डिकेन्द्र बस्नेत,झापा। दमक नगर ईसाई समाजले आयोजना गरेको फुटसल प्रतियोगिताको क्वाटर फाइनल खेल भइरहेको छ ।
समाजले २८ औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारण सभाको अवसर पारेर दमक ५ गोर्खाली टोलको फुटसल खेल मैदानमा आयोजना गरेको फुटसल प्रतियोगिताको क्वाटर फाइनल खेल भइरहेको छ । कोशी प्रदेश स्तरीय ईसाई युवाहरु बीच भइरहेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको दमक नगर इसाई समाजका अध्यक्ष आकाश थुलुङले जानकारी दिनु भयो ।

फुटसल प्रतियोगिताको उद्घाटन दमक नगर प्रमुख राम थापाले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । खेलले ब्यक्ति स्वास्थ्य रहन र मुलुकको नाम राख्नका लागि खेलिने नगर प्रमुख थापाले बताउनु भयो । प्रतियोगिताको औचित्य माथि इसाई नगर अध्यक्ष थुलुङले प्रकाश पार्नु भएको थियो ।
शुक्रबार हुने फुटसलको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य केशव बिष्टले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको समाजका सचिव अजय पाठकले जानकारी दिनु भयो ।
प्रतियोगिताका बिजेताले टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफी र शील्ड प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मूख्य प्रायोजक कर्नर स्टोन फाउन्डेशन दमक, उपबिजेता टिमका लागि पुरुस्कारको प्रायोजक हार्भेष्ट सामुदायिक सेवा नेपाल र सान्तवना पुरुस्कारका लागि ग्रीन वे एजुकेशनल एकेडेमी दमकले उपलब्ध गराउने आयोजकले जनाएको छ ।










