Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्ड पत्नी सीता, प्रचण्डका लागि बनवासदेखि बालुवाटारसम्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2023

यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ। उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन्। तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ। पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन।

आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन्। संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए। सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे।

पुष्पकमलको गरिब किसान परिवार भए पनि धनीकी छोरी विवाह गर्ने भनेपछि दोहोरा बाजासहित पुष्पकमल र सीताको विवाह भयो। विवाह भएको केही समयमा नै श्रीमान् काठमाडौं पढ्न गएपछि सीताको जीवन त्यसै उदास बनेजस्तो हुन लाग्यो। तर केही समयमा नै छोरी जन्मेपछि एकातिर सीतालाई साथी भइन् छोरी भने अर्कातिर छोरो पाउन नसक्ने बुहारीका रुपमा सीताले मनोवैज्ञानिक बुहार्तन खेप्न बध्य हुनुपर्यो। छोरा वा छोरी हुने कुरा महिलामा नभएर पुरुषको क्रोमजोमको अवस्थाले निर्धारण गर्ने कुरा हो भन्ने कसैलाई थाहा पनि थिएन। त्यसमाथि लगातार ३ वटी छोरी भए सीताका। त्यसको पीडा सीता दाहालले स्वयं बताएबाट स्पष्ट हुन्छ।

कान्छी छोरी जन्मेको बर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन एक तमासले निरसिलो त बन्ने नै भयो । त्यसमाथि दाहाल परिवारमा पढे लेखेको, सबै परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो अवोध दाहाल परिवार। त्यसको पहिलो मार पनि सीतालाई नै पर्यो। पुष्पकमललाई घरबाट छुट्याइदिएपछि पुलिसको दमनबाट जोगिन्छ कि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई  छुट्याइदिए। पहिले ८–१० जनाको गुलजार परिबार अब ४ जना भन्ट्याङभुन्टुङका साथमा सीता एक्लै भइन्। श्रीमान त प्रहरीको खोजीमा परिसकेका थिए। तर  पनि हरदम छायाँका रुपमा प्रचण्ड सीतासँगै थिए। त्यस्तो अवस्थामा सीतालाई माइतीले भरथेग नगरेको भए के हुँदो हो भन्ने गम्भीर प्रश्न प्रचण्डले नै गरेबाट स्थिति कति दयनीय रहेछ भन्ने स्पष्ट हुन्छ।

तर गतिशील स्वभावका धनी पुष्पकमलले घरबाट छुट्टिएको दुई वर्षमा नै आफ्ना लालाबालासहित सीतालाई भरतपुर सारे। त्यसले सीताको जीवनमा एक्लोपन हट्यो, तर शारिरीक श्रम र बच्चाबच्ची हुर्काउने जिम्मेवारीको जाँतोले झन अँठ्याउन थाल्यो । यसो गर्दागर्दै २०४६ साल आयो। बच्चाबच्ची अलिक ठूला भए। सीता पनि अब श्रीमान्सँग कहिल्यै नछुट्टिने गरी काठमाडौं आइपुिगन्। त्यो अलिक खुला र सहज समय पनि चार बर्ष भन्दा धेरै हुन पाएन । पुष्पकमल दाहाल, प्रचण्ड बनिसकेका थिए। उनले संसारै हल्लाउने जनयुद्धको शङ्खघोष गरेर आफ्नै परिवारभित्र समेत नयाँ सङ्कट निम्त्याइ दिए।

शान्ति प्रक्रिया र पार्टी राजनीतिका उखाडबाखड छल्दै शिखरतिर अघि बढीरहेको जिन्दगीले जवान छोरा छोरी गुमाएर आफैं असाहय जस्तो अवस्थामा बन्ने स्थिति एक विडम्वना त हुँदै हो । त्यसमाथि पनि एक गृहणी महिलाको तिलस्मी कथा पनि हो यो । यो कथालाई अनेक ढङ्गले लेख्न सकिन्छ । तर संयोगले मलाई त्यो अवसर प्राप्त भयो कि उहाँसँग मैलै मात्र टेलिभिजनका लागि अन्तर्वार्ता गर्न पाएछु । फेरि मेरो चाहना मैले मात्र उहाँको अन्तर्वार्ता गर्नु पर्छ भन्ने पनि थिएन् । त्यसो गर्न सम्भव पनि हुँदैन्थ्यो । सीता दाहाल कहिल्यै मिडियाक्रेजी भएको पनि देखिएन । अझ मिडियामा त कतिसम्मको व्यंग्य हुन्थ्यो भने नेपालमा सीता दाहाल र भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मुस्कान देख्न सकिंदैन । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असंख्य पीडा सहन सक्ने महिला हुनुहुन्थ्यो । तर सीता दाहालको राजनीतिक चेत र थर्ड सेन्सका बारेमा स्वयं प्रचण्डले धेरै कुरा बताइसक्नु भएको छ ।

