Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आपसि सदभावले देशलाई सम्वृद्धीमा डोर्याउछ : हिमांशु राय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2023

नेपालमा सदियौ देखि एकापसमा मिलेर बसेका हामी नेपालीहरु हिजोआज कीन लडिरहेका छौ? कीन एकअर्कालाई दोष लाउन,एकअर्काको संस्कार,संस्कृति र आस्थालाई होच्याउन हामी उद्धत छौ?
नेपालको कानुन र संविधानले सबै नागरिकलाई संविधानत बाँच्न पाउने अधिकारको प्रत्यायोजन गरेको छ, तर कीन फेरि एकलेअर्कालाई निशेधाज्ञा जारी गर्छौ।

विश्वमाझ लोकप्रिय वीर गोर्खालीका सन्तानहरु हौ हामी चाहे हामी हिमाल बस्ने हौ, चाहे हामी पहाड र तराई, भुगोलले हाम्रो एकता र संस्कृतिक पहिचानलाई अल्ग्याउन सक्दैन किनकी हामी नेपाली हौ,हाम्रो सुगन्ध नेपाली माटोले दिन्छ।
संविधानको प्रस्तावना मै नेपालको संविधानले बहुधार्मिक,बहुभाषिक र बहुसाँस्कृतिक देश नेपाल भनेर हामी समस्त नेपालीको जातिय पहिचान,मूल्य, मान्यतालाई अंगिकार गरेको छ।ईतिहासमा नेपाल कहिले कसैको दास अथार्त उपनिवेश बनेन हाम्रा वीर पुर्खाहरुले यो देशको निम्ति रगत वहाएको ज्युँदो ईतिहास ईतिहासको पानामा छ।

यस्तो विविधता युक्त देशको जनता हुन पाउँदा हामीहरुले गर्व गर्नुको साटो झगडा,लफडा मै मस्त छौ।
कँहि कतै र कसै बाट पनि यो शान्तिभुमीमा हत्या,हिंशा र खलल हुनु हुदैन भन्ने हाम्रो ध्ये हुनुपर्नेमा उल्टै हामी दंगा,फसाद मा हौसिरहेकाछौ।

समाजका हामी सामाजिक चेतनशिल प्राणी जो मानव उत्पतिको त्यो पाषणिक काविलाको ढुङ्गेयुग बाट विकशित आजको ज्ञानविज्ञानको मानव सभ्यता आज २१ अैा शताब्दीको विकसित अवस्थामा आईपुग्दा समेत एउटाले अर्कोलाई झम्टिने ङ्यार्रङुर्र गर्ने प्रवृतिकै कारण हाम्रो प्रगति उन्नति ठप्प भएको हो। यसरी हामी चेतनशिलप्राणी भएर पनि हाम्रो कुरुप स्वाभावको सिकार आफ्नै कारणले बन्छौ भने हाम्रा लागि त्यो भन्दा शर्मलाग्दो कुरा अरु के हुन सक्छ?

दाजुभाई नराम्ररी बाँडियौ कहिले पार्टी त कहिले जातजातिका नाउँमा, र हामीले हाम्रो टाउँको कयौ पटक फुटायौ यस्तै यस्तै अनावश्यक बिषयमा,कहिले धर्म,संस्कार र संस्कृतिको उत्पिडनमा पर्यौ त कहिले वर्ग संघर्ष र गरिवीको चपेटामा,यस प्रकारको दुस्चक्रबाट मानवताको सुकिलो आवरण स्वत मैलाउने काम हामीहरु बाटै भयो। उक्साहटमा लागेर वा स्वतस्फूर्त सग्लो मानवता दिनप्रतिदिन विटुलाउँदै गयौ संम्भवत आज प्रर्यन्त हाम्रो समाज यस्तै यस्तै कारणहरुले गर्दा टुक्रिदैगईरहेकैछ,क्षयिकरण भईरहेकैछ।
धर्मले हामीहरुलाई सतमार्गमा हिड्न सिकाउने हो तर हिजोआज धर्मको नाउँमा भएको अराजक गतिविधिले ईश्वरीय आस्थामा ठेस पुर्याउने काम भएको छ।

