Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐतिहासिक तथ्यगत सत्यताकाे आधारमा येशू ख्रीष्ट यस संसारमा वास्तवमै हुनुहुन्थ्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 2, 2023

– डा: जवन्तविक्रम शाह, के येशू मसिह सत्य रुपमा नै संसारमा आउनु भएको थियो त ? यसको आधार के छ त ? जस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो ।
किनकी हामीले येशूलाई देखेका छैनौँ र उहाँ कस्तो हुनुहुन्छ र हुनुहुन्थ्यो ? भन्ने कुनै फोटो र भिडियो पनि छैन । यसैले हामीलाई यो शंका आउन सक्छ कि येशू ख्रीष्ट वास्तवमा नै हुनुहुन्थ्यो त ?
येशू ख्रीष्ट हुनुहुन्थ्यो भन्ने बिभिन्न प्रमाणहरु मध्ये केही महत्वपूर्ण ईश्वरशास्त्री इतिहासकार र गैरइसाई ब्यक्तिहरुको
प्रमाणित भनाईहरुलाई हामी अध्ययन गर्ने छौँ ।

१) अल्वर्ट आइन्स्टाइन :
अल्वर्ट आइन्स्टाइन एक निकै प्रख्यात बैज्ञानिक थिए । उनी एक यहुदी थिए र उनको जन्म जर्मनी देशमा भएको थियो । उनी भौतिकशास्त्री थिए । उनले येशु ख्रीष्टबारे यसो भने “म यहुदी हुँ । तर नासरी येशुको आर्कषक व्यक्तित्व देखेर निकै प्रभावित भएको छु ।” अल्वर्टलाई येशूलाई ऐतिहासिक व्यक्तिहको रुपमा हेर्छन कि हेर्दैनन ? भनेर सोधिँदा उनले यसरी जवाफ दिएका थिए “यसमा शंका गर्ने त कुरै आउँदैन । सुसमाचारका पुस्तकहरु पढ्ने कसैले पनि येशू काल्पनिक व्यक्ति हुन् भनेर भन्न सक्दैन । किनभने हरेक शब्दमा उहाँको व्यक्तित्व झल्किन्छ । यस्तो जीवनी काल्पनिक हुनै सक्दैन ।” उनले यस्तो पनि भने “सुसमाचारका पुस्तकहरु पढ्ने कसैले पनि येशु काल्पनिक व्यक्ति हुन भनेर भन्न सक्दैन ।”

२) रुडोल्फ बल्टमन :
उनी नयाँ करारको अध्यापन गर्ने प्राध्यापक थिए । तिनले यस्तो भने “येशू वास्तविक व्यक्ति हुन् भनेर शंका गर्नुको कुनै आधार छैन,यसरी शंका गर्नु व्यर्थ छ । कुनै पनि सद्दे मानिसले येशू ऐतिहासिक परिर्वतनका सुरुवातकर्ता हुन् भनेर नकार्न सक्दैन । यस्तो परिवर्तनको सुरुवात प्राचीन प्यालेस्टाइनको (ख्रीष्टियन) समाजबाट भएको थियो ।”

३) माइकल ग्रान्ट :
माइकल ग्रान्ट इतिहासकार र प्राचीन मानव सभ्यताका विशेषज्ञ थिए । उनले येशू ख्रीष्टको बारेमा यसरी भने “प्राचीन लेखोटहरुमा उल्लेख गरिएका पात्रहरु वास्तविक हुन् भनेर प्रमाणित गर्न केही मापदण्ड नयाँ करारमा उल्लेख गरिएका येशूको सन्दर्भमा लागू गर्ने हो भने, उहाँ वास्तविक व्यक्ति हुनुहुन्छ भनेर नकार्न सक्दैनौं । तर यही कुरा इतिहासमा कहिल्यै शंका नगरिएका गैर इसाईहरुको सन्दर्भमा लागू गर्ने हो भने तिनीहरुको अस्तित्वमाथि प्रश्न खडा हुन सक्छ ।”

३) पिट डुराल्ट :
उनी पनि एक इतिहासकार थिए । यति मात्र होइन उनी लेखक र दार्शनिक पनि थिए । उनले येशू ख्रीष्टको बारेमा यसरी भनेका थिए “यदि केही साधारण मानिसले येशू सबैले मन पराउने, मानिसको जीवन परिवर्तन गराउन सक्ने, उच्च नैतिक स्तर भएको अनि प्रेम गर्न सिकाउने व्यक्ति थिए भनेर कथा लेखेका हुन् भने त्यो एउटा ठूलो चमत्कार हुनेछ, सुसमाचारका पुस्तकहरुमा बताइएका कुनै पनि चमत्कारभन्दा ठूलो चकत्कार । ”

