Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माहामानवको जन्मजयन्तीमा ब्याक्त श्रद्धा-सुमनको सार्थकता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 11, 2023

 ( शन्दर्भ : बि.पि. जयन्ती  )

“कसैको शिरमा कालोटोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन,यथार्थ मा संस्कृति भनेको मानवताको ब्यावहार हो।”  जननायक वि.पि.कोईराला

नेपाली कांग्रेस पार्टीले भदौ २४, २५ र २६ वि.पि.जयन्तीको अवसर पारेर साहित्य महोत्सवको आयोजना विधिवत कार्यक्रम हिजो भदौ २४ गते बाट शुरुगरेको छ। काङ्ग्रेसले केहिदिन अघि नै सुचनासंचार तथा प्रचार विभाग मार्फत व्यापक प्रचार प्रसार तथा पत्रकार सम्मेलन गरि समेत कार्यक्रमको बारेमा जानकारी गराएको थियो।

सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति निमार्ण भएको र सोही तयारी समितिको निर्दैशनमा,समितिले जारी गरेको कार्य तालिका अनुशारनै निर्धारित समयावधि सम्ममा तीन दिनको सम्पुर्ण कार्यक्रमहरु सम्पन्न पर्ने तयारी पूरा गरिएको हो।सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा निर्माण समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, तिर्थ बहादुर थापा, राजेन्द्र पराजुली, पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह महर,राजीव ढुंगाना, दिलमान पाख्रिन,प्रकाश रसाइली,रंगमती शाही,हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ,सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, गोकुल लिम्बु, परशुराम पोखरेल र प्रताप पौडेल सदस्य रहेकाछन्।

भाद्र २४ गते हरेक बर्ष जननायक वि.पि.कोईरालाको जन्मजयन्ती धुमधाम मनाउदै आईरहेपनि यस पटक भने अलिक भिन्न प्रकार र आकार बाट मनाउन लागिरहेको छ। काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवशरमा काङ्ग्रेसले आयोजना गरेको यस भब्य कार्यक्रमको संयोजन लोकतान्त्रिक लेखकहरुको छाता संस्था नेपाली लेखक संघ केन्द्र र काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक महासंघ केन्द्र ले गर्ने भएकाछन्।
केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म हुने कार्यक्रममा जननायक वि.पि.कोइरालाको साहित्यक छवि र उनि द्वारा रचित साहित्यिक ग्रन्थहरुको बारेमा विश्लेषणात्मक चिरफार र शल्यक्रिया हुने एंव उनका साहित्यका विविध आयाम र पक्षहरूमा समेत चर्चा परिचर्चा हुने बताईएको छ।

मनोविश्लेषणात्मक साहित्य र ब्याक्ती सत्ता, साहित्यमा पर्यावरण, समय सवालर्टन,नेपालको मातृभाषा साहित्य, वि.पि.का आख्यानमा नारी, वि.पि.का आख्यानमा मधेश, वि.पि.का दृष्टिमा संयम वि.पि. र वि.पि.ले नपाएका पन्ध्र बर्ष, अन्तरास्ट्रिय राजनीति र कुटनितीमा वि.पि.को समावेशीता, सामाजिक रुपान्तरण र वि.पि., युवा स्रष्टामा वि.पि.पठन, परिवारले बुझेका वि.पि. आदिका बारेमा तिन दिन सम्म घनिभुत चर्चा परिचर्चा हुने भनिएको छ।

यसका अलवा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रर्दशनी, वृत्तचित्र प्रर्दशनी, ऐतिहासिक फोटो प्रर्दशनी आदि समेत कार्यक्रममा समावेश गरिएको कुरा सुचना संचार तथा प्रचार विभागको विज्ञप्ति मार्फत जानकारी प्राप्त भएको छ।
यसरी महामानव वि.पि.कोईरालाको बारेमा सूक्ष्म परिचर्चा हुनुले लोकतान्त्रिक अभ्यासमा जुटिरहेका वर्तमान राजनैनिक दल,युवापिढि र सचेत नेपाली जनताहरुमा अग्रगामी चेतना संञ्चार हुनुको साथसाथै नविन आशाको उदय हुन सक्ने कुरालाई नकार्न सकिन्न।
वि.पि.का दिब्य विचारहरुलाई वर्तमान पार्टीका नेतृत्वहरूले आत्मसात र अनुशरण गर्न नसक्नुले पनि वर्तमान राजनीतिले गतिलिन सकिरहेको छैन,मुलुक सम्वृद्धीको बाटोमा लम्किन सकिरहेको छैन भन्ने प्रसस्त ठाँउहरु भेटिन्छन्।

