*आफुलाई बचाईदिन शुशिलाको आग्रह।*
*असारमा मृगौला प्रत्यारोपण गर्नुपर्ने डक्टरको भनाई-*
२३ जुलाई अबुधाबी
कृष्ण कुँवर (कर्नेलियस)
शुशिला श्रेस्ठले आफ्नो उपचारमा सहयोग गरि आफ्नो प्राण बचाईदिन आग्रह गरेकी छिन्। ।

खोटाङ दिप्रुङ चुईचुम्बा गाउँपालिका ४ बतासे साबिक बतासे २ की ३५ बर्षिय सुशिला सानै उमेर देखी धरान् ५ देउरालीमा बस्दै आएकी थिईन्।
बिगत चार बर्ष देखी श्रेष्ठको दुबै मृगौलाले काम गर्न छोडेपछि बि.पि. अस्पताल् धरान् मा उपचार गराईरहेकी थिईन्।
बी. पी. अस्पताल् ले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर रेफर गरेपछि बिगत १ बर्ष देखी सोही अस्पतालमा डाईलोसिस् गराईरहेकी छिन्।
काठमांडौमा दिदीसङ्ग बस्दै उपचार गराईरहेकी शुशिलाको बूबाआमा खोटाङमा खेतिकिसानी गर्छन् एकजना भाई धरान् मा बस्छन् ।
शहिद् धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले शुशिलालाई मृगौला प्रत्यारोपण गर्न आबश्यक् भएको भन्दै- मानब शरिरको अंग प्रत्यारोपण ऐन २०५५ को दफा १५ को उपदफा १ को खण्ड (क) बमोजिम प्रमाणित गरेको छ।
शर्मिला तामाङले उनलाई मृगौलादान् दिनेभएपछि डक्टरको सल्लाह अनुसार असार महिनामा मृगौला प्रत्यारोपण गर्नुपर्ने तर आर्थिकअभाब भएको बताएकी छिन्।
डक्टरले छ देखी दश-लाख रुपियाँ तयारी गर्नुपर्ने बताएपछि आफुसङ्ग उपचार गर्ने पैसा नभएकोले सबै देश बिदेशमा बस्ने नेपाली हरुसङ्ग आफुलाई (9823091101)सहयोग गरेर प्राणदान् गरिदिन आग्रह गरेकी छिन् । (9840922600)मा कल गरेर पनि पिडितका लागि सहयाेग गर्न सकिने जनाएको छ।










