डिकेनद्र बस्नेत, झापा। ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिसद्वारा विद्यार्थीलाई निशुल्क परामर्ष तथा अभिभावकको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ।
वैदेशिक अध्ययनमा फरक पहिचान बनाउन सफल साथै
गुणस्तरीय शिक्षाका कारण ग्रेस इन्टरनेशनल एजुकेशन अहिले कयौंको रोजाईको संस्था बन्दै आएको छ।

पूर्वको विर्तामोडमा आईतबारबाट सुरु गरिएको यो कार्यक्रमलाई ग्रेसले एजुकेशन फेयरको नाम दिएको छ ।
यसको दोस्रो दिन सोमबार दमक शाखामा मात्रै २ सय बढि विद्यार्थीहरुलाई परामर्ष गरिएको ग्रेसका दमक शाखा प्रमुख दिनेशजंग खड्काले जानकारी दिनु भयो ।
विद्यार्थीलाई विदेशमा पढ्ने कलेज तथा यूनिभर्सिटीको बारेमा जानकारी दिइयो भने अभिभावकलाई आफ्नो तर्फबाट गुर्नपर्ने डकुमेण्ट र कहाँ, कहाँ केकेमा कति कति खर्च लाग्छ भन्नेबारेमा यथार्त जानकारी गराउने काम गरिएको ग्रेस एजुकेसनका फाउन्डर एन्ड्रु पौडेलले बताउनु भयो ।
सो फेयरमा विद्यार्थीहरुलाई विभिन्न देशमा रहेका २५ वटा कलेज तथा यूनिभर्सिटिको बारेमा जानकारी गराइनुका साथै कति प्रतिशत ल्याउँदा कुन कलेजमा कति प्रतिशत सम्म छात्रबृत्ति पाउन सकिन्छ भन्ने जानकारी दिइएको पौडेलले प्रष्टाउनु भयो ।
यो कार्यक्रम मंगलबार बिराटनगरमा साथै अन्य विभिन्न शहर हुदै असोज ३ गते काठमाडौँमा पुगेर टुङ्गीने जनाइएको छ ।










