डिकेन्द्र बस्नेत,झापा। दमक निजि विद्यालय तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रविण पाठकलाई सम्मान गरेको छ। मिस्टर वर्ल्ड हेरिटेज नेपाल २०२३ को उपाधि चुम्न सफल भएका साथै मिस्टर नेपालको टप १० सम्म पुग्न सफल भएको भन्दै प्याब्सन दमकले पाठकलाई सम्मान गरेको हो।
दमक ४ स्थित एकता एकाडेमीमा प्याब्सनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रमको बीच पाठकलाई सम्मान गरिएको हो।

दमक प्याब्सनका अध्यक्ष जनार्दन मैनाली र उपाध्यक्ष मित्र खत्रीले पाठकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै दमक प्याब्सनका सचिव नविन योगीले दमक प्याब्सन कार्यसमिति सदस्य प्रविण पाठकको सफलता दमक प्याब्सनको लागि गर्वको बिषय भएको बताए। पाठक पुर्वाञ्चल स्कूलका निर्देशक पनि हुन्।
कार्यक्रममा दमक नगरपालिका उपमेयर रेगिना भट्टराई , शिक्षा समिति दमकका संयोजक कुबेर भट्टराई, प्याब्सन कोसी प्रदेशका सचिव कोषराज प्याकुरेल, प्याब्सन झापाका पुर्व वरिष्ठ उपाध्यक्ष सबर्ण कुमार पोख्रेल लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।










