्रचलित नेपालको राष्ट्रिय झण्डा तत्कालीन हिन्दु साह राजाहरुको बिचारबाट निर्मित झण्डा हो भन्नेमा कुनै दुई मत छैन र नेपालको हाल प्रचलित झण्डा ६००० बर्ष पुरानो झण्डा नभएर आज २०७७ साल सम्म आइपुग्दा भर्खर १५०० बर्ष वरिपरिको अवस्थामा रहेको पाइन्छ।
लिच्छविकाल र मल्लकालमा मन्दिर मन्दिरमा र गुम्बामा राखिएको ध्वजालाइ आधार मानेर हाल प्रचलित झण्डा धेरै पुरानो हो भन्नुको कुनै अर्थ रहदैन।किन भने मन्दिर र गुम्बामा राखिएको ध्वजा भनेको पुजा पाठ र आस्थासग जोडिएको बिषय भयो भने राष्ट्रिय झण्डाले राष्ट्रसग सम्बन्ध राख्छ।हाल प्रचलित झण्डाले मल्ल शासन र लिच्छवि सासनसग सम्बन्ध नराखेर साह वंशिय शासन र हिन्दु सभ्यताको पहिचानसग सम्बन्ध राखेको झण्डा हो भन्ने कुरालाइ पनि प्रष्ट पार्न चहान्छु।झण्डाको बारेमा राम्रो अध्ययन नगरीकना जसले जे भने त पनि हरेक चिजको सुरुको इतिहास र सुरु हुनुको उदेश्य अनि दर्शन भए जस्तै नेपालको हाल प्रचलित झण्डाको बारेमा पक्कै पनि त्यसको इतिहास र उदेश्य छ नै।अब विश्व झण्डाको इतिहास देखि बर्तमान नेपाली झण्डाको बारेमा चर्चा गर्ने अनुमती चहान्छु।( क ) विश्व झण्डाको इतिहास : हाल प्रचलित झण्डाहरु तिर मात्र ध्यान दिएर आपनो मन गडन्ते बिचार र भावनात्मक बिचार पोख्नु भन्दा अगाडी झण्डाको बारेमा सुरुको विश्व इतिहास केलाउनु अति नै महत्त्वपूर्ण कुरा हो।हरेक देसमा आपनो आपनो झण्डाको बारेमा आपनो आपनो इतिहास र मूल्य मान्यता भए त पनि सर्बप्रथम झण्डाको अवधारणा र झण्डाको सुरुवात त सैनिकहरुबाट सुरु भएको मानिन्छ।सेनाहरु युध्द मैदानमा छरिएर जादै गर्दै छरिएर गएका सेनाहरु एक ठाउमा फेरि भेला हुनका लागी सेनाहरुले रङ्गिन कपडा फहराउने गरिथ्यो।युध्दको सिलसिला छरिएका सेनाहरु त्यही फहराएको रङ्गिन कपडालाइ देखेर फेरि सबै जना एक ठाउमा भेला हुन पुग्थे।पछिल्लो समय यहि सेनाहरुले फहराएको रङ्गिन झण्डाको अवधारणाबाट नै सबै देसले आपनो आपनो झण्डाको रचना गर्न थाले।

यसरी हरेक देसले आपनो आपनो झण्डा रचना गर्ने कार्यलाइ अगाडी बढाउने कार्य गरेसगै इसापुर्ब ११२६ मा चिनका तत्कालीन झाओ राजदरबारिया सासकहरुले सेतो झण्डा बनाएर फहराएका थिए भनिए त पनि यथार्थ इतिहास पत्ता नलागेको कारण सन १२१९ मा प्रयोगमा ल्याइएका र प्रचलनमा ल्याइएका डेनमार्कको झण्डालाइ नै बिस्वको पुरानो झण्डा मानिन्छ।त्यस पछि सन १३३९ मा स्वीटजरल्याण्डले आपनो राष्ट्रिय झण्डा प्रचलनमा ल्याएको हो।यसरी देस देसमा आपनो राष्ट्रिय झण्डाको सुरुवात भएसगै सन १५०० देखि सन १९०० को बिचमा हरेक देसमा नै आपनो आपनो राष्ट्रिय झण्डा निर्माण गर्ने कार्यले तिब्रता पायो।