४.विल डुरान्ट :
उनले यस प्रकार तर्क गरे,”एकै पुस्ताभित्र केही साधारण मानिसले यति शक्तिशाली र मन लोभ्याउने व्यक्तित्व
यतिका उच्च नैतिक स्तर र मानव भ्रातृत्वको यति प्रेरणादायी दर्शन आविष्कार गर्न सक्नु नै येशूको जीवनीमा उल्लिखित सबै चमत्कारमध्ये सबै भन्दा पत्याउन नसकिने चमत्कार हुनेछ ।”

५.कर्नीलियस ट्यासिटस :
उनी प्रथम शताब्दीका एक जना प्रतिष्ठित रोमी इतिहासकार थिए । उनले भनेका छन् “(ख्रीष्टीयन) भन्ने नाम ख्रीष्टबाट सुरु भएको हो, जसलाई राज्यपाल पिलातसले टाइबेरियसको राज्य कालमा मृत्युदण्ड दिएका थिए ।”

६.फ्लेभिएस जोसेफस :
उनी एक फरिसी थिए । उनी इतिहासकार, राजनैतिक अगुवा र सैनिक अधिकारी पनि थिए । उनलाई यहूदीहरुको इतिहास लेख्ने रोमी सरकारले नै खटाएको थियो । उनले “यहूदीहरुको पुरातत्व” – भन्ने प्रख्यात पुस्तक लेखेका थिए । त्यो पुस्तक यहूदी पौराणिक संस्कृतिको विषयमा लेखिएको थियो । उक्त पुस्तकको १८ औँ भागको २३ पृष्ठमा येशू ख्रीष्टको बारेमा निम्नि कुरा लेखेको छ ।
येशूले धेरै वटा आश्चर्यकर्महरु गरेका थिए । उहाँ धेरै बुद्धिमानी र असल शिक्षक हुनुहुन्थ्यो । धेरै यहुदी र अयहुदीले उनलाई पछ्याए । उनलाई ख्रीष्ट भनिन्थ्यिो तर पन्तियस पिलातसले उनलाई क्रूसमा झुण्ड्याए । तीन दिन पछि उनकाे पुनरुत्थान भयो । पुनरुत्थान पछि चेलाहरुले लगातार उनलाई पछ्याइरहे । उनलाई पछ्याउनेहरुलाई उनकै नाउँअनुसार ख्रीष्टियन भनेर भनियो । आजको समयमा पनि धेरै मानिसहरुले उनको शिक्षा र सिद्धान्तलाई पछ्याइरहेका छन् (इ.सं. ९३–९४) ।

७.ट्यासिटस :
(करिब इं.सं. ५६–१२०) उनी प्राचीन रोमका सबै भन्दा प्रख्यात इतिहासकार थिए । तिनले लेखेका पुरुतक “एनल्स”मा इ.सं. १४–६८ सम्म रोमी साम्राज्यमा घटेका घटनाहरुको विवरण पाइन्छ । (येशूको मृत्यु इ.सं. ३३ मा भएको थियो) सम्राट नेरोको कारण इ.सं. ६४ मा भएको ठूलो आगलागीले रोम तहसनहस भएको कुरा उनले लेखेका छन् । तर यस्तो “हल्ला फैलन नदिन ” नेरोले ख्रीष्टियनहरुमाथि दोष थोपरे भनेर पनि तिनले लेखे । तिनले थप भनेः“टाइबेरियसको शासनकालमा राज्यपाल पिलातसले यस (ख्रीष्टियन) नामको संस्थापक ख्रीष्टलाई मृत्युदण्ड दिए ।”

८.स्युटोनियस :
इ.सं. ६९ देखी १२२ पछि ) उनी रोमी इतिहासको बारेमा लेख्ने लेखक थिए । उनी रोमी इतिहासकार थिए । उनले “लाइभ्स अफ सिजर्स” भन्ने पुस्तकमा रोमी साम्रज्यको सुरुका ११ जना सम्राटको शासनकालमा घटेका घटनाहरु लेखे । अनि क्लाैडियसबारे लेखिएको विवरणमा येशूले गर्दा रोममा यहूदीहरुबीच भएको खलबलीबारे उल्लेख गरिएको छ (प्रेरित १८ः२) तिनले यस्तो लेखेः “ख्रीष्टको बिषयलाई लिएर यहूदीहरुले बारम्बार अशान्ति मच्चाए । त्यसैले तिनले –क्लौडियसले) यहूदीहरुलाई रोमबाट देश निकाला गरे ।” (द डिफाइड क्लौडियस) । हुन त स्युटोनियसले येशूलाई अशान्ति मच्चाएको गलत आरोप लगाए । तर तिनले येशूको अस्तित्वमाथि कुनै शंका गरेनन् ।

