Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केपि सरकारकाे भाेटतान्ने चुनबमुखि महत्वपुर्ण पाँच बजेट शिर्षकहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021

जेठ १५,काठमाडौ सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए ।

यसैगरी सरकारले १६ बर्ष माथिका विद्यार्थीका लागि निःशुल्क सीमकार्ड पनि दिने भएको छ। त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो। शिक्षमा वैकल्पिक सिकाइमा सहजीकरण गर्न सघाउ पुर्याउन सरकारले २ बर्ष सम्मका लागि १ प्रतिशत ब्याजमा ऋण दिने बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ । त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ ।

राष्ट्रपति महिला उद्यमी कार्यक्रम अन्र्तगतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छप्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ ।

आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए । यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved