काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य दल तथा तिनका नेताले खहरे खोलाको संज्ञा दिइरहेको प्रती निरन्तर बगिरहने खहरेखोला नै हो तर फोहोरको डगुंर सहितको गन्हाउने दह नभएको सभापती रवि लामिछानेको जिकिर रहेको छ ।
भक्तपुरको ब्यासी स्थीत भक्तपुर ब्याङ्क्येटमा आज भएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै सभापती लामिछानले उक्त कुरा बताएका हुन् ।

आफ्नो राजनीतिक दलको ठुलाठुला नीति शिद्धान्तको भारी बोकेर अर्कैको नीति,शिद्धान्त चुनाव चिन्हमा भोट मागेर निर्वाचन जित्नु भन्दा संविधानबाद,लोकतन्त्र रगणतन्त्रको रक्षा अनि सार्बभौम नेपाली जनताको आवाजलाई कतै नडगमगाई अबिचलित रुपमा अगाडी बढ्नुनै सबैभन्दा ठुलो नीति र शिद्धान्त रहेको कुरा लामिछानेले ब्यक्त गरेका हुन् ।
आँफु र आफ्नो दलमा लाग्ने जो सुकैले नोटको बिटामा नअल्झिने,कसैको धाक धम्की र दबाब अनि प्रभाबमा नपर्ने, कोही संग नझुक्न र नडराई अगी बढ्ने, कतै इमान गुमाएको दिन एक सेकेन्ड पनि पार्टीमा रहन नपाउने, तुरुन्त कार्बाही गर्ने र एक्लै पर्नुपर्ने भएकाले इमान र सुसंस्कारको राजनीति गर्नेगरी पार्टीकाममा लाग्नुपर्ने समेत बताए ।
पार्टीको जान्नेलाई छान्ने मूल नारा भएकोले कसैको झोले नहुन र स्वार्थकेन्द्रीत मनसाय बोकेर पार्टी काममा नलाग्न साथै अबसरबादीहरु यतीबेला सलबलाएकोले पार्टीपंक्ती सबैलाई सचेत हुन समेत निर्देशन दिएका थिए।
संसदको असल प्रतिपक्षको भुमिका निर्बाह गरिरहेको राम्रो कामको समर्थन र खराब कामको खबरदारी गर्दै आएकोमा सरकारले भ्रष्टचारको फायल खोल्दै जरासम्म नपुगी गिजोल्दै आएको प्रती शंका लाग्न थालेको समेत सभापती लामिछानेले प्रष्ट पारेका थिए।
साेहि कार्यक्रममा बोल्दै रास्वपा संसदिय दलका प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई नै सु सस्कारयुक्त राजनीति गर्न भक्तपुरले सिकाउने र त्यसको शुरुवात रास्वपाले गरेको, परिबर्तन गर्नको लागि आँफै लाग्नुपर्ने भएकाले मिसन ८४ को लागि देशै घण्टीमय बनाउने अभियानमा संगठन निर्माण द्रुत गतिमा अगाडी बढेको कुरा बताए ।
सोही अबसरमा यस अगाडीका नेतृत्वले गरेका राम्रो कामको मुक्तकण्ठले प्रसंशा गर्दै ख्वप्प कलेजले नै भक्तपुरको शिक्षाको ढोका खुल्ला गरेको भन्दै आगामी दिनमा ख्वप्प विश्वविद्यालय घोषणा गर्न सरकारलाई निरन्तर घचघच्याउने कुरा राख्दै पार्टी पंक्ती र शुभचिन्तक कसैले अन्य दलको बिरोध नगर्न,बदला लियर हैन बदलियर जानुपर्ने कुरा राखेका थिए।
नेपाल मजदुर किसान पार्टीको गढका रुपमा मानिएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभा कार्यक्रममा झण्डै एक हजार जनाको उपस्थीती रहको थियो ।
रास्वपा भक्तपुरका जिल्ला संयोजक रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन कार्यक्रमको उद्घाटन सत्रको समापन संगै बन्दसञ्ले सर्बसम्मत रुपमा राजेश सिल्पकारको सभापतित्वमा ११ सदस्यीय भक्तपुर नगर समिती निर्माण भएको जिल्ला संयोजक बस्नेतले जानकारी दिए।
त्यसैगरी समितीको उप सभापतीमा राजेश मरिखु,सचिब सञ्जीब प्रजापती,कोषाध्यक्ष सुमित्रा श्रेष्ठ,सदस्यहरु मनिका नेपाल,क्रान्ति बिक्रम कायष्थ,उविन कायष्थ,सोनिया शिल्पकार,रजिप तुई तुई,मोहन सुवाल,सनिष गोसाईको सर्बसम्मत नेतृत्व चयन भएको जिल्ला संयाेजक बस्नेतले जानकारी दिए।