आफ्नो जिवनकाल भरि निमुखा गरिव जनताहरुको पक्षमा निरन्तर वकालत गर्ने आफु सदैव विलासिता भन्दा टाढा सादगी जीवन बाँचेर देश र जनताको पक्षमा न्याय स्थापित गर्ने अत्याचारको विरुद्ध जेलनेल सहन तयार हुने वि.पि.को विचार र समाजवाद आज झन झन सार्थक र समयपयोगी बन्दै गईरहेको छ। यस्ता होनहार बहुआयामिक ब्याक्तित्वको विचारलाई सुलीमा चढाएर वर्तमान काङ्ग्रेस नेतृत्वले गरेको तुच्छ राजनिती गतिविधि र विलासी जीवन शैली, अंहकार र दम्भ देख्दा आफुलाई काङ्ग्रेसको कार्यकर्ता र पार्टीको सिपाही हुँ भन्न सम्म लाज लाग्छ भन्छन् कार्यकर्ताहरु।

काङ्ग्रेस मा जब जब विचारको खडेरी पर्दै गईरहेको महशुष हुन्छ त्यो बेलामा वि.पि.का अमुल्य विचार,भनाई, दर्शन एंव आर्दशले समस्त काङ्ग्रेसीजनमा एक प्रकारको अनौठ उर्जा दिएको अनुभवहरु समेत सुनाउछन कार्यकर्ता तथा केहि पुराना नेताहरु।
आफुलाई वि.पि.कोईरालाको कार्यकर्ता भन्न अैाधी रुचाउने र गर्व गर्ने हरु काङ्ग्रेस कार्यकर्ता हौ भन्न आज कीन धकाउनु पर्ने अवस्था सिर्जना हुँदै गईरहेको छ ?काङ्ग्रेस हुनुमा लजाउनु पर्ने कारण त्यस्तो के छ ? के काङ्ग्रेसका धमिराहरुले कार्यकर्ताहरुलाई यस्को जवाफ दिनुपर्दैन र?कस्को कारणले आज काङ्ग्रेस कमजोर बन्दै गईरहेको छ?

कीन कुनै बेला छात्ति चौडा बनाएर धकफुलाएर म काङ्ग्रेसको कार्यकर्ता हुँ भन्न रुचाउनेहरु आज निरुत्साहित बन्दै गईरहेकाछन्?वर्तमान काङ्ग्रेस भित्र यस्ता अनेकन प्रश्नहरूफे उत्तर मागिरहेकाछन्। जनता द्रारा अत्याधिक रुचाईएका अत्यन्तै प्रिय हाम्रा नेताको तस्विरमा जन्म जयन्ती र स्मृति दिवशको अवशर पारेर दुईचार थुङ्गा फुल,अविर र केहि थान माला चढाउँदैमा उहाँ प्रती साँचो सम्मान र श्रद्धा प्रकट हुन सक्दैन। आज पनि वि.पि.को उच्चतम् विचारलाई मागीखाने भाँडो बनाउनेहरुको कमि छैन पार्टीमा,
आजपनि वि.पि.को आर्दशलाई लत्याएर आफ्नो आर्दश चुल्याउने अनि वि.पि.को गहकिलो फराकिलो विचार,सिद्धान्त र दर्शन फलाकेर आफ्नो रोटि सेक्नेहरुकै रजगज चलिरहेकै छ पार्टीमा।

काङ्ग्रेसले ईतिहासको धेरै अप्ठ्यारो स्थितिहरुमा यदि वि.पि.लाई स्मरण नगरेको भए,र उनका ससक्त विचार, दर्शन ,आर्दश र सिद्धान्तहरुलाई अंगिकार नगरेको भए काङ्ग्रेस ईतिहासको एउटा अध्याँरो युगमा सायद विलय भईसकेको हुनेथियो भनी समाजवादी विश्लेषक हरु बताउछन्। वि.पि.लाई संम्झदा सम्म मात्र पनि हामीहरुमा यत्रो उभार आउन सक्छ,हामीमा यत्रो उर्जा थपिन सक्छ भने अब संम्झौ हामीहरु उहाँको विचार र सिद्धान्तको जग मा उभिएर ब्यावहारमा ती कुराहरुलाई साच्चिकै उतार्न सक्दा हामी काहाँ पुग्थ्यौ होला?हाम्रो राष्ट्रको उन्नति र प्रगति कस्तो उचाईमा हुन्थ्यो होला?

