म बामे सर्दै गरेको
चौकी र मझेरीहरु
मेरा राजमार्ग थिए
म निर्विघ्न हिँड्ने
खुला सडकको

तातेताते गर्दै
बाको हात समातेर हिँड्ने 
पिढीँ र आँगन
मेरो ब्रह्माण्ड थिए
खुर्र खुर्र दौडने
मेरो सडक
जहाँ म बाको बोलीमा
लोली मिलाउँदै
मेरै भाषामा गीत गाउँथे ।
आज सन्त्रास लाग्छ
आज हतास लाग्छ
मेरो जीवनको गोरेटो
आफै कोर्न समर्थ छु
ठुला ठुला राजमार्ग
छिचोल्न सक्छु
कोर्न सक्छु
तर म सडकमा गुनगुनाउँदै
मेरो गीत गाउन असमर्थ छु
किनकि मेरो किलकिले
पराईले अठ्याएको छ
लाग्छ छारे रोगको विरामी जस्तै
जताजतै पछारिएको छु
यो विश्व जगतमा
र
मेरो सडकको गीतमा
सैन्सर लगाएको छ
मेरो अनन्य मित्रले ।