( ख ) हाल प्रचलित नेपाली झण्डा भन्दा पुरानो नेपाली झण्डाको मर्म र इतिहास।
हाल नेपालमा प्रचलित झण्डालाइ लिएर निकै तर्कबितर्क र एकले अर्काको तर्कलाइ,बिचारलाइ र मागलाइ ग्रहण गर्न नसकेको अनि स्वीकार गर्न नसकेको अवस्था हुनु पनि स्वभाबिक नै छ।हाल नेपालको प्रचलित झण्डाको निर्माण ६००० बर्ष अगाडी भएको हो भनेर कतिले मनगडन्ते र अध्ययन बिनाको गफ दिए त पनि हाल प्रचलित झण्डाको सुरु भएको धेरै बर्ष भएको छैन।किरातकाल देखि लिच्छविकाल सम्मको इतिहास हेर्छौ भने नेपालको राष्ट्रिय झण्डा नै नभएको कुरा थाहा पाउछौ।किरातकाल देखि लिच्छविकाल हुदै मल्लकालको मध्यकालीन समय सम्म त नेपालको आपनो राष्ट्रिय झण्डा लागू नभएको,तर मन्दिर र धर्मशाला तिर भने कपडा फहराउने गरेको इतिहास पाइन्छ।मल्ल सासनको मध्यकालीन समय देखि गोर्खा लमजुङमा हिन्दु साह राजाहरुले शासन गर्न थाले देखि यता १५ औ सताब्दी पछि मात्र बर्तमान प्रचलित झण्डाको परिकल्पना गरिएको थियो।बर्तमान प्रचलित झण्डाको पुरानो र पहिलो निर्माता भनेको तत्कालीन समयमा लमजुङ निबासी कुसुमाखर घिमिरे हुन।

तत्कालीन समयमा लमजुङका राजा यशोब्रम्ह साह र गोर्खाका राजा द्रब्य साहको शासन क्षेत्रलाइ स्मरण गर्दै त्रिकोण आकारमा दुई कोठा गरि माथिल्लो कोठामा सुर्य र तल्लो कोठामा चन्द्रमाको चित्र बनाएर बर्तमान प्रचलित झण्डाको सुरुवात गरिएको थियो।कारण बर्तमान प्रचलित त्रिकोण आकारको झण्डामा दुई वटा कोठा हुनुले पनि तत्कालीन समयका हिन्दु साह वंशिय राजाले शासन गर्ने दुई वटा ठाउको पहिचान र हिन्दु सभ्यताको पहिचान झल्कने गरि तत्कालीन समयमा चन्द्र सुर्यको तस्वीर भएको झण्डाको निर्माण भएको पक्का हो भन्ने बुझिन्छ।

पछिल्लो समय तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण साहले गोर्खा हिन्दु साह राज्य बिस्तार गरेसगै सुर्य चन्द्र तस्बिर अंकित त्रिकोण आकारका झण्डालाई चर्चामा ल्याएका हुन।यसरी चन्द्र सुर्य तस्बिर अंकित त्रिकोण आकारका झण्डालाइ पृथ्वीनारायण साह देखि राजेन्द्र साह सम्म हिन्दु साह राजा र हिन्दु सभ्यताको पहिचान झल्काउने झण्डाको रुपमा बुझिएको थियो।अनि जङ्ग बहादुर राणाको शासन सुरु भए देखि अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाको पाला सम्म चन्द्र सुर्य तस्वीर अंकित त्रिकोण अकारको झण्डालाइ साह वंशिय राजा रा राणाहरुको पहिचान सहित हिन्दु सभ्यताको पहिचान दिने नेपाली झण्डाको रुपमा बुझिएको थियो।राणा सासनको पतनसगै हाल प्रचलित चन्द्र सुर्य तस्वीर अंकित त्रिकोण आकारको झण्डालाइ हिन्दु साह राजाहरुको पहिचान र हिन्दु सभ्यताको पहिचान दिने झण्डाको रुपमा बुझ्न थालियो।हाल प्रचलित चन्द्र सुर्य तस्बिर अंकित त्रिकोण आकारको झण्डालाई परिमार्जन भए देखि यता चन्द्र सुर्य जहिले सम्म रहन्छन त्यति बेला सम्म नेपाल रहन्छ भन्ने बिचारबाट बुझ्न थालियो।