हामीले धेरै पट्क उहाँका विचार, दिब्य उदगारहरुलाई हाम्रो भनाई संग मात्र जोड्यौ हाम्रो नेताले यसो भन्नू भा छ भन्यौ र भनिरह्यौ संम्भवत भोलि पनि र कालान्तर सम्म पनि हामी त्यसै भनिरहनेछौ। तर कहिले ती उदगारहरुलाई हाम्रो व्याबहार,चरित्र,आचरण र चालचलन संग जोडेर दैनिक जिवन पद्धति र जिवन शैली संग साक्षत्कार गराउन के सक्यौ त ? के आदर्श र निष्ठाहरुलाई ब्यावहारमा उतारेर बाँच्न सक्यौ ? जस्को कारण वि.पि.को विचारले हाम्रो ब्यावहारिक पक्षलाई दैनिक जिवनशैली र जीवन पद्धतिमा सकरात्मक रुपान्तरण गरेको होस।

हामीले बाँचिरहेको वर्तमान हामीले भोगिरहेको यथार्थ कतै काल्पनिक जीवन शैली त बन्दै गईरहेको छैन? समाजवादी चिन्तन आफैमा एउटा बाँच्ने कला।प्रकृया,जीवन शैली वा जीवन पद्धति हो। वि.पि.ले भन्नुभएको प्रजातान्त्रीक समाजवाद सामाजिक न्याय र समानता को सतहि मूल्य र मान्यता बाट प्रेरित भएको पाईन्छ जस्ले उत्पिडनमा परेको ब्याक्ति समूह र सिङ्गो परिवेशलाई न्याय मुलक राज्य सत्ताको सम्प्रभुता संग जोड्दछ।

प्रजातान्त्रीक समाजवादका मूल्य र मान्यताहरु यहि हुन जहाँ समावेशिताले हरेक वर्ग,समुदाय,लिंग,क्षेत्रलाई तथा भौगोलिकतालाई राज्यको न्यायीक स्वरुपमा चित्रण गर्दछ। महिला,पुरुष,विभिन्न जातजाति,दलित,पिछडा,आदिवासीजनजाति
,मधेशी,अल्पसंख्यक र उत्पिडनमा परेकाहरुको सम्मान जनक राज्यमा उपस्थिति ,पहुँच र क्षमतालाई स्थापित गर्दछ।
सबै प्रकारको विभेदको अन्त र समानताको नीति तथा कानुनी राज्यको ब्यावस्थापन आदिको खाका नै वि.पि.ले देख्नुभएको प्रजातान्त्रीक समाजवादी अभ्यास हो जहाँ ब्याक्ति स्वसिद्ध आफ्नो मालिक आफै हो,जहाँ नीति र नेतृत्व जनताको मुट्ठी मा सार्मभौम हुने गर्दछ।

हरेक परिस्थितिको यथार्थ यो हो कि जब विचारले मानव अस्तित्वको बाहिरी अवधारणा मात्र नहेरेर आवरण भन्दा पनि सतहि ब्यावहारको कटुता संग सम्मोहन गराउने प्रयास गर्छ, तब मात्र जीवन जगतको वास्तविकता प्रतिविम्वित हुनेगर्दछ प्रत्येक विश्व मानव जिवनमा। जस्लाई तिमी तिम्रो हृदयको जहिराईबाट गहिराई सम्म छामेरै आरामले नाप्न सक्नेछौ।जहाँ विचार तिम्रो लागी कहिल्यै सफलताको बाधक बन्ने छैन। आज राजनीतिको खोक्रो आवरणमा दम्भ पालेर हामी जस्ता कयैन युवाहरुले पार्टीको लागि भनेर कमाउने,जमाउने सबै सबै जोश,जाँगर र उमेर वलिदानी गरिरहेकाछन् ।पार्टी र नेताको लागी यसरी महत्पुर्ण समय खर्चिदा आफ्नो घर ब्यावहारै रित्याएर बुङ्गो,गरिव,कङ्गाल बाँच्नुपरिरहेको धेरै तितो यथार्थ हरु छन्।

युवाहरुको यस्तो जर्जर जटिल अवस्था र परिस्थितिजन्य गरिविलाई टुलुटुलु नियाल्ने नेतृत्वले आफ्नो ब्याक्तिगत अभिष्ट स्वार्थ र फाईदाको लागि मात्र युवाहरुलाई प्रयोग गर्दा यस्को दुष्परिणाम र नराम्रो मुल्य चुकाउनु पर्ने हुन सक्छ।
अनावश्यक राजनीति गर्न उक्साउने लडाउने,भिडाउने झुठो आश्वासन मा झुलाउने प्रवृतिले वर्तमान राजनिती र नेताहरु प्रती वितृष्णा जगाएको छ।यस्को मतलव यो होईन कि युवाहरुले राजनीति गर्नुहुन्न,तर राजनीति गर्दा सुझबुझ र घरायसी आर्थिक अवस्था समेतलाई मध्यनजर राख्नु उपयुुक्त हुन सक्छ।

तर वि.पि.ले त युवा शक्ति लाई शिक्षा,चेतना,रोजगारी आदि संग जोड्न चाहानु भयो। युवाहरुलाई तालिम दिईनुपर्छ स्वदेशमै स्वरोजगारको लागि पराम्परागत कृषि र अन्य पेशाजन्य कुराहरुमा उत्साहित गर्नुपर्छ भन्नुभयो।
आजका हाम्रा नेताहरु न त युवाहरुको लागि स्वरोजगार बनाउन पहल गर्छन न त उनिहरुलाई ईलम,शिल्प र शिक्षा क्षेत्रमा अघि बढ्न प्रेरित नै गर्छन। मुकदर्शक पार्टीका नेतृत्वहरुले आखिर कहिले वि.पि.को सपनालाई ब्यावहारीक कार्यन्वयनको पाटोमा उतार्लान! त्यसैले म त युवा पिढिलाई राजनीति गरेर बेरोजगार बन्नु,नेताको झोले कार्यकर्ता बनेर उसैको जिन्दगी भरि सेवा गरि हिड्नुभन्दा त बरु केहि ईलमको लागी केही सिपमुलक रोजगारीको अवस्था सिर्जना गर्नको लागी अहिले देखि नै लागिपर्न सुझाउछु।

तिमीले आफ्नो जिवनभरि आफ्नो पार्टीलाई दिएको समय,नेताको लागि खर्च गरेको समय के यस्को क्षतिपूर्ति पार्टीले बेहोर्न सक्छ ? के कुनै नेताले यस्को बदलामा मूल्य चुकाउन सक्छ तिम्रो लागि ? पार्टीले न त तलव दिन्छ न त भत्ता,त्यसैले आफ्नो कामलाई पहिलो प्रथामिकतामा राख्नुनै हाम्रो लागी जिविकोपार्जनको ठूलो उपल्ब्धी हो। पार्टी प्रती बफादार रहनु कुनै भ्रष्टाचार नगर्नु, कुनै अनियमितता मा संग्लन नबन्नु, गरिवदु:खीहरुको सेवामा जुट्नु, देश र जनतालाई धोका नदिनु,राष्ट्र घात कहिल्यै नगर्नु यहि हैन महामानव जस्ता महापुरुषहरुको उपदेश! यी महत्त्वपूर्ण उपदेशहरुको परिपालन गर्न पनी हामीले हातमुखजोर्न केही पेशा,उधमशिलता, गर्ने पर्ने हुन्छ।
एउटाले अर्को संग प्रतिस्पर्धा गर्नु स्वाभाविक हो लोकतन्त्रमा अक्सर हुनुपर्छ र हुनेगर्छ तर स्वास्थ्य प्रतिस्पर्धा चाहिँ खै काहाँ छ?
मारेर भए पनि र मरेरै भएपनि जसरी हुन्छ त्यसरी नै सत्ता हत्याउने वर्तमान लोभीपापीहरुको स्वार्थमय राजनिती खेलले वि.पि.को सपनालाई सार्थक बनाउन सक्दैन।

