काठमाडौं। पछिल्लोसमय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा सुमन परियारको “पाईला पाईला ठेस कठै मेरो देश” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यती बेला सुमनको गीत चर्चा बटुल्ने क्रममा मात्र छैन मागी खाने भाँडो समेत भएको छ।
गीतमा देशको चिन्ता र मायालाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। सुमनको गीत यता हेर्ने हो भने धर्मको कुरालाई लिएर बिबादमा पनि मुछिएको छ। सुमन परियारको गीतको भिडियोमा क्रिस्चियनले धर्मको नाममा मान्छे किनबेच गरिएको पनि हामीले देख्न सक्छौ। क्रिस्चियनले धर्मको नाममा मान्छे किनबेच गरिएको भन्ने भाव देखाए पछि क्रिस्चियन धर्मावलम्व्यविहरुले आक्रोश पोखेका छन्।

साेहि गीतकाे बिषय लिएर राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी सि गहतराजले समेत नेपालिभाषी समस्त ख्रीष्टियनहरुकाे बिषयमा विश्वभर गलत सन्देश र भ्रम शिर्षजना गरेकाेहुनाले साे गीतबाट ख्रीष्टियनहरुकाे बिषयगत सामग्रि हटाउन आग्रह गरेकाे छ।
सुमन परियारको शब्द/संगीत रहेको “पाईला पाईला ठेस कठै मेरो देश” बोलको गीतको यति बेला ब्यापक चर्चा छ। गीतमा सुमन परियारको एकल आवाज रहेको छ भने सुमन परियार, क्रिस्टल सापकोटा र सुजन कोईराला फिचरमा छन। गीतको एरेन्ज बिस्वास नेपालको रहेको छ।
जेरी भण्डारीको निर्देशन छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन सुजन कोइरालाले गरेका छन्।










