यो देश राजा ले बनाएको रे …
कुन राजा ले बनाएको यो देश ?
गोपाल बंशी राजा ?
महेशपाल बंशी राजा ?
किराँती राजा ?
लिच्छवि राजा ?
मल्ल राजा ? …..
अनि शाहा हरुको उदय
— कुन राजा ले बनायो यो देश ? भारत को मुगल हरुको खेदाइ बाट बच्न नेपाल छिरेको कथित पृथ्वीनारायण शाहा भनौंदो त नेपाली शाशक इतिहास को सबैभन्दा नयाँ शाशक हो त ,जस्को इतिहास जम्मा २५० बर्ष पुग्दैछ ,अनि २५० बर्ष भन्दा अगाडि नेपाली हरुको इतिहास छैन त ? जबकी नेपाल र नेपाली हरुको इतिहास ५ हजार बर्ष भन्दा पुरानो रहेको इतिहास ले छर्लङ्ग पार्छ भने हिजो अस्ति २५० बर्ष अगाडिको इतिहास बोकेको आगन्तुक हरुले कुन अर्थमा देश बनायो ?
—-
खास मा देश – ( हाल को नेपाल ) बनाउने हरु को हरु हुन् त ?
= वास्तवमा यो देश बनाउने यहाँ का पहाडी आदिवासी भुमिपुत्र ( indigenous ) र तराईमा थारु, मदेशी ,धिमाल ,मेचे ,कोचे ,राजबंशी हरु हुन् , कसै संग नेपाल को इतिहास बाइसे ,चौबिसे राज्य भन्दा अगाडिको इतिहास छ भने ल्याउँदा हुन्छ अनि बाइसे चौबिसे राज्य का राजा मालिक हरु मगर ,गुरुङ ,तामाङ ,राई ,लिम्बु हरु थिएनन् त को थिए ? जबकी पिन शाहा को उदय भन्दा हजारौं हजार बर्ष अगाडि यहाँ मानव बस्ती बिकास बाटो ,सभ्यता , भासा, लिपि बिकास भैसकेको थियो , अझ अरुण पुर्ब फेदाप – लिम्बुवान मा त त्यो बेला लिम्बुवान संग टक ( मुद्रा ) छाप्ने अधिकार सम्म आफ्नै थियो,लिम्बुवान राज्य के हो होइन त्यो बुझ्न धेरै टाढा पुगिरहन पर्दैन हिजो अस्ति राजा महेन्द्र को २१ साला को लिम्बुवान किपोट विधि बिधान अध्यन गरे पुग्छ ,

तराई को गर्मीमा औलो खेपेर घना जंगल लाई खेतियोग्य मानव बस्ती बनाउने मदेशी, थारु,धीमाल ,राजंशी ,मेचे ,कोचे हरु हुन् , तराईमा पहाडी हरु बसोबास गर्न थालेको त हिजो अस्ति महेन्द्र को नयाँ भुमिसुधार पछि हो ……
पहाड मा खोरिया फाँडेर मानव बस्न योग्य बनाउने पहिलो बासिन्दा नाक थेप्चे ( मंगोलाइड ) हरु नै हुन् ,
— र नेपाल बनाउने सन्दर्भमा झनै नेपाल त पृथ्वीनारायण शाहा ले बनाएको हुँदै होइन किनभने त्यो बेला केबल काठमाडौं लाई मात्रै नेपाल भनिन्थ्यो र ( नेपाल ) काठमाडौं त गोपालबंशी ,किराँतकाल ,लिच्छविकाल तिर नै पुर्ण रूपमा बिकास भैसकेको देखिन्छ, र (काठमाडौं उपत्यका ) नेपाल को इतिहासमा सबैभन्दा बिकास भएको मल्लकाल मा हो, र चारैतिर को आफ्नो भन्दा विकसित राज्य सत्ता आफ्नो बनाउने मोह मा अनेकौं छल कपट ,जाल झेल गरेर हडपेको राज्य सत्ता लाई राज्य एकीकरण होइन राज्य बिस्तार भनिन्छ ,पृथ्वीनारायण शाहा ले गरेको भनिएको त्यस् राज्य बिस्तार हो एकीकरण होइन ,राज्य एकीकरण को अर्थ दुई राज्य बिचको बराबरी सम्झौता ,सन्धि लाई एकीकरण भनिन्छ ,जाल झेल कपट बेइमान गरेर धोखेबाजि मा हडपेको भुमी लाई एकीकरण होइन ,लालचपन को राज्य बिस्तार भनिन्छ ,त्यसैले राज्य एकीकरण र राज्य बिस्तार को परिभाषा फरक फरक हुन्छ , त्यसैले हिजो अस्ति २५० बर्ष देखि एता इतिहास बोकेको जुम्ली साइकल मा पुरानो प्रेसर कुकुर बनाउदै हिंड्ने राउटे ज्ञानेन्द्र शाही भन्ने जस्ता हरुले हाम्रो अगाडि देश बनाएको र राष्ट्रियता को बारे बोक्रो आदर्श नफ्याँक्दा हुन्छ , र अर्को कुरा यलम्वर पाला मा फैलाएको विशाल नेपाल टिस्टा ,कांगडा लाई पुर्ब मेची र पश्चिम् माहाकाली सम्म खुम्च्याउने हरु शाहा बंशिय राजा – माहाराजा हरु नै हुन् ,
अझ मेरो बंश ले देश बनाएको रे ,, फटाह 😀