ईमान्दारीताको कुनै मुल्यांकन छैन आज पार्टीमा भोकै तिर्खै खटेर हिजो देखि आज सम्म संगठन गर्ने ति कार्यकर्ताहरुले आखिर के पाए ? सु शासन,न्याय,समानता? दैनिक हातमुख जोर्न सम्म धौ धौ निमुखा वेरोजगारी जनताहरुको मर्म,भावना पीडादायी अवस्थालाई के नेतृत्वले यसैगरि अमुक नियालेर मात्र बस्न मिल्छ? नेताहरुले जनता र पार्टीको लागि अहोरात्र खट्ने ईमान्दारी कार्यकर्ताहरुको भावनालाई नबुझ्नु वा बुझ्न नचाहानुले उनिहरुलाई कस्तो चोट पुर्याएको हुन्छ भन्ने कुरा प्रती नेतृत्वले हेक्का राख्न जरुरी छ।
आज कार्यकर्ताहरु लाई शान्तवना दिनुको साटो चाप्लुसीबाज,चाटुकार र कुरौटेहरुको कुरा सुनेर नेतृत्वले गलत जर्जमेन्ट गरिरहेको अवस्था छ।

वि.पि.ले भन्नू हुन्थ्यो रे जहिल्यै पनि नेतृत्वको नजर आफ्नो कार्यकर्ताहरुको सुख,दु:ख,वास्तविक अवस्थामा हुनुपर्छ तर यहाँ त भोट दिएर माननीय बनाईदिए पछी जनता र कार्यकर्ता प्रतिको उत्तरदायित्व बिर्सिदिने बानि छ हाम्रो नेता र नेतृत्वको । जनताको नजिक गएर उनिहरुको पीरमर्का र दु:ख संग सहभागी नहुनु अथवा उनिहरुको अवस्थालाई विश्लेषण गर्ननसक्नुले पनि कार्यकर्ताको मनोवल र उत्साह गिरेको छ। नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्नु बुद्धिमत्ता हुदैहोईन।यहाँ त कुरौटेको कुराहरु सुनेकै भरमा यथार्थ र वास्तविकता नबुझी एकोहोरो भएर कार्यकर्ताहरुलाई दमन गर्नु,पाखा लगाउने काम गर्नु नेतृत्वको अराजकता हो।
वि.पि.ले त आफ्ना कार्यकर्ताहरुलाई खुव माया गर्नुहुन्थ्यो रे! उनिहरुको जल्दाबल्दा सबै समस्या र आवाश्यक्ताहरुलाई सकेसम्म परिपुर्ति गरिदिनुहुन्थ्यो रे!

पार्टीको संगठनमा को,काहाँ,कसरी लागिपरिरहेको छ सूक्ष्मरुप बाट नियाँल्नु हुन्थ्यो रे, कार्यकर्ता संग वारम्वार भेटघाट गरिरहनुहुन्थ्यो रे, सकरात्मक सुझाव पस्कनु हुन्थ्यो रे, ढाड्स र शान्तवना दिएर उत्साह थप्नु हुन्थ्यो रे,यस्तो अदितिय सुझबुझ भएकै कारण सबैको प्रिय नेता बन्नुभयो वि.पि.।र आज विश्वले उहाँ र उहाँको आर्दश,चिन्तन,दर्शन र सिद्धान्त लाई स्वीकार गरेको छ।यस्तो नेता बाट गाईडेट हाम्रो नेतृत्व को अवस्था आज के छ ? कस्तो छ ? त्यो भनिरहनु पर्दैन, हामीहरुले विडम्बना र नियति संम्झेर भोग्नु र महशुष गर्नु शिवाय अरु के नै गर्न सक्छौ र!

पहिले पहिले त कार्यकर्ताहरुले गरेको आशालाई धेरथोर ,परिपुर्ति गर्ने गर्थै नेताहरुले बेला बेला सोध्ने गर्दथे आक्कलझुक्कल भेटघाट हुदाँ पनि यसो चिसोतातो के लिऊ भन्ने सम्म चलन थियो तर अहिले जमाना उल्टो भएछ, हाम्रा नेताहरु गाउँघर पुग्नु भन्दा अगाडि नै लोकल हाँस, कुखुरा,रोष्ट,ह्वीस्की,ब्राण्डी,महंगा महंगा भिआईपी र दामी दामी खानेकुराहरुका परिकारहरुको डिमाण्ड हुन्छ। के यहि हो वि.पि.को समाजवाद? जानी जानी साँस्कृतिक विचलनमा पर्न माहिर हाम्रा नेता र नेतृत्वहरु,सुराशुन्दरी,भोजभतेरमा रमाउने लतका कारण पनि वि.पि.को समाजवादी चिन्तनको बाटो छोडेर अलिक बढि नै विलासी बन्दै गईरहेकाछन् कि भन्ने भान हुन थालेको छ।
आफ्नो सुखशयलको लागीमात्र सोच्ने,आफू मात्र अघाउन खोज्ने यस्ता विलासी नेताहरु बाट हामीहरुले के आश गर्ने ? मौका पर्दा राज्य ढिकुटी सम्म रित्याउन पछि नपर्नेहरु राज्यको भत्ता खाएर,पचाएर,अनेकन सेवासुविधाहरु लिएर उल्टै फेरि गाउँतिर आएर पार्टीको लागि भोकभोकै खट्ने कार्यकर्ताहरुलाई लुछ्न खोज्नु,लुटन खोज्नु के यिनीहरुलाई लाज लाग्नु पर्ने होईन र? बेसरम ! यसो गर्न कति जायज छ? हुने ले त लु भोलि कुनै न कुनै वाहानामा काम गराएर लगानी फिर्ता लिने आशमा खर्च गर्ला तर नहुनेले? यै हो माहामानव वि.पि.को समाजवाद? वि.पि.को भनाई यस्तो थियो रे गरिव जनताको घरमा गएर नेताले भरसक भोजन नगरोस यस्को मतलव के हो? लाज लाग्नु पर्छ हाम्रा नेताहरुलाई, नेताहरु पुर्ण रुपले सुध्रिनु पर्छ अब,जति खाने नेताहरुले शहरमै खाने हो,गाउँमा जनताको रगत चुस्नु राम्रो होईन।गाउँमा अवस्था कस्तो छ! मैले जनताहरुको लागि के गर्न सक्छु ! मलाई जिताएर पार्लमेन्टमा पठाउने मेरा जनताहरुको लागी मैले प्रतिवद्धता जनाएका कुराहरुलाई ईमान्दरीताको साथ अक्षरस पालना गर्नैपर्छ भन्ने कुरालाई पो ब्यावहारमा लागु गर्नु पर्ने होईन र ?

धेरै लामो समयपछी काङ्ग्रेसले यसरी माहामानवको बहुआयामिक ब्याक्तित्व लाई बुझेर उहाँको जन्मजयन्तीको अवशर पारेर जुन तिन दिने जन्मजयन्ती साहित्यिक महोत्सव कार्यक्रम शुरु गरेको छ त्यो आफैमा अत्यन्तै प्रशंसनीय त छदैछ त्यो भन्दा बढि आउने पिढि र वर्तमानका युवा पुस्ताहरुको लागि झन प्रेरणादायी छ। यो ११०अैा जन्मजयन्ती र महोत्सवले केही सिक्ने,केही जान्ने माहामानवको आस्था,विचार,निष्ठा र सिद्धान्तलाई आत्मसात गर्दै नवीन चेतनाको विकाशको साथसाथै जनताको लागि सार्थक राजनीतिक र देशको लागि अदभुत उन्नति,सम्वृद्धीको यात्रा,परिकल्पना गर्न महत्त्वपूर्ण एउटा कोशेढुङ्गा सावित बन्न सकोस। महामानवका विचारहरु अमरछन् र सधै सधै अमर रहिरहनेछन्। यदि साँचो अर्थमा हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ भने उहाँका पदचापहरुलाई सैद्धान्तिक रुपले मात्र नभई ब्यावहारिक रुपले आत्मासात गरेर ब्यावहारमा हुबहु उतार्न आजै बाट लागि पर्छौ भने मात्र उहाँको जन्मजयन्तीले सार्थकता प्राप्त गर्ने छ।उहाँ भन्नुहुन्छ …..समाजको कुनै वर्गले अन्यायको अनुभव गरे सम्म राष्ट्र मजवुत हुदैन।” तसर्थ हामी सबै मिलेर विभेद रहित समाज बनाउन प्रयत्न गरौ। तवमात्र उहाँप्रती अर्पण गरिएका श्रद्धा-सुमनहरु अर्थपुर्णहुनेछ।

लेखक :- हिमांशु राय
बेलबारी न.पा.११,लक्ष्मीमार्ग-मोरङ
[email protected]

 ( “राय”  जियाेग्राफि न्युज नेटवर्क द्वारा सञ्चालित suchanachautari.comका लागि प्रदेश नम्मर एककाे प्रदेश प्रमुख  साथै नेपाल प्रेस युनियन कोशी प्रदेश सदस्य ,
नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य,
नेपाली लेखक संघ मोरङ जिल्ला सदस्य हुनुहुन्छ। )

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved