Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्जेन्टिना बारे नेपालमा फैलाएकाे भ्रम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2022

– सुरेशचन्द्र पाेखरेल

जतिखेर विश्वकपको चर्चा सुरूहुन्छ त्यतिखेर नेपालमा र नेपालबाहिर रहेका केही साथीभाइले अर्जेन्टिना र नेपालको सम्बन्धका बारेमा तथ्यहीन र भ्रामक कुरा सामाजिक सञ्जालमा लेखेर अर्जेन्टिनाका फ्यानलाई चोट पुर्‍याउने काम हुन्छ ।

यो छोटो आलेख पनि त्यही कुरामा केन्द्रीत छ ।

ती साथीभाइले फल्कल्याण्ड टापुमा भएको युद्वलाई स्मरण गर्दै, अर्जेन्टिनाले नेपाललाई शत्रुको दृष्टिले हेर्ने, नेपालीलाई भिसा नदिनेजस्ता तर्क गर्छन्, जुनकुरा सरासर झुट हो।

के हो फल्कल्याण्ड को लडाई :

सन् १८३१ देखि ब्रिटिस अधिनमा रहेको फल्कल्याण्ड टापुमा आफूले फिर्ता पाउनुपर्ने दाबीसहित अर्जेन्टिनाले सैनिक हमला गरेपछि सन् १९८२ को अप्रिलमा बेलायतले पनि आफ्नो सैनिक कारबाही सुरू गरेको थियो। दुई महिना १४ दिनको लडाई पश्चात् ब्रिटिसहरू समक्ष अर्जेन्टिना आत्मसमर्पण गर्न बाध्य भएको थियो। त्यो लडाइमा २५५ जना ब्रिटिस सैनिक र ६४९ जना अर्जेन्टिनाका सैनिक मारिएका थिए। बेलायतले आफ्नो एउटा सैनिक टुकुडी जो ‘गुर्खा रेजिमेन्ट’ का नामले चर्चित छ, लाई युद्वमा खटाएको थियो। ती सबै बेलायती सरकारका सैनिक थिए। न त्यहाँ नेपालको संलग्नता थियो, न समर्थन वा विरोध। लडाई हारेको अर्जेन्टिनाले त्यतिखेर बेलायत र बेलायती सैनिकका बारेमा तितो पोख्नु स्वभाभिक नै हो। अर्जेन्टिना र बेलायतबीच लडाइले बिग्रेको सम्बन्ध सन् १९८९ पछि पुनः सुरू भयो र आज दुवै देशमा एकअर्काका राजदूतावास रहेका छन्।

बरू हामीले हेर्नुपर्ने कुरा के हो भने विश्व युद्वदेखि बेलायतका लागि लड्दै आएका गुर्खाहरुका लागि बेलायतले के गर्‍यो? उनीहरूको पेन्सन सुविधामा बेलायतले गरेको ठूलो पक्षपातको चर्चा अझै सेलाएको छैन।

फल्कल्याण्डको युद्वका बारेमा १५ वर्ष अध्ययन गरेका अध्यता फर्नान्डो मिन्गो भन्छन्- ‘धेरै अर्जेन्टिनीलाई गुर्खा रेजिमेन्ट लडाइमा खटाइएका थिए भनेर थाहा पनि छैन।’ त्यस्तै लुइस एम गोन्जालेज़ भन्छन्,‘म अर्जेन्टिनी नागरिक हुँ, र म यो हिम्मतका साथ भन्छु धेरै जना र खास गरी जो युद्वपछि जन्मिए तिनीहरूलाई गुर्खा को थिए र कहाँबाट आएका थिए भन्ने थाहा पनि छैन।’

यदि साच्चिकै अर्जेन्टिनीहरू नेपालप्रति आज पनि हेयको भाव राख्थे भने देशकै प्रतिनिधित्व गर्ने स्टार खेलाडी लियोनल मेसीले गएको महाभूकम्प पछि नेपालमा युनिसेफ मार्फत आफ्नो व्यक्तिगत खर्चमा ​१४​ ​वटा स्वास्थ्य चौकीको निर्माण गर्ने थिएनन्। जुनकुरा मेसीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

नेपाल र अर्जेन्टिनाको सम्बन्ध:

नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ जनवरी १ तारिखमा कूटनीतिक सम्बन्ध कायम भएको थियो जुन आजसम्म निरन्तर छ। सम्बन्धको आधार सदभाब, मैत्री एवम् आपसी समझदारीमा आधारित रहेको नेपालको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

तर नेपाल र अर्जेन्टिनाका दूतावासहरू एक अर्काका देशमा छैनन्, त्यसैले अर्जेन्टिनाको भिसा चाहिएमा दिल्ली जानुपर्छ। थुप्रै नेपालीहरू खास गरी सरकारी अधिकारीहरू विभिन्न कार्यक्रममा अर्जेन्टिना जाने गरेका छन्।

अन्त्यमा, खासमा खेल, कला, सङ्गीतको कुनै सीमा वा भाषा हुँदैन, तपाईँ जुन भाषामा जसरी बुझ्नुहुन्छ, त्यसरी नै मजा लिनुस्, रोमान्चित हुनुहोस्। ‘कागले कान लग्यो भनेर कागका पछाडि दगुर्नुभन्दा पहिले कान छाम्नुस्’, भन्ने नेपाली उखानलाई सधैँ ध्यानमा राख्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved