Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सहाना प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्न माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2023

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि सरकारसँग माग गरिएको छ ।

मंगलबार सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिष्ठानको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर प्रधानको नामममा हुलाक टिकट प्रकाशन गर्न आग्रह गरेको हो ।

जीवन पर्यन्त सामाजिक न्याय र महिला मुक्ति आन्दोलनमा संघर्षरत रहेकी प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न आफूहरुले सरकारको ध्यानाकर्षण गराएको पूर्वमन्त्री झाँक्रीले बताइन् ।

उनले प्रधानजस्ता अग्रज व्यक्तित्वका योगदानहरुलाई जीवन्त बनाइ राख्न र आउँदो पुस्तालाई समेत परिचित गराउन प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारमन्त्री शर्माले यस विषयमा विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै सामाजमा योगदान गरेका यस्ता मूर्धन्य व्यक्तित्वहरुको सम्मान गर्नु राज्यको समेत दायित्व रहेको बताइन् ।

कम्युनिष्ट राजनीतिमा झण्डै ६ दशक निरन्तर सक्रिय रहेकी प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्।

त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्। स्वर्गीय प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी हुन्। राणा शासनको अन्त्यका लागि भएको आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा लागेकी सहाना नेपाली राजनीतिमा अविस्मरणीय पात्र हुन् । प्रधानको २०७१ असोजमा निधन भएको थियो ।

याे सामग्री rajdhanilive.com बाट साभार गरिएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved