Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमाकाे मायाँ नपाएकाे मलाई मातातिर्थ औँशि सँधै तुवाँलाेले ढाकेकाे आकाश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2023

दिपेश श्रेष्ठ ,

हरेक बर्ष आजैको दिन मलाई फेसबुक, टिकटक र टुईटर जस्ता सामाजिक संजाल चलाउनै मन लाग्दैन । यस्ता सामाजिक सञ्जालहरुमा सबैका आमाकाे तस्बिर र आमासँगै रमाएकाे तस्विरहरुले मन नरमाइलो बनाइदिन्छ ।

त्यसैकारणले सकेसम्म सामाजिक संजालमा अरु दिनभन्दा आजकाे दिन खासै सकृय रहन्न । यो मेरो हरेक वर्षको पीडा हो ।

आजको दिन सबैले आफनाे आमालाई भेट्नेगर्छन् । मिठो मसिनो खुवाउँदै आमालाई उपहार दिनुका साथै धार्मिक स्थल लगायत रमणिय स्थानहरुमा घुमाउन लैजाने गर्छन् ।

तर, मेराे भने हरेक बर्ष याे दिन अलिक फरक तवरले बित्ने गर्दछ । कहिल्यै आकृति समेत नदेखियकाे मेराे आमालाई सम्झिएर म मेराे भावनाहरु लेख्दैछु ।

आमा… !
मैले यो शब्दलाई कहिल्यै सम्बोधन गर्न पाइन । आमा भनेर हृदयबाट कसैलाई बोलाउन सकिन । कति अभागी रहेछु । आमा शब्द आफैंमा कति गहन छ अनि कति महान पनि ।

एउटा व्यक्तिले आफ्नो जीवनबाट आमा गुमाउनु पर्दाको पीडा कति हुन्छ त्यो सायद सबैको कल्पना भन्दा निकै बाहिर हुन्छ । हुन त म जन्मदै एकलाे बनाएर गए पनि अरुकाे आमा र तिनकाे छाेराछाेरी बिचकाे प्रगढ मायाँ देखेर मलाई तपाईको यादले झस्काउँछ।

हरेक बर्षकाे मातातिर्थ औंसीको दिनमा झनै बढि आमाकाे कमि महसुस गर्दछु । सबैले आजको दिन आफ्नो आमाको लागि खर्च गरेका हुन्छन् । सकेसम्म सबैले आफ्नो आमालाई भेटेर आर्शिवाद लिने गर्छन् तर, मैले त तपाईको तस्विर अगाडी बस्ने अवसर समेत पाईन ।
केही बर्षदेखि म संचारकर्ममा छु । यी बर्षहरुमा मैले धेरैकाे तस्बिर र भिडियोहरु कैद गरेकाे छु । तर, भारि मनका साथ भन्नू परेकाे छ आफ्नै आमाको एउटा तस्बिरसम्म मेरो साथमा नहुँदाको पीडाको आकार म यो लेखनीमा उर्तान सक्दिन ।

म ७ दिनको हुँदा मैले मेराे आमालाई सदाको लागि गुमाए । मेराे आमा समान दिदिहरुले मलाई हुर्काउनु बढाउनु भयाे भने मलाई अहिलेकाे अवस्था सम्म आउन प्रेरणा र शिक्षककाे अनि असल बुबाकाे आशिर्वाद रह्याे। त्यतिबेला त म  सानाे थिएँ । त्यो पीडाले मलाई खासै छोएन पनि होला । अहिले जति उमेर बढ्दै गएको छ उति नै मलाई शुन्यता र अभिभावकत्वको कमि महशुस हुन्छ । आमा विनाको जीवन म भोगिरहेको छु । आमा नहुँदाको एक्लोपन अनि रङ्गहीन लाग्ने जीवन । म आफुले आमाकाे अनुभव गर्न, त्याे साै भागय गुम्याे तर कराेडाैँ आमाकाे सन्तानहरुले आमा र सन्तान बिचकाे मायँ देखेर महसुस हुन्छ कि आमाकाे मायाँ त यस्ताे रहेछ।

मेराे आमाले मलाई पाँचौ सन्तानको रुपमा यस धार्तीमा जन्म दिनु भएको थियो । त्याे सङ्घर्षकाे दिनहरु छिचाेल्दै टुहुरा टुहुरि छाेराछाेरीकाे स्याहार चाकरमै रमाउनु भएकाे मेराे बुबा महान हुनुहुन्छ ।

पढियाे बढियाे ब्यवहारिक जीवन त जिइरहेकाे छु तर पनि हरेक बर्ष आजकाे दिनले मलाई धेरै फरक अनुभुत गराउँछ। अहिले मेराे छाेरा छाेरीले उनिहरुकाे आमा ( मेरी श्रीमती ) लाई आमा भनेको शब्द सुन्दा र आमाले सन्तानलाई दिएको प्रेम देख्दा मलाई निकै लोभ लाग्छ । बाँचुन्जेल भौतिक सुख, सुविधा दिन सकिन। आज मेरी आमा मसगैं भएको भए म कति खुसी र सुखी हुन्थे होला भन्ने मनमा जागि रहन्छ।

संसार हाे यहाका हरेक मानिस स्वार्थि छन् र त्यसमा म पनि पर्दिँन भन्न सक्दिन साचै आमा हुनेलाई भन्दा आमा गुमाउनेलाई आमाको महत्व बढि् नै हुदो रहेछ ।

कहिले काहि मन हतास र निराश हुँदा आमाको तस्विर हुँदो हो त म पनि त्यहि तस्बिरपनि मन अल्मल्याउने अमुल्य बस्तु हुन्थयाे । मेरा साथीहरु भन्छन् – ‘आमाको मायामा जादु हुन्छ । आमाको काख र साथ स्वर्ग हो । अनि उनीहरुको अनुहारमा छचल्कने खुशी, आफूमा खोज्दछु तर पाउँदिन । आमासँगका तितामिठापलहरु मेरो सम्झनामा छैनन् । किनकी आमाको स्वर्गबास हुँदा म केवल सात दिनकाे थिएँ ।

आमा विनाको हरेक वर्षको मेरो मातातिर्थ औंसी फिक्का भएको छ अनि मुल्यहिन पनि । यद्यापि आमाले उपहार स्वरुप दिएर जानुभएको मेरो जीवन बाँकी छ । यो बाँकी जीवन आमाप्रति श्रद्धाभावका साथ समर्पित हुदै सकारात्मक तथा उर्जाशिल जीवन बनाउनु छ , जसमा मेराे आमा र बुबा दुबैकाे एकल  सहारा बुबा हुनु हुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved