काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।

मन्त्रालयको अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ ।










