मेयर हर्क साम्पाङ धरान नगरबासीका लागि मालिक की सेवक ?
काठमाडौ । संसार बदल्नु पहिला आफू बदलिनु पर्छ, नियम पालना गर्नु आफू नियममा बाँधिनु पर्छ । हाे धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई यसकै उदाहरण हुन् भन्दा फरक नपर्ला ।

धरानबासी नागरिककाे समस्यालाई पारिवारिक समस्या थान्ने हर्कराजले गलत नजिर बनेर बसेकाे राजनीति परिपाटीकाे बिरुद्ध एक दशक लामाे युद्ध लडे । राजनितिक संरक्षणमा सार्वजनिक सम्पतिकाे दाेहन राेक्न बालुवा निकासीका लागि सेउतीकाे बालुवामा रगत बगाएन कि बिजुली अफिसमा धर्ना बसेन ।
आखिर जनजातिकाे छाेरा न हुन् । लिँडे ढिपि गरेर जनताकाे समस्यालाई बाेकेर बेथितिकाे बिरुद्ध चट्टानी अडान राख्ने हर्क अख्तियार नपुगेकाे बिरलै बिषयहरु हाेला तर, आफुमाथि नागरिकले गरेकाे बिश्वासलाई पूरा गर्न रात दिन लागि परे।
सामाजिक सञ्जालबाट आफ्ना समर्थकाे मन जितेका हर्कमा राजनिति गरे, राज्यले आफ्नाे आवाज नसुन्ने निर्णय लिएर निर्वाचनमासमेत भाग नलिएकाे भने होइन, तर राजनिति शक्ति र पैसा अनि ठेकेदारकाे मानिसहरुबाट दबाबमा रहँदा पहिलाे गाँसमा ढुँगा पाए । चुनाब हारे र पनि उसमा रहेकाे सेवाकाे अडानमा भने कमी आएन।
धरानका नागरिकमा हर्कले देखेकाे मुख्य समस्या र जनप्रतिनिधिहरुले पूरा गर्न नसकेकाे पानीकाे हाहाकारकाे मुद्दा लिएर गतबर्षकाे चुनावमा हर्क फेरी स्वतन्त्र उमेदवार बनेर अटाेमा माईकसहित घरघर भाेट माग्न निस्के । उसकाे चुनावी एजेन्डामा मध्ये नगरवासीलाई कुनैपनि हालतमा पानी खुवाउने थियाे । यही अडानलाई कुकेर रहेकाे हर्क प्रतिकाे बिश्वास अन्तत धराने जनताले बिश्वास गरेर भोट दिए । धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भए।
नगरवासीकाे हितका लागि हिजाे सडकबाट माग पूरा गराउन आन्दाेलित हर्क अन्तत तिनै नगरवासीकाे अधिकार दिने निर्णय गर्ने स्थानमा पुगे । चाहे हर्कले बिपि हस्पिटलकाे प्रमुख हाेस या पिउने पानी या त चाेरी निकासीकै हरेकमा भएकाे तिकडम नजिकबाट नियालेकाे हुनाले सबैलाई मिलाउदै नगरवासीकाे झनै प्याराे बनिरहे।
कयौंपटक ती कार्यपालिकाकाे बैठकमा बिबाद र वडा अध्यक्ष सँगकाे मुखामुख अनि विभिन्न शिर्षककाे मुद्दामा जनप्रतिनिधिहरुबाटै असहयाेग भाेगीनै रहे। जनश्रमबाट कयौं मानिसलाई रहरकाे श्रम गराएर आफ्नाे बाचा स्वरुपकाे पानी ल्याउन सफल भए।
जंगलकाे खाली जमिनमा साबुन कारखाना खाेल्छु भन्दा मुद्दामा फसेका हर्क, मुद्दा जितेरै हाँसीहाँसी साबुन कारखाना सञ्चानल गरेर नगरका केही नागरिकलाई राेजगारी दिन सफल मात्र भएन आफ्नै उत्पादनमा नगरवासीलाई रमाउनसमेत सिकाए ।
राजनितिक घेराेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नाे बसमा ल्याउन कयाैँ झमेलामा अल्झेका हर्कलाई एक बर्ष बिताउन जति कठिन रह्याे, आगामि बर्षहरुमा कति सहज कति असहज, त्याे अझै हेर्न र सुन्न बाँकी नै छ तर, हरेकले जे जति गरे र गर्न चाहन्छ त्याे सब राजनितिक छायाँ भित्र बसेर राज्यकाे ढुकुटी दाेहन गर्ने तर, नागरिककाे सेवा र सुविधामा सङ्कत थप्ने परिपाटीकाे अन्त गर्नु नै हाे।
हिजाे पनि उनी सञ्जालबाट आफुले गरेकाे हरेक कामकाे जानकारी गराउँथे र आज पनि, एक टेलिभिजन अन्त्रवार्तामा उनले भनेका थिए ” मलाई यही सञ्जालकाे माध्यमबाट नगरवासी माझ नजिक बनायाे । भने सञ्जाल म कदापि छाेड्न सक्दिँन “।
ब्रिटिस आर्मी परिवारकाे हर्कलाई के धरानमा मेयर बन्नु नै ठुलाे कुरा थियाे त? उनले आफू र आफ्नाे परिवारका लागि धन आर्जननै गर्नु थियाे भने ठुलाे कुरा थिएन तर, हर्ककाे भित्रि हृदयमा रहेकाे अठाे नै धरान बनाउने थियाे र अहिले हदसम्म बनाएरै सत्य सावित गरिदिए ।
गर्याे भने के गर्न सकिन्न?
भन्ने कुराकाे एउटा उहाहरण हर्कले धरानवासीकाे लागि पानी ल्यायरै देखाए । त्याे पनि नगरकाे बजेटबाट भन्दा जन श्रमदानबाट, हर्ककाे पात्राेमा शनिबार छैन । शनिबारलाई श्रमबारमा परिणत गरेका हर्क हरेक शुक्रबार पछिकाे दिन श्रम गर्न जनश्रमदाताहरुसँग हातमा औंजार लिएर मैदानमा उत्रन्छन्।










