Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरिएको मंकीपक्स संक्रमण कति घातक ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 24, 2022

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई शनिबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए । अमेरिका तथा युरोपेली मुलुक हुँदै पछिल्ला दिनहरूमा विश्वका विभिन्न देशमा मंकीपक्स संक्रमण फैलँदो क्रममा छ । नेपालमा भने अहिलेसम्म यो संक्रमण पुष्टि भएको छैन ।

नेपालमा यसअघि सन् १७९० देखि देखिएको बिफरले महामारीको रूप लिँदै सन् १९७५ मा मात्र उन्मूलन भएको इतिहासका जानकारहरू बताउँछन् । बिफरकै एउटा प्रजातिका रूपमा विश्वमा मंकीपक्स देखापरेको छ ।

कति घातक ?

मानिसमा मंकीपक्स नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो, मंकीपक्स । डब्ल्यूएचओले यसलाई स्मलपक्स बिफरकै एउटा प्रजाति भएको जनाएको छ  मंकीपक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि पाँचदेखि २१ दिनसम्म रहने डब्ल्यूएचओले जनाएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका लक्षण दुई चरणमा देखिन्छन् । सुरुवाती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् । दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।

मंकीपक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छ र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ ।

तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनियाजस्ता जटिलता पनि निम्त्याउन सक्ने डा। पुन बताउँछन् । यद्यपि, मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने डब्ल्यूएचओले जनाएको छ । मंकीपक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुन सक्ने डब्ल्यूएचआले जनाएको छ ।

सुरुवात

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण सोही वर्ष १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो । सन् २०१७ मा नाइजेरियमा फैलिएको मंकीपक्सबाट १७२ जना संक्रमित भएका थिए । तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्मका युवा थिए ।

कसरी सर्छ ?

मध्य तथा पश्चिम अफ्रिकी मुलुकका ग्रामीण भेगमा मंकीपक्स आम रोगका रूपमा देखापर्दै आएको छ । उष्ण प्रदेशतिरका बस्तीमा यो संक्रमण धेरै देखिने गरेको डब्ल्यूएचओको अध्ययनले देखाएको छ । यूके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार संक्रमित व्यक्तिको नजिकमा रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, र्‍याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ । मंकीपक्स संक्रमण यौनसम्पर्कबाट सरेको अहिलेसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ ।

संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । हालसम्म मंकीपक्सविरुद्धको खोप बनेको छैन । तर, स्मलपक्सविरुद्ध बनेको पछिल्लो खोप यसमा पनि प्रभावकारी हुने डब्ल्यूएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved