ममि मलाई मेरो जन्म दिनमा मोटरसाइकल चाहिन्छ सोह्र बर्षीय छोराले आफ्नो आमा इन्दिरा लाई भन्यो: तैले मोटरसाइकल त राम्रोसँग चलाउन जान्दछस छोरा? आमा इन्दिरा ले अचम्म मान्दै भनिन्।
आउँछ ममि मैले स्कुलमा साथीको मोटरसाइकल सिकेको छु। तपाईंले मलाई एउटा मोटरसाइकल मात्रै ल्याइदिनुस म चलाएर देखाइदिन्छु। “खुशी हुँदै छोराले भन्यो।”
उम्रदैको तिनपात भर्खर See दिएर बसेको छस, आफै कमाउने आफै चड्ने अब १६ बर्ष पनि पुगिस नागरिकता बनाइदिन्छु प्लस टु पढ्न थालेपछि काम गर्दै पढ्ने, कामको पैसाले मोटरसाइकल किन्ने जागीर खाने पेट्रोल हाल्ने जे मनलाग्छ त्यही गर्नु। बुबा रमेश ले भने।

“छोराले मोटरसाइकल चलाउन जान्दछु भन्दै छ त, तपाईंले पनि जतिबेला पायो त्यतिबेला यसलाई कराउनुहुन्छ, यो बेला नचडेको मोटरसाइकल कहिले चड्छ त? छोराले रहर गरिगयो जानुस् न गएर एउटा मोटरसाइकल लिदिनुस। छोराको ममिले भनिन्।
रहर गरिगयो रे?
यसको नागरिकता बनाएको छैन लाइसेन्सको त झन अत्तोपत्तो छैन त्यसैपनी सरकारले उमेर नपुगेका बालबालिकालाई सवारी चलाउनको लागि रोक लगाएको छ। बुबा रमेश ले भने।
“तपाईंले आफ्नो उपदेश आफैसँग राख्नुहोस, छोरा ठूलो भैसक्यो, पर्सि क्याम्पस जानलाई पनि त एउटा साधन चाहिन्छ।… खुरुक्क भरै साँझमा छोरालाई लगेर सोरुमबाट एउटा मोटरसाइकल झिक्दिनुस। ममि इन्दिरा ले भनिन्।”
बुबा रमेश ले लाखौं पटक सम्झाउने कोशिश गरेपनि अन्ततः छोराको जन्मदिनमा मोटरसाइकल किनाएरै छाडे। मोटरसाइकलको पुजा गरियो र छोराले आफ्नो साथीहरूलाई मोटरसाइकल देखाउन र पार्टी दिनलाई घरबाट निस्कियो।
“हेर न इन्दिरा अहिलेसम्म छोरा घरमा आएको छैन। आधारात सम्म छोरा घरमा नआएपछि मनमा चिन्ता गर्दै बुबा रमेशले श्रीमती इन्दिरा लाई भने।”
“आइहाल्छ नि कति चिन्ता गर्नुहुन्छ, चुपचाप सुत्नुहोस न अब हाम्रो छोरा पनि ठूलो भैसक्यो। इन्दिरा ले भनिन्। इन्दिरा ले भन्दै गर्दा फोनको घण्टी बज्यो। उनले फोन उठाइन कुरा गरिन, हातखुट्टा कमाउदै भुइँमा बसिन, किनकि फोन प्रहरीको थियो छोराले हाईवेमा तिब्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा गाडीमा ठोकियो, उसलाई धेरै चोट लागेको थियो।
आमाबुबा दुबै अस्पतालमा पुग्दा छोरा जीवन र मृत्युसँग लडिरहेको देखे। आमा इन्दिरा ले छोराको जिद्दीपनमा बुबालाई भनेर बुबाले लाखौं पटक सम्झाउदा पनि नमानेपछि मोटरसाइकल किनाएरै छाडेकी थिइन। उनलाई अहिले आफ्नै खुट्टामा आफैले बन्चरो हानेको महसुस भएको छ।
सरकार गलत होइन उसले बनाएको नियम हाम्रो सुरक्षाको लागि हो। त्यसैले आफ्ना नाबालक छोराछोरीलाई सवारी सुम्पनु अघि एकपटक सोचौं ताकि तपाईंको लाडप्यार र उनिहरुको जिद्दीपनले तपाईंको खुट्टामा बन्चरो प्रहार नगरोस्।।
शन्ताेष कार्कि










