काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ ।
आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८-७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।

उनले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिए ।
उनका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ ।










