काठमाडौं । भक्तपुरका एक सय ५८ स्काउटले कोभिड-१९ सेवा पदक पाएका छन् ।
नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड-१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो ।

नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउटर र रोभर रेञ्जर स्काउटहरूसहित एक सय ५८ जना पदकबाट विभूषित भएका छन् ।