तसर्थ यो पुस्तक कस्तो हो भन्ने बारेमा म आफैं अन्योलमा छु । पहिले मैले छुट्टै ढङ्गले लेख्ने योजना बनाएकी थिएँ । जब सीता दाहाल विरामी हुुनुभयो, त्यसपछि मलाई लाग्यो उहाँको जीवनी उहाँकै भाषा र लवजमा उतार्नु बढी स्वाभाविक होला भन्ने लाग्यो । त्यसो गर्दा उहाँको न बढाईंचढार्ई हुन्थ्यो न त उहाँले आफ्ना बारेमा बोलेका कुरा नै काटिन्थे । तसर्थ, सीता दाहालको जीवन कथा एक सङ्घर्षशील ग्रामीण महिलाको कथादेखि देशको प्रथम महिलाको दुःखको बृत्तान्त पनि हो । त्यसमाथि सीता दाहालका श्रीमान् प्रचण्डको सीताप्रतिको सवाल जबाफले तत्कालीन नेपाली समाजको चित्रण गर्नेदेखि एक जना इमान्दार श्रीमानको श्रीमतीप्रतिको इमान्दारिता र कोमलताको अन्तस्करणको आवाज पनि प्रकट भएको छ ।

छोटोमा भन्दा कास्कीको तत्कालीन ढिकुरपोखरीको सम्पन्न किसान परिवारमा जन्मेकी एकजना केटी जवान नबन्दै तराई (चितवनवासी) बन्न पुगिन्। उमेर १६ टेक्दानटेक्दै अलिक गरिब किसानको एक जना सार्है तीक्ष्ण बुद्धिको केटासँग विवाह बन्धनमा बाँधिएर सीता दाहाल बुहारी बन्न पुगिन् । बुहारीले व्योहर्ने बुहार्तन सहँदै श्रीमान्ले चालेका सबै कदममा साथ दिंदै अघि बढिन् । ३ छोरी र १ छोराकी आमा सीताले चाहे अनुसार बच्चाबच्चीलाई पढाउन सकिनन् । त्यसमा सीताको भन्दा उहाँका श्रीमानले लिएको राजनीतिक बाटो नै प्रमुख बाधक बन्न पुग्यो ।

विवाह भएदेखि झण्डै २५ वर्षको लावारिस जस्तै लाग्ने जिन्दगीबाट सीता दाहाल पनि श्रीमानसँगै राजनीतिक विद्रोही मुख्य नेताकी पत्नीका रुपमा बदलिएर श्रीमानसँगै हरक्षण रहन पुगिन् । पार्टीको जनमुक्ति सेनाले भन्दा बढ्ता जनयुद्धका सुप्रिम कमाण्डरको सुरक्षा कवच बन्ने अवसर समेत स्थितिले सीतालाई नै सुम्पिएको देखिन्छ।

दुई दुई पटक देशको प्रथम महिला बनेकी सीता नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलन एकीकृत हुँदै गर्दा आफ्नो पहिलो र अन्तिम गरेर दुई सन्तान गुमाएकी एक अभागी आमा बन्न मात्र विवश हुनुभएन कि नयाँ परिवेशको स्वाद चाख्ने अवसरबाट समेत बञ्चित भएको कथा नै सीता दाहालको नाम हो।

४ भाई र दुई दिदि बहिनी मध्येकी सीता श्रीमान् तर्फका ६ नन्द र दुई भाईहरुको परिवारकी सदस्य बनेर निकै ठूलो नाता सम्वन्धको जालोमा सत्चरित्र र सत्यका पक्षमा सतीसाल जस्तै खडा हुने महिलाको नाम पनि हो सीता दाहाल ।

प्रचण्ड पत्नी सीताकी आमा हरिकला पौडेलको ८६ वर्षको उमेरमा २०७१ साउन ९ गते निधन भइसकेको छ । त्यसो त अहिले भन्दा १६ वर्ष पहिले नै उनका पिता महेश्वर पौडेलको पनि निधन भइसकेको छ । तर स्थितिले आज सीतालाई जुन अवस्थामा खडा भएपनि सरदर नेपाली महिलाका सन्दर्भमा एक भाग्यमानी र कीर्तिमानी महिला अवश्य नै हुन् । त्यही कथा उहाँको आफ्नै कथनमा यहाँ प्रस्तुत गरिएको छ ।

हो, मैलै इमान्दारीपूर्वक पाठकलाई भन्नै पर्छ म बढ्ता लेखक भन्दा उहाँकै कोही निकटस्थ आफन्त जस्तै भएछु । उहाँलाई दुख्दा मलाई पनि दुख्न थालेको थियो । तर मेरो स्वभाव र बानीका कारणले मैले त्यस्तो कहिल्यै व्यक्त गर्न भने चाहिन् । त्यसको एकमुष्ठ उहाँप्रतिको सहयोग वा सम्मान यही पुस्तिका बन्ला कि भन्ने मेरो आशा छ । त्यसो भएमा मेरो पनि कर्तव्य पूरा भएको ठान्नेछु । फेरि पनि तत्कालीन समाजको नेपाली महिलाहरुको कथादेखि वर्तमानसम्मको महिलाहरुको स्थितिलाई सङ्केत गर्ने एउटा दस्तावेज यो पक्कै पनि हो ।

(सीता दाहाल– प्रचण्डकी जीवनसंगीनी, नामक पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved