काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान र भारतबीचको खेलमा भारतले शानदार जित निकालेको छ । भारतले पाकिस्तानविरुद्ध २२८ रनको शानदार जित हासिल गरेको हो । पाकिस्तान आजको खेलमा १२८ रनमा समेटिएको छ ।
विराट कोहली र लोकेश राहुलको सानदार शतकमा भारत एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको थियो ।

श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो ।
आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो ।