( ग ) परिमार्जित बर्तमान नेपाली राष्ट्रिय झण्डाको चर्चा र मर्म :
हाल प्रचलित झण्डाको इतिहास बिक्रम सम्बत २०१८ साल सम्मको नेपाली झण्डाको रुपलाइ हेर्ने हो भने यहाहरुले तस्बिरमा देख्नु भए जस्तै नै एक रुपता थिएन।बिक्रम सम्बत १८३१ सालको नेपाली झण्डाको आकार पहेलो रंगको झण्डा यहाहरुले तस्वीरमा देख्नु हुन्छ।यो पहेलो रङ्गमा देखिएको झण्डा चाही पृथ्वीनारायण साहले गोर्खा हिन्दु राज्य बिस्तार गरे देखि यताको झण्डा हो।अर्को झण्डा यहाहरुले देख्नु हुन्छ कि झण्डा भित्र मानिसको टाउको र मानिसको आखाको चित्र राख्दै चन्द्र सुर्यको चिन्ह भएको झण्डा।यो प्रकारको झण्डा चाही जुध्द शमशेर राणाले शासनरत हुदा बिक्रम सम्बत १९९६ साल सम्मको झण्डा हो।अर्को तेस्रो झण्डा यहाहरुले तस्बिरमा देख्नु हुन्छ कि दोस्रो झण्डा भन्दा अलि फरक हेर्दा उस्तै लाग्ने झण्डा देख्न सक्नु हुन्छ।यो तेस्रो झण्डा चाही नेपालमा प्रजातन्त्र लागू भए देखि बिक्रम सम्बत २०१५ साल सम्मको झण्डा हो।जुन तेस्रो प्रकारको झण्डा चाही राजा त्रिभुवन देखि राजा महेन्द्रले शासन सुरु गरे सम्मको झण्डा हो।अर्को चौथो प्रकारको झण्डा चाही पहिलो,दोस्रो,तेस्रो झण्डा भन्दा फरक झण्डा देख्न सक्नु हुन्छ।यो चौथो प्रकारको झण्डा चाही बिक्रम सम्बत २०१९ साल पछि काठमाडौमा जन्मनु भएका संकरनाथ रिमाल द्वारा परिमार्जित बर्तमान प्रचलित झण्डा हो।

बिक्रम सम्बत २०१९ सालमा संकरनाथ रिमाल द्वारा परिमार्जित बर्तमान प्रचलित झण्डा निर्माण हुनु भन्दा अगाडी यहाहरुले तस्बिरमा देख्नु भए जस्तै गरि नेपाली झण्डामा आफू खुसी थियो,एक रुपता थिएन।नेपालले संयुक्त राज्यको सदस्य लिए पछि पनि राजा जादा अर्कै झण्डा सचिब जादा अर्कै झण्डा देखे पछि नेपालको खास आधिकारिक झण्डा चाही कुन होरु भन्दै अरु देसले प्रस्न गरे पछि बिक्रम सम्बत २०१९ सालमा राजा महेन्द्रको आदेसमा संकरनाथ रिमाल द्वारा बर्तमान प्रचलित नेपाली झण्डालाइ आफू खुसी निर्माण हुन नदिने गरि परिमार्जन गरिएको हो।बर्तमान नेपाली झण्डामा तीन प्रकारका रङ्गको प्रयोग भएको देखिन्छ।

१, रातो रङ्ग :  रातो रङ्गले शाह राणाहरुको बीरताको प्रतिकलाइ दर्साउछ।
२, निलो रङ्ग :  निलो रङ्गले शान्ती र मित्रतालाइ जनाउछ।
३, सेतो रङ्ग : सेतो  रङ्गले स्वच्छ र सभ्यतालाइ जनाउछ।

नेपालमा प्रचलित नेपाली झण्डाले नेपालको सबै भाषा,धर्म र संस्कृतिको पहिचानलाइ नझल्काएर हिन्दु धर्म र हिन्दु सासक शाह वंशिय राजा र शाह वंशिय राजाहरुको बहादुरीपनको पहिचान दिने झण्डा मात्र भएको कारणले गर्दा अब देखि उसो नेपालका सबै भाषा,धर्म र संस्कृतिको पहिचान झल्कने गरि नेपालको झण्डालाइ परिमार्जन गरौ भन्नू स्वभाबिक भए त पनि म आफै भने नेपालको झण्डा फेर्नु पर्छ वा परिमार्जन गर्नु पर्छ भन्ने पक्षमा छुइन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved