काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र थप २२९ जनामा संक्रमण पुष्टि भएको छ र संक्रमणदर ६ प्रतिशतभन्दा बढी पुगेको छ ।

जबकी १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । ३१ असारमा आइपुग्दा १० गुणाले बढेकाले नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको मानिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टु’ र ‘बीए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ ।
एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो । विभिन्न ठाउँको १६ वटा नुमनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ ।
खोप लगाएकाहरू पनि संक्रमित
ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइब’ अरुभन्दा संक्रामक भएकाले खोप लगाएका मानिसलाई पुनः संक्रमण गराउने क्षमता राख्ने विज्ञहरू बताउँछन् ।
हालसम्म भएका अध्ययनअनुसार संक्रामक मानिएको ओमिक्रोनको संक्रमण दर(आर नट) १३ छ । ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ को भने १८ छ । अर्थात एकजना संक्रमितले १८ जनासम्मलाई कोरोना सार्न सक्छ ।