९.फ्लेभियस जोसेफस :
(इ.संं. ३७–१००) उनी यहूदी पुजाहारी र इतिहासकार थिए । तिनले यहूदी प्रधान पुजाहारी अनानस जोसित राजनैतिक शक्ति पनि थियो । उनीबारे यस्तो लेखेः “(अनानसले) यहूदी न्यायपरिषेदको (उच्च अदालत) बैठक बोलाए,अनि याकूब नाम गरेका व्यक्तिलाई तिनीहरु सामु खडा गराए । यी याकूब ‘ख्रीष्ट’ भनिने येशूका भाइ थिए ” – ज्युइस एन्टिक्विटिज,

१०.ताल्मुद :
ताल्मुद यहूदी धर्मगुरुहरुले तेस्राे शताब्दीदेखि छैटौँ शताब्दीसम्ममा लेखेका किताबहरुको संग्रह हो । यस संग्रहमा येशूका शत्रुहरुले समेत उहाँ वास्तविक व्यक्ति हुनुहुन्छ भनेर स्वीकारेको विवरण पाइन्छ । ताल्मुदको एउटा अंशमा यस्तो लेखेको पाइन्छ, “निस्तार चाडको दिन नासरी येशूलाई झुन्ड्याइयो ।” (बेबिलोनी ताल्मुद, सानहेड्रिन ४३ क, म्युनिक कोडेक्स) यहूदीहरु इसाईहरु थिएनन् तर पनि सत्य घटना भएकाले उनीहरुले यस कुराको उल्लेख गरेका थिए । उनीहरुले आफ्नो इतिहासको पुस्तकमा येशूको बारेमा लेखेका थिए ।

ताल्मुदको यबामोथ भन्ने अध्यायको ४९ पृष्ठमा यस्तो लेखिएको छ, “येशु ख्रीष्ट कन्या मरियमबाट जन्मेका थिए । मरियम एउटी कपाल काट्ने र सृङ्गार गरिदिने महिला थिइन् । विवाह नै नगरिकन बच्चा जन्माएकीले तिनलाई नराम्रो व्यवहार गरियो । यद्यपि मरियम राजा दाउद वशंको एक महिला थिइन् ।”

११.विष्टि इतिहासकार लेकीले यसरी लेख्छन् :
” येशूको चरित्र नैतिक उच्चताको सर्वाेच्च नमुना मात्र नभएर, यसको अभ्यासमा सबैभन्दा प्रेरणादायी पनि छ, अनि यति गहिरो प्रभाव पारेको थियाे कि यसो भन्न सकिन्छ :-
दार्शनिकहरु सबै अन्वेषणहरु अनि नैतिकवादीहरुले उपदेशहरुले भन्दा उहाँको ३ बर्षे छोटो क्रियाशील जीवनको इतिहासले मानवजातिलाई बढी मात्रामा नौलो रुप र नम्रता प्रदान गरेको छ ।”

१३.दार्शनिक जोहन स्टुआर्ट मिल अनुसार :
“येशूको भनाई र जीवनभित्र यस्तो अनन्त जीबन गहिराई भएको ब्यक्तिगत मोलिकताको चिन्ह पाइन्छ, कि जसको कारण नासरतको भविष्यवक्ता, जसको प्रेरणा विश्वास नगर्नेहरुले पनि उहाँलाई विशिष्ट प्रभावशाली मानिसहरुको पहिलो दर्जामा बिराजमान गराउनु पर्छ । जसमा हाम्रा जातिहरुले घमण्ड गर्न सकुन् । यस उत्कृष्ट प्रतिभाशाली व्यक्तिलाई महान नैतिकताको सुधारकको गुणहरुसँग एकाकार गर्दा, एक समय पृथ्वीमा जीवित हुनुभएको, अनि त्यसका कार्यहरुको निम्ति शहीद हुनुभएको जो मानवताको अगुवा र प्रतिनिधी हुनुहुन्छ । उहाँलाई चुन्नुमा धर्मले भूल गरेन, नत आज एक अविश्वसीलाई निराकार नैतिक सिद्धान्तलाई साकार तुल्याउँने जीवन भेट्टाउन सजिलो छ जुन ख्रीष्टले हाम्रो जीवनमा मञ्जुर गर्न सक्नुहुन्छ ।”

१४.रुसो :
आफ्ना साथीहरुसँग शान्तसँग आफ्नो दर्शन प्रचार्दै मर्ने सोक्रेटस्को मृत्यु जोसुकैले पनि मन पराउने खालको हुनसक्छ ; तर सम्पूर्ण राष्ट्रको यातना, घृणा, निन्दा अनि दोष सहेर मर्नुहुने येशूको मृत्यु मात्र कोही पनि डराउने खालको हुनसक्छ र सोक्रेट्सले आफ्नो हातमा बिषको प्याला निएर रुँदै, उसको प्राण हत्या गर्नेहरुलाई आशिष दिएका थिए । तर येशूले सहनै नसक्ने खालको यातनाहरुको बीचमा पनि उहाँलाई निर्दयतासाथ सताउनेहरुको निम्ति प्रार्थना गरिदिनु भयो । हो, सोक्रेट्सको जीवन र मृत्यु कुनै एक महात्माको जस्तो थियो भने येशूको जीवन र मृत्यु परमेश्वरको जस्तो थियो ।

१५. एक गैरईसाई इतिहासकार, जोसेफसले भनेका छन् :
“अब लगभग यही समयतिर, उहाँले आश्चर्यकर्महरु गर्नुहुन्थ्थो, उहाँ एक ज्ञानी मानिस अर्थात येशू हुनुहुन्थ्यो, जसले सिकाउनु भएको सत्यलाई मानिसहरुले खुशीसाथ ग्रहण गर्दथे । उहाँ ख्रीष्ट हुनुहुन्थ्यो,अनि जब पिलातसले हामीहरु मध्ये मुख्य मानिसहरुको रायमुताविक उहाँलाई क्रुसमा टाँगियो, उहाँलाई शुरुबाटै प्रेम गर्नेहरुले उहाँलाई त्यागेनन् । उहाँ तेस्रो दिनमा फेरि देखा पर्नुभयो । ईश्वरीय भबिष्यवक्ताहरुले उहाँको बारेमा यी सब बाहेक अरु दशौँ हजार अचम्भका कुराहरु भने अनुसार नै उक्त घटना घटेको थियो । उहाँकै नाउँबाट बोलाइने ख्रीष्टियन जाति आजको दिनसम्म लोप भएको छैन ।

१६.दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मन्डेला(१९९४ को ईष्टरको अवसरमा भन्नुभएको महत्वपूर्ण भनाई)
“पुनरुत्थान हुनु भएका हाम्रा मसिहले एउटा जातिलाई मात्र छान्नु भएन, एउटा देशलाई मात्र छान्नु भएन, एउटा भाषालाई मात्र छान्नुभएन, एउटा कुललाई मात्र छान्नु भएन तर सारा मावन जातिलाई छान्नुभयो ।”

१७.ई.सं.५२ काे समय तिर इतिहासकार थालसले लेख्दछन् :- “येशूको मृत्यु करिब ३३/३४ ए.डी तिर भयो भन्ने अनुमान गरिन्छ । जब येशू क्रुसमा हुनुहुन्थ्यो तब बाइबलमा उल्लेख गरिएको छ कि त्यहाँ अन्धकार भएको थियो (मत्ती २७ः४५ – अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो ।)

१८- ईश्वी तेस्रो शताब्दीको शुरु तिर एक ईसाई लेखक जुलियस अफ्रिकानसले लेखेका थिए । येशूलाई क्रुसमा टाँगेको समयमा दिउँसै वा मध्यदिनमा नै अन्धकार भएको रहस्यको कुरा लेखिएको थियो । उनले आफ्नो तेस्रो इतिहासको पुस्तकमा “यो अन्धकार छाउनुको कारण सूर्य ग्रहण भनेका थियो । यसकारण क्रूसमा टागेको घटनाबारे रोमका अविश्वासीहरुको माझ केही बर्षभित्रै सनसनाहट फैलिएको थिए । यस कुराले पनि स्पष्ट रुपमा प्रमाण दिदँछ कि येशू क्रुसमा मर्नु भएको थियो । येशू वास्तवमा नै इतिहासमा एक महान व्यक्तिको रुपमा हुनुहुन्थ्यो ।

१९-संसारभरिका मुसलमानहरुले पनि येशू मसिह ईजराएल देशमा जन्मेर,परमेश्वरकाे अगमवक्ताकाे रुपमा असल जीवन बिताउनु भएकाे विश्वास गर्दछन् ।

२०-यसैगरी कतिपय वैज्ञानिक,पुरातात्विक तथा ऐतिहासिक खाेजहरुले पनि हालकाे ईजराएल देशमा येशू ख्रीष्ट(मसिह) हुनुहुन्थ्याे भन्ने कुरा प्रमाणित गरेका छन् – भएका छन् । इसाईहरुले मात्र होइन तर उहाँको विरोध गर्ने विभिन्न मानिसहरुले पनि उहाँ हुनुहुन्थ्यो भन्ने कुराको बारेमा उल्लेख गर्दछन् । उहाँ यस संसारमा जिउँनु भएको र उहाँले आश्चर्यकर्महरु गर्नुभएको र क्रूसमा मर्नु भएको कुरालई विश्वास गर्दछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved