काठमाडौ । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ ।
असार २ गतेदेखि देखिएको हैजा संक्रमण बिहीबारसम्म आइपुग्दा २६ जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी क्षेत्र हैजाको रेड जोनमा रहेको छ । नगरपालिकाको वडा नम्बर ४,६, ७ र ९ मा गरी ८ जनामा हैजा संक्रमण देखिएको छ ।
त्यस्तै, काठमाडौं महानगरभित्र ११ जना, चन्द्रागिरी नगरापालिकामा २, कीर्तिपुरमा १ र बूढानीलकण्ठमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।










