हिमांशु राय,माेरङ।
नेपालका चर्तित कलाकार द्धोय गीतकार बसन्त वित्यासी थापा तथा संगितकार राजु शिंह को वेजोड सांगीतिक तथा रचना वाचन कार्यक्रम जुम भर्चुअल प्रविधि मार्फत यहि भदौ १६ गते शनिवार अमेरिकामा सु सम्पन्न भएको छ।
नेपाली समय साँझ ७ बजे र अमेरिकी केन्द्रिय समय
बिहान ८ बजे को समयमा स्रष्टाहरुका गीत,संगीत र रचना प्रस्तुती साँझ कार्यक्रम सम्पन्न भएको हो।

ई नेप्लिज डटकम र स्रष्टा साँझ अमेरिकाको फेसबुकबाट प्रत्यक्ष प्रसारण भएको जुमभर्चुअल कार्यक्रममा नेपाल गीतकार सङ्घका वर्तमान अध्यक्ष समेत रहनुभएका चर्चित गीतकार बसन्त वित्यासी थापा र बरिष्ठ सङ्गीतकार राजु सिँहको वेजोड सांगीतिक प्रस्तुतीले सबैको मन जित्न सफल भएको हो ।
आधुनिक नेपाली गीत संगित एंव साहित्य क्षेत्र भित्र देखा पर्ने गरेका विविध विकृति हरुका कारण स्रष्टा र सर्जकहरुमा गीत,संगित,साहित्य सिर्जनामा परिरहेको नकारात्मक प्रभाव लाई चिर्न र कलाकारहरु संग एकापसमा साक्षत्कार हुदै हातेमालो गर्दै नेपाली सांगीतिक परिवेशलाई अझ फराकिलो बनाउन साथै विश्व सांगीतिक वजारमा समेत नेपाली गीत संगितको पहुँच पुर्याउन यस्तो कार्यक्रमहरु आफुहरुले आयोजना गर्ने गरेको आयोजकहरु बताउछन्।
नेपालको वर्तमान सांगीतिक अवस्थालाई नजिक बाट नियाल्दा गीत संगितले मानिसहरुको दुःख र पीडामा मल्हम लाउने काम मात्र होईन तर सिङ्गो देशको भावनालाई प्रतिविम्वित गरेको हुनाले गीत संगित सदैव अमर रहने
साहित्यको सबै भन्दा पुरानो विधा मध्येको एक हो।
मानव जिवनकै अपरिहार्य प्रत्यक्ष र परोक्ष रुपमा अर्थ बोक्ने गीत विधाको लोकप्रियताले साहित्यका अन्य विधाहरु भन्दा बढि नै महत्त्व पाईरहेको छ। आउने पुस्ताहरुलाई समेत अभिप्रेरित गर्न र गीत संगितको महत्वलाई भाविपुस्ताहरुको लागि गीत ,संगित मय बनाउदै यस प्रती मन भित्रैबाट मोह जगाउन समय समयमा यस्ता कार्यक्रम हरु संञ्चालन हुन आवाश्यक रहेको आयोजकहरुले बताएकाछन्।
रचनाकार ,सङ्गीतकार, गायक गायीकाहरूको हराउँदै गएको परिचयलाई स्थापित गर्न र भावि पुस्तान्तरण गर्न देश मा नव पुस्ताहरुका लागी सुविधा सम्पन्न संगित विश्व विध्यालय हुनुपर्ने एकाथरि विज्ञ हरुको तर्क रहदै आएको छ।
स्रष्टाहरुको पहिचान र परिचय लाई संरक्षण ,प्रर्वधन गर्दै स्रष्टाहरुको विशेष सम्मानको लागि पनि यस्ता रचनात्मक कार्यक्रम हुन आवाश्य देखिन्छ।
स्रष्टा र सर्जकहरुका गीत संगितलाई अनाधिकृत तवरले प्रतिलिपि ऐन अधिकार बिपरितको कार्यहरु गर्नाले नेपाली सांगीतिक बजारमा पारिरहेको त्यस्को दुस्प्रभावलाई न्युनिकरण गर्न विभिन्न सामाजिक सन्जालकर्ताहरुलाई सरोकारवाला पक्षहरु र नेपाल सरकारले समय समय मा नियमन र खवरदारी गर्नुपर्ने समेत देखिन्छ।
यी र यस्ता नेपाली सांगीतिक क्षेत्रमा देखिएका तमाम विकृति हरु रोकथाम र सचेतनाको लागि पनि स्रष्टा साँझ अमेरिकाले यो कार्यक्रमको आयोजना गरेको र आवाश्यक्ता अनुशार भविश्यमा निरन्तर गर्दै जाने लक्ष्य रहको समेत बताईको छ।
नेपाली सँगीत क्षेत्रमा स्थापित बसन्त वित्यासी र राजु शिंहको साङ्गीतक जोडी,नेपाली जनताहरुले अत्याधिक रुचाईरहेका र एकसाथ यसरी नै यो सांगीतिक जोडिले निरन्तर सफलता पाईरहनुपर्ने गीत संगित पारखीहरुको चाहाना रहि आएको छ।
हाल सम्म यो जोडीले सातौँ सांगीतिक गीति एल्वम चाँडै वजारमा ल्याउने तयारीमा जुटिरहेको छ। बसन्त बित्यासी थापा द्वारा सिर्जित गीतहरुलाई जीवन्त सङ्गीत दिएर राजु सिँहले श्रोताको मनलाई नौनी पगाले झै पगालेकाछन्।
शब्द संग हरपल खेल्न रुचाउने बसन्तका गीतहरूमा यथार्थता झल्किन्छन्, मानिसका भावनाका अन्तरकुन्तर छाम्न खप्पिस सर्जक हुन गीतकार बसन्त मानिसका संवेदनाहरुलाई टपक्कै टिपेर हुबहु शब्दमा उतार्ने यिनको अदभुत कलाकै कारण यिनी वर्तमान नेपाली गीतकारहरुको अग्रणी स्थानमा विराज छन्।
त्यस्तै मानिसको रगरगमा संगितको रगत संञ्चार गर्न माहिर र उस्ताद संगिकार राजु शिंह,को बाल्यकाल नै संगितमय थियो, उनले भारत र वेलायतमा संगितको उच्च शिक्षा हासिल गरेकाहुन्।
संगितकार राजु शिंहले हाल सम्म नेपालका विभिन्न चर्चित गायकहरुको स्वरमा करिव १२०० भन्दा बढि गीतमा ससक्त संगित भरि गीत रेकर्डिङ गर्न भ्याईसकेकाछन्।भने यिनी नेपाल सरकार र नेपालका विभिन्न संघ संस्थाहरु बाट पनि पुरस्कृत र सम्मानित भईसकेकाछन्।
यसैगरि चर्चित गीतकार बसन्त वित्यासी थापाका असंख्य गीतहरु मध्ये, माया गर्ने , शीत सँग ,धोका ,मैले टेक्ने जमिनमा ,नजरको दोषी , रित्तो सडकमा , जस्ता चर्चित गीतहरु आज जनमनको ढुकढुकीमा बस्न सफल बनेकाछन्।नेपाल गीतकार संघले हाल के काम गर्दैछ भन्ने प्रश्नको जवाफमा वसन्त भन्छन् हामीहरुले नेपाली गित संगितको उचाईलाई स्थापित गर्न आफुभन्दा अग्रज
गीतकारहरुलाई सम्मानगर्ने कार्यको थालनी गरेका छौ, पुराना गीतकारहरुलाई नयाँ पुस्ता संग जोड्ने उपाय र दिर्घकालिन विकल्पको खोजिमा जुटिरहेकाछौ, उपचार र स्वास्थ विमाका कुराहरुको शुरूवात गरेका छौ,प्रतिलिपी ऐन लागु गरेर गीतकारहरुको अधिकार सुरक्षित गरिनु पर्छ भन्ने माग सरकार सङ्ग गरेका छौ,गीतकारहरुको लागि स्वास्थ्य उपचारकोष को अवधारणा अघीसरेका छौ, यति मात्र होईन देशभरका गीतकारहरु संघमा आवद्ध गराएर उनिहरुको अभिलेख उतारेर चाँडै गीतकार हरुको परिचय सहितको संयुक्त गीति संग्रह प्रकाशन गर्ने जमर्कोमा जुटिरहेकाछौ।
अब देशका ७ प्रदेश ७७ वटै जिल्लामा समय समयमा भेला,सेमिनार,गोष्ठी हरु चलिरहेकैछन् र त्यो अझ प्रभावकारीताको साथ आगामीदिनहरुमा पनि चलिनै रहेने छ।त्यस्को लागि नेपाल गीतकार संघ केन्द्रीय कार्यसमितिले बार्षिक कार्ययोजना र भावी रणनीति हामी तयार गरि अघि बढ्नेछौ वित्यासी बताउछन्।
कार्यक्रममा संगीतकार राजु सिँहले आफुले सङ्गीत भरेका गीतहरू गाएर सुनाए,सुनिता बस्नेत बाट अतिथिहरुलाई स्वागत र धन्यवाद ज्ञापन गरियो।
कार्यक्रममा प्रेरणा र सङ्घर्षका विविध आयामहरुको चर्चा परिचर्चाहरु समेत समेटिएका थिए।कार्यक्रमको बारेमा परिचय दिदै सुरेन उप्रेतीले निर्धारित समयमा कार्यक्रमलाई संञ्चालन गरि कार्यक्रम समापन गरेका थिए।










