काठमाण्डौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच बालुवाटारमा भएको भेटमा पार्टी एकताको सहमति बनेको हो ।
यस अघि निर्वाचनमा पनि दुवै दलले एउटै चुनाव चिन्हमा भाग लिएका थिए । एकतापछि पार्टीको नाम नयाँ राख्ने विषयमा समेत छलफल भएको छ ।

आज माओवादी केन्द्रको पदाधीकारी बैठक बसेर नेसपासँग पार्टी एकता गर्ने प्रस्तावमा छलफल हुनेछ । त्यसै गरी भोली नेसपाको बैठक बसेर पार्टी एकताको बिषयमा निर्णय हुनेछ ।
एकतापछि पार्टीको नाम नयाँ राख्ने विषयमा समेत छलफल भएको छ










