काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । आफूलाई क्यानले कुनै दबाब वा केही नभनेको पनि बताएका छन् ।
राजीनामा दिँदा आफू दुखि भएको बताउँदै उनले आउँदा दिनमा नेपाली क्रिकेटले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन ।










