काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।











