काठमाडौं।नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुँदा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो ।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो ।
यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भीषण वर्षा पछि पुरै खेल नखेली समूह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए ।पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो ।










