काठमाडौं । नेपालमा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५२ जना र १ हजार ८९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा गरी जम्मा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार २०१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७ पुगेको छ ।










