डिकेन्द्र बस्नेत, झापा । दमक नगरपालिकाले नगर भित्रका ७५ जना विपन्न समुदायका विद्यार्थीलाई १२ लाख रुपैयाँ छात्रबृत्ति उलब्ध गराएको छ । कक्षा ११ देखी मास्टर डिग्री सम्म अध्ययन गर्ने बिद्यार्थिहरुलाई छात्रबृत्ति उपलब्ध गराईएको नगरपालीकाका शिक्षा शाखा अधिक्रित सोमनाथ गुरागाईंले जानकारी दिनुभयो ।
बिद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गर्दै नगर प्रमुख राम कुमार थापाले नगर भित्रका कसैले पनि पैसाको अभावमा पढ्न पाईन भन्ने अवस्था नआउने बताउनु भयो। नगरपालीकाले बिद्यार्थिहरुलाई गरेको लगानी नगरबासीले तिरेको कर भएको भन्दै मेहेनत गरेर अध्ययन गर्न बिद्यार्थिहरुलाई आग्रह गर्नु भयो । अहिले पनि छोराछोरीलाई पढाउन सकिएन भन्दै बाबु आमा गुनासो गर्न आउने गरेको भन्दै उहाँले सबैलाई कुनै न कुनै किसिमले सहयोग गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले शिक्षालाई प्रथमिकता दिएर नगरपालीकाका कार्यक्रमहरु बनाईने भन्दै बिद्यार्थिहरुले पनि मेहनत गर्नु पर्ने बताउनु भयो । यो छात्रवृत्ति कार्यक्रमले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।
प्रति बिद्यार्थि १४ हजार रुपैयाँ देखी ३६ हजार रुपैयाँ सम्म छात्रबृत्ति प्रदान गरिएको दमक नगरपालीका शिक्षा शाखा अधिक्रित प्रविन खड्काले जानकारी दिनुभयो ।
सामुदायीक बिद्यालय र दमक बहुमुखी क्यमम्पसमा अध्ययन गर्ने बिद्यार्थिहरुबाट निवेदन माग गरिएकोमा दमकका १० वटै वडाका बिद्यार्थिहरु पर्ने गरी छात्रबृत्ति वितरण गरिएको उहाँले बताउनु भयो ।










