यू.ए.ई. समाचारदाता-२ जून ,अबुधाबी । यूएई सरकारले आज विशेष विमान मार्फत १५० भेंटिलेटर, ट्रलि, मास्क सहित १२ टन जति स्वास्थ्य सामाग्री नेपाल पठाएको छ। नेपाली दुताबास अबुधाबीका अनुसार दुताबासको कुटनीतिक पहलमा यू.ए.ई. सरकारले स्वास्थ्य कर्मी र कोरोना संक्रमितको उपचारको निम्ति यति धेरै स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गरेको हो।
सबै बिरामिको निम्ति उत्तिकै उपयोगी भेंटिलेटर एउटा लाई बीस लाख नेपाली रुपियाँ पर्ने जनाईएको छ। नेपालीहरु लाई कोरोना भाईरसले पिरोलीरहेको बेला यू.ए.ई. नेपालीको सहायक बनेको छ। स्वास्थ्य सामाग्री आज नै नेपाल पुगिसकेको छ । नेपाल लाई सहायता गर्ने खाडिको पहिलो देश यू.ए.ई.लाई नेपाली दुताबास यू.ए.ई. का राजदूत कृष्ण प्रसाद ढकालले धन्यबाद दिएका छन्।