यस्तो अवस्थामा कसरी हामीहरुले ईश्वरको अस्तित्व र सार्मभौमिकतालाई बुझ्न सक्यौ? ईश्वरको आराधना त आत्मा बाट शुरुभएर सिङ्गो बम्हाण्डको शुन्यमा विलय हुन्छ न्युटन,प्रोटन र ईलेक्ट्रोनको कण कणमा ईश्वरी गुण समागम छ। जहाँ ईश्वरीय अदभुत आश्चर्य अस्तित्व स्व सिद्ध सार्मभौम छ त्यहाँ ईश्वरीय सतगुण शान्तिप्रिय जगत अनन्त आनन्ददायक छ।
सृष्टिकर्ताको अलौकिकता अपार छ,समस्त प्राणीहरुको हितमा छ भन्ने कुरालाई बुझ्न नसक्नु मानवको लागि घातक हिंशाजन्य बाटो हो जहाँ म भन्दा पर अर्को केही छैन।

ईश्वरलाई आराधना गर्ने मानिसहरुको घूईचो र भीड मा नम्रताको बस्त्र धारण गर्नेहरु भन्दा हत्या हिंशामा रमाउने हरुको कारणले पनि यो संसारको अन्त नजिकि छ भन्ने कुरा लख काट्न सकिन्छ।
सबै धर्मको सार सेवाभाव नै हो भन्नेहरुले खै जिवनमा सेवा गरेको ? तिम्रो अझम्वरी आत्मा प्रआत्मा संगको मिलनमा समहित बन्न पाउनु नै मोक्ष होईन र ? के मोक्ष प्राप्तीको लागि सत्य संग साक्षत्कार हुन मानिसको लागि जरुरी छैन र?यी प्रश्नहरुमाको नजिक जाने हिम्मत गर्नु सत्य प्राप्ती हो, जस्ले तिमीलाई बन्धनहरु बाट स्वतन्त्र गराउँछ।
यति सामान्य कुरा भुलेर हिजोआज धर्मका ठेकेदारहरुले तेरो भन्दा मेरो धर्म ठूलो तेरो भन्दा मेरो धर्म पुरानो तेरो भन्दा मेर‍ो ईश्वर शक्तिशाली आदि ईत्यादि यस्ता अति तुच्छ बगमपुछे कुराहरु गरेको सुन्दा बबुराहरु प्रती दया लागेर आउँछ।
मानव उत्पति कहिले भयो? धर्मको शुरुवात कहिले भयो?

भन्ने कुराहरु ईतिहासका पानामा आधुनिक विज्ञानको एप र गुगलमा समेत मजाले पढ्न,बुझ्न पाईएकै छ।तर पनि किन हामीहरुमाझ हाम्रो विचार,चिन्तन र मानवता दिन प्रतिदिन स्खलित हुँदैछ, मर्दै र जिर्ण हुदैगईरहेको प्रतित हुन्छ।
यहाँ ईश्वरको अस्तित्व र शार्मभौमिकता नयाँ र पुरानो संग होईन,यहाँ ईश्वरको गुण ठूलो र सानो संग होईन तर रहस्य भित्रको ईश्वरलाई बुझ्न यहाँ सर्वप्रथम मानवता बुझ्न जरुरी छ।
यदि हामी साचो ईश्वरका भक्त हरु हौ भने हामी मा लाज,घिन,डर,संयमता,धर्यता,प्रेम,सेवकीयगुण र दयावन्त जिवनशैली, कोमल हृदय हुन आवाश्यक छ।

एउटाले अर्कोलाई हिलो छ्यापेर न त स्वाच्छ समाजको निर्माण हुन्छ न त यो देशको,त्यसैले हामी नेपालीहरुको जात धर्म,भाषा र संस्कृति अलग अलग भए पनि हामी विविधता भित्र को एकताका प्रतिक हौ भन्ने कुरा हामी कसैले बिर्सनुहुन्न।
जसरी मुलुकमा ०४६ सालको आन्दोलन पछी पनि पुन निर्णायक आन्दोलनको आवाश्यक्ता पर्यो र त्यो ६२/६३ को जनआन्दोलनको रुपमा देखापर्यो।यहि आन्दोलनको बलमा मुलुकलाई प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यावस्था र त्यस्ले प्राप्त गरेका उपल्ब्धीहरु लाई आज दीर्घकालीन रुपमा संस्थागत गर्दै लैजान नसक्नु पनि हाम्रो लागि ठूलो चुनौती झै सिद्ध भएको छ।

देशमा राजसंस्थाको अवशान पश्चयात जनताले जनताको लागि रगत वहाएर लडेर,भिडेर ल्याएको गणतन्त्रको साख आज दिनप्रतिदिन ह्रास हुदो गिर्दो अवस्थामा छ, यस्को मुख्य कारण नेतृवमा देखा परेको सत्ता लिप्सा र जनअभिमतको चरम दुरुपयोग हो।
नेपालीको अस्तित्वलाई धरापमा थाप्ने जघन्य अपराधी मनोवृत्तिका वर्तमान शासकहरुले जनतालाई मिठा मिठा भ्रमपुर्ण आश्वसनहरु बाँटेर दिग्भ्रमित बनाउदै सत्ताको बाघडोर समाउने र कुर्सी हत्याउने होडमा जनताहरुको अभिमतलाई पटक पटक रछ्यानको फोहर संम्झेर डस्विनमा मिल्काउदै आईरहेकाछन् ।

यसरी आफ्नै नेतृत्व बाट आजित नेपाली जनताहरु गुट उपगुटमा बाँडिएको देख्दा देश हिंशाजन्य रापमा कतिबेला सल्किने हो भन्ने त्रास पनि उतपन्न हुने गर्छ। सत्ताको जोडघटाउको खेलमा जनताका सपनाहरुलाई तुहाउने नेपालका पार्टी र तिनका नेतृत्वहरुले शासन सत्ताको दुरुपयोग गर्दै शिंहदरवार भित्र बाट नै नितीगत भ्रष्टाचारलाई मलजल गर्नै गरेको तथ्यहरु बेला बेला सार्वजनिक भईरहदा अखवारमा टुलुटुलु हेरेर यस्ता घटनाहरु पढ्नु शिवाय अरु केहि गर्न सक्ने अवस्था रहेन?

नेपाली जनताहरुले यस्तो वेतिथीलाई सुनेर विवश बस्नु पर्ने,हेरेर चित्त बुझाउनुपर्ने, बाध्यात्मक परिस्थिति आज सिर्जना भएको छ।
अर्बौको सरकारी जमिन हड्पेर, टनका टन सुनतस्करी गरेर , वा भनु नेपाली नागरिकलाई शर्णार्थी बनाएर देशलाई नै बेईज्जत गर्ने हाम्रा नेताहरुको चरित्रले सिङ्गो नेपाल र नेपालीको सानमान र प्रतिष्ठाको धज्जी उडाउने काम भएको छ।
सरकारीकार्यालय स्तर बाटै भ्रष्टाचारको संञ्जाल मौलाउनु राष्ट्रको लागि कति घातक छ भन्नेकुरा नेपाली जनताहरुले बुझेर पनि निरीह हुनुपरेको छ। चर्को करले जनताको ढाड सेक्नु देश अराजकता तिर उन्मुख बन्दैजानु के यहि नै हो संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यावस्थाको उपहार नेपाल र नेपालीलाई ? यस्तो लाजमर्दो समय बाट गुज्रिएको वर्तमान देश र हामी जनताहरुले कस्तो सम्वृद्धी र विकाशको आशा गर्ने?

सांसद,मंन्त्री,न्यायाधीश,अख्तियार प्रमुख,कर्मचारी आदि सबै बाट भ्रष्टाचार दिनानु दिन मौलाईरहेको र दसि,प्रमाणको अभाव नहुने अवस्थामा पनि र यथार्थ लाई बुझ्दा बुझ्दै पनि निजहरुलाई कानुनको कठघरामा उभ्याउन नसक्नु जनताको लागि कति दु:खद परिस्थिति होला त्यस्लाई महशुष गर्न पनि देशभक्त नेपालीहरुलाई गाह्राे परिरहेको छ।

देशको आर्थिक स्थिति हेर्दाहेर्दै डामाडोल अवस्थामा टाँट पल्टिदै गईरहेको छ तर पनि सत्ताको फोहरी खेलमा सधै नै दोहोरी चल्दैछ निरीह नेपाली जनताहरुले यी ब्यावधानहरु नचाहेरै भोग्नु र सहनु परिरहेको छ। काण्डै काण्डले चर्चामा रहेको वर्तमान सरकार सबै प्रकारको वेतिथि र विसंगति मा लुछुप्रै भिजेको मुसो झै भाछ तर पनि सत्ताको लागि जस्तोसुकै कठोर बन्न र सबै हतकण्डाहरु अपनाएर जनताको आवाज थुन्नलाई उद्धत छ।

नेताका आफन्त र नजिकका चाँकडीवाज ,चाटुकारहरुको सधै रजगज देखिने र सुनिने मेरो देशमा चरम ज्यादती र शोषण एंव उत्पीडनमा परेर निरीह बाँच्नुपरिरहेको छ। देशका गरिव,ज्याँलामजदुरी,किसान र उत्पीडित वर्गहरुले राहत र अधिकार पाउँने नाउँमा वर्तमान निर्रलज्ज सरकार संग के विन्ति बिसाउनु?

यहाँ गरिवको जिन्दगीलाई सस्तो भद्दा मजाक बनाईएको छ, दुरदराजका गाउँहरुमा सिटामोलको अभावमा आजपनि गरिव नेपालीले मृत्युवरण गर्न बाध्य छ। गरिवका छोराछोरी हरुले आजपनि मेरो देशमा स्कुल जाँदा नदि तर्ने विकल्पमा तूईन को साहारामा प्रत्येकदिन जोखिम पुर्ण यात्रा तय गर्नुपर्छ। पहाडका विकट विकट ठाँउहरुमा स्कुल भवन का भौतिक पुर्वाधार हरु नहुदाँ रुखको फेदमै बसेर पढ्नुपर्ने बाध्यता ज्यूकात्यू छ।तर नेताका छोराछोरी हरुको रवाँफिलो ठाँटवाटयुक्त जिवनशैली र नेताका आफन्त अनि आसेपासेहरुको तामझाम देख्दा दिक्क लागेर आउँछ।

२००७ साल देखि पटक पटक को आन्दोलन २०८० साल सम्म आईपुग्दा पनि नेपाल र नेपालीको भाग्य र भविश्यको मार्ग चित्र तयार नहुनु अवस्था जहिको त्यहि हुनुमा को को दोषी छ? यो देशको शासक वर्ग र नेतृत्वहरु? यो देशको ब्यावस्था, कानुन र संविधान?अथवा यो देशको जनता संयम आफै? सबैले अन्तरमनले गहिरो चिन्तन मनन गरौ। आफैले आफैलाई हेरौ,गल्तीकमिकमजोरीहरु बाट सबैले सच्चिन आवाश्यक छ। नेतृत्व लाई सत्तोसराप गरेर खुव गालीगलौज गरेर हामी जनताहरु आफ्नो देश प्रतिको कर्तव्य बाट तर्किन पाउँदैनौ।

हाम्रो पार्टी भन्दा कहिल्यै माथी उठन सकेनौ,पार्टीको झोले कार्यकर्ता बन्यौ,आफ्नो नेतृत्वले गर्दे गरेको नराम्रा कामहरुलाई अनदेखा गर्यौ नेतृत्वले गरेको वेतिथी र अबैधानिक क्रियाकलाप हरुमा मौन स्वीकृति दियौ,यसरी हामीहरुले हाम्रो नेतृत्व लाई काम लाग्ने बाट काम नलाग्ने बनायौ, राम्रो बाटो बाट नराम्रो बाटोमा हिड्न अभिप्रेरित गर्यौ हो यहि नेर हामी चुक्यौ गलत गर्दा पनि हाम्रो साथ पाए पछी अनि कसरी हाम्रो नेतृत्व सुध्रिन्छ? त्यै भएर वर्तमान नेतृत्व सुध्रिने कुनै गुञ्जायसनै छैन सुधारात्मक परिपाटीको विजारोपण अब फेद बाट गरौ,जरा बाट गरौ,स्थानिय स्तर बाट गरौ।

हामीहरुले हाम्रो नेतृत्व हरुलाई जानी जानी बिगार्यौ मैले जिताएको नेता बाट मैले केही पाउँछु कि भन्दै बढिनै नेतामुखी बन्नु ,नेताको छेवौंमा लेपासिएर चाप्लुसी गर्दा कतै मेरो जिन्दगी पो बनाईदिने हुन् कि नेता ज्युले भनेर भ्रममा पर्नु यो सबै भन्दा ठूलो मुर्खता थियो हाम्रो र हो।
जब हामीहरुले नेतृत्व लाई बिगारी नै त सक्यौ भने अब कसरी सुधार्ने?यो प्रश्न हामी सबैको हो, हिजो जे भन्यौ अथवा हिजो जे गर्यौ अब ती सबै कर्म गर्न आजै बाट छोडौ,अशल कामको लागि सधै सहयोग र गलत कामको लागि सधै खवरदारी गर्नेे वातावरण कार्यकर्ताहरु बाट शुरु गरिनुपर्दछ ,नेतृत्व लाई चाहेभन्दा धेरै अनावश्यक ठूलो मान्छे बनाउने, स्वागत सम्मान आदि ईत्यादि गर्न आवाश्यक छैन नेतृत्वहरु जनताका सेवक हुन भन्ने कथनलाई स्थानिय स्तरबाटै चरितार्थ गर्न आवाश्यक छ। यसरी देश नेता र जनता विचको सम्वन्धमा तादम्यता नभएकै कारण विभिन्न गुट,उपगुट,पन्थ,फलाना,ढिस्काना आदि कुराहरुको देशमा जन्म भएको हो।त्यसैले नागरिकको लागि देश भन्दा ठूलो अरु के हुन सक्छ? देशलाई माया गरौ समय र परिस्थिति स्थिर छैन होला, हाम्रो हात भन्दा बाहिर छ होला, तर हाम्रो एकता र सदभावले देशमा शान्ति अमनचैन कायम हुनसके आशाको सुनौलो दिप जल्नेछ,कलहको विजारोपण गरेर वैमनस्यता पैदा गर्नुले देश र जनतालाई कदापि सुखी पार्न सक्दैन।

हामी नेपाली दाजुभाई एकापसमा लडेर भीडेर के प्राप्त हुन्छ?
ब्यार्थैमा नेपाल आमाको मन चिरिएर धुरुधुरु रुन्छ
त्यसैले एउटाले अर्कोलाई आदर गरौ, हामी आपसी प्रेममा बनिरहौ।
सबैको भेषभुषा,भाषा,धर्म,संस्कार र संस्कृति को सम्मान गरौ।आ आफ्नो धर्म संस्कृति मा देखिएको वेतिथी र बिकृतिलाई समयानुकूल परिस्कृत र परिमार्जन गरौ।कसै प्रती विभेद नगरौ समान ब्यावहार गरौ,शान्ति र मानवताको पक्षमा कदम चालौ नेपाली हुनुमा गर्व गरौ,नेपाललाई सधै माया गरौ। आपसि सदभावले देशलाई सम्वृद्धी तिर डोर्याउछ तर कलह र लडाई झै झगडाले दुर्रगतिको भवसागरमा डुबाउछ भन्ने कुरा प्रती हामी सबै सचेत रहन जरुरी छ।

लेखक हिमांशु राय यस जियाेग्राफि न्युज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित suchanachautari.com का लागि प्रदेश नम्मर १ काे ब्युराे प्रमुख तथा नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सदस्य, प्रेस युनियन कोशी प्रदेश का सदस्य हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved