काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षण गर्दा एक सय ३५ जनामा संक्रमण भएको हो ।

जसमध्ये एक हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जना र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।










